Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा
‘कुलिङ पिरियड’बारे कांग्रेसभित्रै दुई धार कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ७, २०८२

हामी सँगै बस्दै गर्दा सबै त्यो कुरामा सहमत पनि हुने, तर राष्ट्रिय सभामा फरक रुपमा संशोधन प्रस्ताव आइराखेर फेरि त्यसलाई दुर्घटनातर्फ लगियो भने स्वाभाविक छ कि दुई दलबीचको समझदारीमा एक ढंगको दरार उत्पन्न गर्छ ।
विश्वप्रकाश शर्मा
महामन्त्री, नेपाली कांग्रेस

काठमाडौं– प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरुले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ विवादमा नेकपा एमालेको चर्को विरोध गरिरहेका छन् । तर, पार्टी सभापति शेरबहादुर देउवाले भने एमालेलाई अप्ठेरो नपार्ने नीति लिने संकेत गरेका छन् । मंगलबार सभापति देउवानिवास बूढानीलकण्ठमा पुगेका कांग्रेसका नेताहरुले यसबारे छलफल गर्दा देउवाबाट यस्तो संकेत पाएको बताएका हुन् ।

छलफलमा सभापति देउवाले कुलिङ पिरियडमा एमालेलाई अप्ठेरोमा नपार्ने संकेत गरेको नेता गोपालमान श्रेष्ठले बताए । ‘कुलिङ पिरियडमा मिलेर जाने भन्ने कुरा भएको छ,’ श्रेष्ठले भने । देउवालाई भेट्न श्रेष्ठसहित उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठ, नेता कृष्ण सिटौला, विजयकुमार गच्छदार र प्रवक्ता डा. प्रकाशशरण महत पुगेका थिए ।

अवकाशप्राप्त सरकारी कर्मचारीले अर्को संवैधानिक नियुक्ति वा अन्य सरकारी पदमा नियुक्ति लिन कुर्नुपर्ने समय नै ‘कुलिङ अफ पिरियड’ हो । यससम्बन्धी व्यवस्था भएको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको छ । यो विधेयकमा कीर्ते भएको भन्दै कांग्रेसले विरोध जारी राखेको छ । एमालेका सांसदहरुले राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गरेपछि सत्ता साझेदार दुई दलका नेताहरुबीच असमझदारी बढेको हो ।

Hardik health

‘कुलिङ पिरियड’ संसदीय समितिबाट सर्वसम्मतिमा अगाडि बढेको छ । यसमा ‘कम्प्रमाइज’ हुन्न । कुलिङ पिरियड लागू हुनैपर्छ ।
डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियड नराखिए गठबन्धनमै दरार आउने चेतावनी दिएका छन् । ‘राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो, त्यो विषयको सन्दर्भमा सम्मानीय सभामुखमार्फत छानबिन समिति बनेको छ, जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ । सँगै हामीले राज्य व्यवस्था समितिबाट सर्वसम्मतरुपमा अपिल गरेका छौं, आह्वान गरेका छौं, राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ,’ मंगलबार एक कार्यक्रममा शर्माले भने, ‘हामी सँगै बस्दै गर्दा सबै त्यो कुरामा सहमत पनि हुने, तर राष्ट्रिय सभामा फरक रुपमा संशोधन प्रस्ताव आइराखेर फेरि त्यसलाई दुर्घटनातर्फ लगियो भने स्वाभाविक छ कि दुई दलको बीचमा हाम्रो जुन समझदारी हो, त्यो समझदारीमा एक ढंगको दरार उत्पन्न गर्छ ।’

कांग्रेस प्रवक्ता डा. महतले भने मंगलबार बिहान एक कार्यक्रममा कुलिङ पिरियड लागू भइछाड्ने दाबी गरेका थिए । ‘कुलिङ पिरियड संसदीय समितिबाट सर्वसम्मतिमा अगाडि बढेको छ । यसमा कम्प्रमाइज हुन्न । कुलिङ पिरियड लागू हुनैपर्छ,’ काठमाडौंको धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले भनेका थिए । विधेयकमा थपिएको दुई वर्षे कुलिङ पिरियडमा चलखेल गरी अनधिकृत परिवर्तन गरेपछि अहिले विवाद सतहमा आएको हो । यससम्बन्धी संशोधनको ४३औं नम्बरमा विधेयकको दफा ८२ को उपदफा ४ मा भनिएको छ– निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन ।’

तर यसैलाई काट्नेगरी दफा ८२ को उपदफा ५ (क) मा गरिएको व्यवस्थाले कांग्रेस–एमालेबीच विवाद बढेको हो । उक्त व्यवस्थामा भनिएको छ, ‘संघीय निजामती सेवाको राजपत्रांकित विशिष्ट वा प्रथम श्रेणीको पदबाट सेवा निवृत्त भएको व्यक्तिले सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म देहायका काम गर्नु हुँदैन । संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेक पदमा नियुक्ति लिन ।’  यसमा कीर्ते गरेको भन्दै एमालेकै सांसदहरुले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडामाथि छानबिन गर्न संसदीय विशेष समिति नै माग गरे । जसअनुसार कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा संसदीय विशेष छानबिन समिति बनेर काम अघि बढिसकेको छ ।

मंगलबार संसदीय विशेष समितिले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेसँग बयान लिएको छ । कांग्रेस सहमहामन्त्री परियार सभापतित्वको समितिले आफूसँग संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको गल्तीबारे सोधपुछ गरेको महासचिव पाण्डेले जानकारी दिए । उनले यो मानवीय त्रुटि भएको बयान दिएको बताए । ‘सांसदहरूले पनि ध्यान पु¥याउनुपथ्र्यो । कर्मचारीहरूले पनि ध्यान पु¥याउनुपथ्र्यो । कसैको ध्यान पुगेन,’ पाण्डेले भने । यसबारे विशेष समितिले यसअघि समितिका सभापति खतिवडासँग पनि बयान लिइसकेको छ । 

नेपाली कांग्रेसले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड चार वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेको छ । विवादकाबीच राष्ट्रिय सभामा कांग्रेस सांसद नारायणदत्त भट्टले कुलिङ पिरियड चार वर्ष राख्नुपर्ने तर्क अघि सारे । ‘कुलिङ पिरियड हुनैपर्छ । दुईको ठाउँमा चार बनाउनुपर्छ,’ भट्टले भने । समितिमा छलफलकै क्रममा पनि कुलिङ अफ पिरियड नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीले निकै दबाब दिएको समितिका सभापति खतिवडाको दाबी छ । त्यो दबाब कांग्रेस सभापति देउवाकै सहमतिमा भएको थियो । शनिबार राष्ट्रिय सभामा एमाले प्रमुख सचेतक गोपाल भट्टराई, सोनामग्याल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला र सुमित्रा बिसीले एमालेको तर्फबाट संस्थागत रूपमा कुलिङ पिरियड हटाउने प्रस्ताव राखेका छन् । यसबाट प्रस्ट कुलिङ पिरियडको पक्षमा एमाले नरहेको प्रस्ट हुने कांग्रेस नेताहरु बताउँछन् । र, विधेयकमाथि विवाद चर्किंदा पनि देउवा भने यसबारे बोलेका छैनन् ।

कहिले के भयो ?
जेठ २ – प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित
असार १५ – प्रतिनिधिसभाबाट पारित
असार १७ – ‘कुलिङ पिरियड’ हटाउनेगरी विधेयकमा कीर्ते गरेको भन्दै समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग 
असार २१ – शब्दमा गडबडी गर्ने सत्यतथ्य पत्ता लगाउन प्रतिनिधिसभा सदस्य जीवन परियारको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन
असार ३२ – समितिका सभापति खतिवडासँग बयान
साउन ६ – प्रतिनिधिसभाका महासचिव रोजनाथ पाण्डेसँग बयान


प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १०:३३
#कुलिङ_पिरियड
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP