Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
प्रवास
  • Home
  • प्रवास
  • प्रतिनिधिसभा बैठकद्वारा शिक्षा विधेयक पारित – विश्वविद्यालयमा एकरूपताका लागि विधेयक
प्रतिनिधिसभा बैठकद्वारा शिक्षा विधेयक पारित – विश्वविद्यालयमा एकरूपताका लागि विधेयक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १५, २०७६
pratinidhi sabha baithak
Hardik health
काठमाडौं– सरकारले विश्वविद्यालयहरूमा एकरूपता कायम गर्ने ‘शिक्षासम्बन्धीको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७६’ ल्याएको छ । प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०६३ अघि–पछिको ऐनका विषय नमिलेकाले त्यसलाई मिलाउन विधेयक ल्याइएको बताए । उनले उक्त विधेयक पारितका लागि सदनमा प्रस्तुत गरेका थिए । उक्त विधेयक विसं २०७५ मा ल्याइएको थियो । राष्ट्रियसभा र प्रतिनिधिसभामा छलफलपछि केही परिमार्जन भएर पुनः आएको विधेयक पारित गर्नुपूर्व सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफमा मन्त्री पोखरेलले विगतका विभिन्न ऐनलाई संविधान अनुकूल बनाइ एकरूपता कायम गर्न विधेयक आवश्यक रहेको बताए । उनले विभिन्न विश्व विद्यालयको ऐनका विषयमा एकरूपता कायम गर्नुपर्ने र संविधानको मौलिक हकको विषयलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको भन्दै भने, ‘अहिले केही मन्त्रायलको नाम र पदावली मिलाउनुपर्ने भएकाले विधेयक ल्याइएको हो ।’ छात्रवृत्तिका सम्बन्धमा सरकारको ध्यान नपुगेको भनी सांसदले उठाएको प्रश्नमा उनले भर्खरै चिकित्सा शिक्षा ऐन कार्यान्वयन गरेको बताउँदै यो वर्षमात्रै ७५ प्रतिशत सार्वजनिक मेडिकल कलेजमा छात्रवृत्ति नै लागू भइसकेको जानकारी गराए । उनले संविधानको व्यावहारिक कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न मन्त्रालय लागेको बताए । गरिब, विपन्न, दलित र सिमान्तकृत समुदायका बालबालिकालाई मेडिकल शिक्षा प्राप्तिमा चुनौती रहेकाले त्यसमा सहयोग पुर्याउने उद्देश्यले सरकारले योजना अघि सारेको उहाँले बताए । २०७६÷८५ लाई सामुदायिक विद्यालयको सवलीकरण दशकको रूपमा घोषणा गरी कार्यक्रम प्रारम्भ गरेको मन्त्री पोखरेलको भनाइ थियो । उक्त योजना कार्यान्वयनपछि अपेक्षित परिणाम आउने उनको विश्वास छ । विश्व विद्यालय, उच्च शिक्षा र व्यावसायिक शिक्षासम्बन्धी विधेयक आउन नसकेको विषयमा सांसदहरूले उठाएको प्रश्नमा मन्त्री पोखरेलले कानून मन्त्रालयको रायको आधारमा शिक्षा नीति टुंग्याएको र त्यसको आधारमा तीन विधेयक मस्यौदा गरेर विभिन्न मन्त्रालयमा सहमतिका लागि पठाइएको जानकारी दिए । उच्च शिक्षासम्बन्धीको विधेयकमा अर्थमन्त्रालयको राय आएसकेको सो अवसरमा जानकारी दिँदै उनले प्राविधिक र व्यावसायिक शिक्षासम्बन्धी विधेयकको विषयमा मन्त्रिपरिषद्बाट सहमति लिएर मस्यौदा तयार पारिएको बताए । संविधानले निर्दिष्ट गरेकोभन्दा भिन्न ढंगले कुनै व्यवस्था नगरेकोे उनको प्रष्ट पारेका छन् । संघ, प्रदेश र स्थानीय तहको एकल र साझा सूचीको बारेमा खेल्नुपर्ने भूमिकालाई प्रष्ट पार्ने गरी अर्काे शिक्षा विधेयकको मस्यौदा तयार गरिएको जनाइएको छ । मन्त्री पोखरेलले उक्त विधेयक चाँडै नै सदनमा ल्याउने जानकारी दिए । उनले नीतिमै उल्लेख भएको नेपाललाई शिक्षाको केन्द्र बनाउनुपर्ने विषयअघि बढेको बताए । शिक्षालाई श्रम, श्रमलाई सीप र सीपलाई उत्पादन, रोजगारीसँग जोड्दै त्यसलाई समृद्धिसँग जोड्नुपर्ने आवश्यकता रहेको भन्दै उनले भने, ‘स्थानीय र राष्ट्रिय आवश्यकता तथा विश्वस्तरीय शिक्षालाई सरकारले ध्यान दिएको छ ।’ विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले शिक्षा मन्त्रालय र शिक्षा मन्त्री माफीयाबाट मुक्त हुने अवस्थाको ग्यारेन्टी हुने गरी विधेयक आउनुपर्ने बताए । सरकारी र सार्वजनिक शैक्षिक गुठीमा पढ्ने विद्यार्थीले मात्रै छात्रवृत्ति पाउने व्यवस्था विधेयकले गर्नुपर्ने उनको भनाइ थियो । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले संशोधनसहितको विधेयकले संघीयतालाई सम्बोधन नगर्ने भन्दै विधेयकको आलोचना गरेकी छन् । व्यवसायिक शिक्षा ऐन गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण भएपनि त्यसतर्फ मन्त्रालयको ध्यान जान नसकेको भन्दै मन्त्री पोखरेलको ध्यानाकर्षण गराएका थिए । सचेतक भुसालले विश्वविद्यालय, उच्च शिक्षा र व्यावसायिक शिक्षासम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गरिन् । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद रेनुका गुरुङ, छक्कबहादुर लामालगायतले भाग लिएका थिए । जगन्नाथ कार्की, हाँस्य कलाकार श्रीकृष्ण सिम्खडालगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  ०७:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह सोमबार, मंसिर २२, २०८२
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल आइतबार, मंसिर १४, २०८२
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP