काठमाडौं- गायक थानेश्वर गौतमले राष्ट्रियता  झल्काउने गीत ‘मुटु भित्र नेपाल ’ लिएर आएका छन् । नेपालको विविधता समेट्ने  ‘मुटु भित्र नेपाल ’ बोलको गीतको भिडियोमा देशभरका मुख्य संस्कृति र भेषभूषालाई समावेश गरिएको छ । 
गीतमा नायक राजेश हमालको मुख्य भुमिका देख्न सकिन्छ । प्रकाश पण्डितद्वारा लेखिएको गीतमा संगीत गायक गौतम स्वयमले भरेका छन् भने संगीत संयोजकमा नरेन्द्र बियोगी छन् । ‘मुटु भित्र नेपाल’ उनको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको छ । 
 
https://www.youtube.com/watch?v=kAxdLEU7Jco