Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • प्रतिनिधिसभा बैठकद्वारा शिक्षा विधेयक पारित – विश्वविद्यालयमा एकरूपताका लागि विधेयक
प्रतिनिधिसभा बैठकद्वारा शिक्षा विधेयक पारित – विश्वविद्यालयमा एकरूपताका लागि विधेयक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १५, २०७६
pratinidhi sabha baithak
Hardik health
काठमाडौं– सरकारले विश्वविद्यालयहरूमा एकरूपता कायम गर्ने ‘शिक्षासम्बन्धीको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७६’ ल्याएको छ । प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०६३ अघि–पछिको ऐनका विषय नमिलेकाले त्यसलाई मिलाउन विधेयक ल्याइएको बताए । उनले उक्त विधेयक पारितका लागि सदनमा प्रस्तुत गरेका थिए । उक्त विधेयक विसं २०७५ मा ल्याइएको थियो । राष्ट्रियसभा र प्रतिनिधिसभामा छलफलपछि केही परिमार्जन भएर पुनः आएको विधेयक पारित गर्नुपूर्व सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफमा मन्त्री पोखरेलले विगतका विभिन्न ऐनलाई संविधान अनुकूल बनाइ एकरूपता कायम गर्न विधेयक आवश्यक रहेको बताए । उनले विभिन्न विश्व विद्यालयको ऐनका विषयमा एकरूपता कायम गर्नुपर्ने र संविधानको मौलिक हकको विषयलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको भन्दै भने, ‘अहिले केही मन्त्रायलको नाम र पदावली मिलाउनुपर्ने भएकाले विधेयक ल्याइएको हो ।’ छात्रवृत्तिका सम्बन्धमा सरकारको ध्यान नपुगेको भनी सांसदले उठाएको प्रश्नमा उनले भर्खरै चिकित्सा शिक्षा ऐन कार्यान्वयन गरेको बताउँदै यो वर्षमात्रै ७५ प्रतिशत सार्वजनिक मेडिकल कलेजमा छात्रवृत्ति नै लागू भइसकेको जानकारी गराए । उनले संविधानको व्यावहारिक कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न मन्त्रालय लागेको बताए । गरिब, विपन्न, दलित र सिमान्तकृत समुदायका बालबालिकालाई मेडिकल शिक्षा प्राप्तिमा चुनौती रहेकाले त्यसमा सहयोग पुर्याउने उद्देश्यले सरकारले योजना अघि सारेको उहाँले बताए । २०७६÷८५ लाई सामुदायिक विद्यालयको सवलीकरण दशकको रूपमा घोषणा गरी कार्यक्रम प्रारम्भ गरेको मन्त्री पोखरेलको भनाइ थियो । उक्त योजना कार्यान्वयनपछि अपेक्षित परिणाम आउने उनको विश्वास छ । विश्व विद्यालय, उच्च शिक्षा र व्यावसायिक शिक्षासम्बन्धी विधेयक आउन नसकेको विषयमा सांसदहरूले उठाएको प्रश्नमा मन्त्री पोखरेलले कानून मन्त्रालयको रायको आधारमा शिक्षा नीति टुंग्याएको र त्यसको आधारमा तीन विधेयक मस्यौदा गरेर विभिन्न मन्त्रालयमा सहमतिका लागि पठाइएको जानकारी दिए । उच्च शिक्षासम्बन्धीको विधेयकमा अर्थमन्त्रालयको राय आएसकेको सो अवसरमा जानकारी दिँदै उनले प्राविधिक र व्यावसायिक शिक्षासम्बन्धी विधेयकको विषयमा मन्त्रिपरिषद्बाट सहमति लिएर मस्यौदा तयार पारिएको बताए । संविधानले निर्दिष्ट गरेकोभन्दा भिन्न ढंगले कुनै व्यवस्था नगरेकोे उनको प्रष्ट पारेका छन् । संघ, प्रदेश र स्थानीय तहको एकल र साझा सूचीको बारेमा खेल्नुपर्ने भूमिकालाई प्रष्ट पार्ने गरी अर्काे शिक्षा विधेयकको मस्यौदा तयार गरिएको जनाइएको छ । मन्त्री पोखरेलले उक्त विधेयक चाँडै नै सदनमा ल्याउने जानकारी दिए । उनले नीतिमै उल्लेख भएको नेपाललाई शिक्षाको केन्द्र बनाउनुपर्ने विषयअघि बढेको बताए । शिक्षालाई श्रम, श्रमलाई सीप र सीपलाई उत्पादन, रोजगारीसँग जोड्दै त्यसलाई समृद्धिसँग जोड्नुपर्ने आवश्यकता रहेको भन्दै उनले भने, ‘स्थानीय र राष्ट्रिय आवश्यकता तथा विश्वस्तरीय शिक्षालाई सरकारले ध्यान दिएको छ ।’ विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले शिक्षा मन्त्रालय र शिक्षा मन्त्री माफीयाबाट मुक्त हुने अवस्थाको ग्यारेन्टी हुने गरी विधेयक आउनुपर्ने बताए । सरकारी र सार्वजनिक शैक्षिक गुठीमा पढ्ने विद्यार्थीले मात्रै छात्रवृत्ति पाउने व्यवस्था विधेयकले गर्नुपर्ने उनको भनाइ थियो । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले संशोधनसहितको विधेयकले संघीयतालाई सम्बोधन नगर्ने भन्दै विधेयकको आलोचना गरेकी छन् । व्यवसायिक शिक्षा ऐन गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण भएपनि त्यसतर्फ मन्त्रालयको ध्यान जान नसकेको भन्दै मन्त्री पोखरेलको ध्यानाकर्षण गराएका थिए । सचेतक भुसालले विश्वविद्यालय, उच्च शिक्षा र व्यावसायिक शिक्षासम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गरिन् । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद रेनुका गुरुङ, छक्कबहादुर लामालगायतले भाग लिएका थिए । जगन्नाथ कार्की, हाँस्य कलाकार श्रीकृष्ण सिम्खडालगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  ०७:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP