Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
समाचार
  • Home
  • समाचार
  • टुडिखेलमा दुई दिन माघी महोत्सव हुँदै
टुडिखेलमा दुई दिन माघी महोत्सव हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २६, २०८०
RBB RBB

काठमाडाैं - थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले माघी चाडबारे पत्रकार सम्मेलन गर्ने भएकाे छ । 'थारु संस्कृतिको संरक्षण , संवर्द्वन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्‍वान' भन्ने मुल नाराका साथ माघ १ टुंडिखेलमा भव्य समारोह गर्ने जानकारी बिहीबार नेपाल पर्यटन बाेर्डमा एक पत्रकार सम्मेलन गरी जनाएकाे  हाे । 

ऐतिहासिक महत्व बोकेको माघी चाडलाई थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा २० वटा चार संघ संस्थाहरुको संयुक्त आयोजनामा पुस २९ र माघ १ गते २०८,(आइतबार, सोमबार) गरी दुई दिन काठमाडाैंको टुंडीखेलमा थारु राष्ट्रिय माधी महोत्सव २०८० आयोजना गरी मनाइने जानकारी पत्रकार सम्मेलनमा बताइएकाे छ  । थारु समुदायले माघी चाडलाई नयाँ वर्ष, वर्ष, स्वतन्त्रता दिवस, सामाजिक कार्यको लागि गाउँको नेतृत्व चयन, नयाँ आर्थिक हिसाव किताब खोजनी बुकनी (समीक्षा) तथा सामाजिक, सांस्कृतिक, धार्मिक आदि महत्वलाई समेत जोड दिएकाे पाइन्छ । 

नेपालका आदिवासी भूमिपुत्र थारू समुदायले मनाउदै आएको विभिन्न चाडहरु जस्तै शिरुवा, जुरशीतल पावैन, अखारही, गुरीया,रैब /अट्‍वारी, जितिया,डश्या, सुकाइत /देवारी ,अष्टिम्की,समाचकेवा, हाेरी /फागुईमध्ये माघी पनि एक महान एवं राष्ट्रिय चाडकाे रुपमा मनाउँदै आइरहेका छन् । माघी चाडलाई पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म थारुहट तराई  क्षेत्रमा बस्ने थारु समुदायले स्थान विशेषको आधारमा माघ /माघी/तिला संक्राइत/खिचरा/खिचरी/खिचडी आदी नामले पनि चिनिन्छ । 

पूर्व झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर सिमरी ही नेतहर बारा पसीमा बसोबास गर्ने समुदायले तिलासकाइत, मध्य चितवनका वार समुदायले खिचरा, नवलपरासी, रुपन्देहीका तथा दाङ, बाँके, सुर्खेत, बर्दिया, कैलाली कन्चनपुरलगायतका थारु समुदायलाई माघी चाडका रुपमा मनाउँदै आएका थारु समुदायले मनाउँदै आएका छन् । 

काठामाडौंमा वि। स। २०५९ सालदेखि काठमाडी उपत्यकामा थारु कल्याणकारिणी सभा र पारु विद्यार्थी समाजको संयुक्त आयोजनामा माघी चाडलाई महोत्सवको रुपमा धुमधामसँग मनाउन थालेका छन् । अहिले प्रवासमा बसोबास गरिरहेका चारु समुदायले माघी महोत्सव हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

तराई अपमा प्राचीनकालदेखि बसोबास गर्ने भएकाले प्रत्येक चाडमा हाम्रो आफ्नै गणप्रथा छ। माघी आउनु अगाडिदेखि नै दुना टपरी बनाउने र खानपानको जोहो गर्दै महिना दिन अघिदेखि चाडको तयारी गर्छन्। पुस मसान्तको दिन सुगुररबंगुर 'जिता' मार्ने , सोही दिन आगोको धुनी बाल्दै मादलको तालमा गाउदै रातभर जाग्राम रहने र माघ १ गते सबेरै भालेको डाकसँगै नजिकको खोला, नदी, ताल,तलैया आदिमा स्नान गरिन्छ जसलाई 'माघ' लहान भन्ने गरिन्छ । स्नान पश्चात पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकाक्षा पुरा हुने जनविश्वास रहि आए‌को छ।

ढुंगाको महादेव बनाई जल, फूलमाला, सिका पैसा राखी पूजा गर्ने र आफु भन्दा अग्रजबाट आर्शिवादसहित चामलको सेतो टीका लगाई घरमा बाएर 'निसराउ काढ्ने ' र घर परिवार इष्टमित्रमा साईनो अनुसार 'स्याबा डोग'  लिँदै माघको मिठा मिठा परिकारहरु खाने सांस्कृतिक प्रचलन रहि आएको छ।

माघी चाडमा आदिवासी थारु समुदायले आफ्नै रीतिरिवाज, चालचलन र परम्परा अनुरुपा वर्ष दिनको जीवन निर्वाहको क्रममा आइपरेका दुख, कष्ट, आपत विपत फेल्दै, सहदै बाँच्न सफल भएकोमा सौहार्द्धपूर्ण रुपमा शुभकामना आदान प्रदान गर्दै आपसी सदभाव, सहिष्णुणता, एकता र मेलमिलाप दिवसको रुपमा पनि लिने गर्छन् । 

माघी चाडलाई राष्ट्रिय अन्तर्राट्रिय स्तरमा प्रचार प्रसार गरी राष्ट्रिय स्तरमा यारु राष्ट्रिय माधी महोत्सव मनाउन सकेमात्र थारु जातिको सस्कृतिको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धन गर्दै सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा टेवा पुन्याउन सकिने विश्वास आयाेजक थारु कल्याणकारिणी सभाले जनाएकाे छ  ।

यस महोत्सवले थारु संस्कृक्तिको सरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई महोत्सवमा सहभागी गराई नेपालको अर्थतन्त्रमा विकास गर्न मद्दत पुयाउने विश्वास सभाले लिएकाे छ  ।यस महोत्सवका मुख्त र्‍याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृतिक प्रस्तुती, थारु खानपिन ,सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं विक्री, मोटरसाईकल र्‍याली रहने विज्ञप्तिमा जनाइएकाे छ।

यस महोत्सवमा थारु जातिसँग सम्बन्धित पुस्तक प्रर्दशनीका करिब १०० भन्दा बढी स्टलहरु पनि रहने छ। पुस्तक प्रदर्शनी एवं विक्री वितरणमा थारु हस्तकलामा थारु जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न ५१ पत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिवतरण आदि प्रस्तुत गरिने छ । 

फूड स्टलहरुमा थारु जातिकाे माधीमा खाइने विभिन्न परिकारका खाना पनि हुने बताइएकाे छ । ढिक्री कान्डक भात, खिचरी, तिलको लड्डू, लाईमरी, भुजा, अन्डिक जाँडको झोल, दारु, केराकाे तरुवा, सुगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घाेघी, गंगटाे, सिधरा (मसुलार), आलू सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झन्झा रोटी लगायत विभिन्न परिकारहरुको मिठो स्वाद उक्त महाेत्सवमा लिन सकिने छ। 

 

 


 


प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १५:०६
#थारु #माघी
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट आइतबार, जेठ ४, २०८२
मूलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ
मूलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ आइतबार, जेठ ४, २०८२
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा आइतबार, जेठ ४, २०८२
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, जेठ ४, २०८२
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित आइतबार, जेठ ४, २०८२
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित आइतबार, जेठ ४, २०८२
हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु
हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु आइतबार, जेठ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP