Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘कलात्मक र व्यवसायिक दुवै फिल्म गर्न चाहन्छु' : ‘पर्खी बसेँ तिमीलाई' अभिनेता किरण श्रेष्ठ
‘कलात्मक र व्यवसायिक दुवै फिल्म गर्न चाहन्छु' : ‘पर्खी बसेँ तिमीलाई' अभिनेता किरण श्रेष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २३, २०८०

काठमाडौं - नाटकबाट फिल्ममा आउने पछिल्लो नाम हो, किरण श्रेष्ठ । सङ्ख्याको हिसाबले तेह्र (१३) नाटकमा अभिनय गरिसकेका मण्डला थिएटरका किरणले फिल्मतर्फको यात्रा सुरुआत गरेका छन् । चर्चित अभिनेता दयाहाङ राई विद्यार्थीको रुपमा चिनिएका किरणले ‘पर्खि बसें तिमीलाई’ मार्फत डेब्यु गर्न लागेका हुन् ।

माघेसंक्रान्ति लक्षित गर्दै पुस २७ गते प्रदर्शन हुने फिल्ममा उनले पठाओ चालकको भूमिका निर्वाह गरेका छन् ।गुडलुकिङसँगै थियटरको रङ्गमञ्चमार्फत अभिनयमा निखारता ल्याउन उनले सातवर्ष लगाएका छन् । उनलाई उक्त बीचमा अभिनेता बन्ने अफर नआएको होइन तर उनले राम्रो टिम र समय पर्खिए ।

उनी एक वेब सिरिजमा अभिनय गर्ने तयारी गर्दै गर्दा निर्देशक दीपक श्रेष्ठले उनलाई अफर गरेका थिए । यो फिल्ममा किरणसँगै रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् ।‘थियटरमा काम गरिरहेको थिएँ । आफ्नो कलाकारितालाई विश्वव्यापी बनाउने माध्यम फिल्म पनि हो । अफर आएपछि किन नगर्ने ? भन्ने लागेको हो', किरणले भने,‘दीपक सरकै पर्खी बसेँमार्फत राज दाइ (राज बल्लभ कोइराला) ले डेब्यु गर्नुभएको थियो । यहिँ नाम पाएपछि झनै उत्साहित भए ।'

उनलाई अभिनय सिकाउने गुरु दयाहाङको जगजगी बक्स अफिसमा छ । उनलाई नाटकबाट फिल्ममा आउने नयाँ पुस्ताको रुपमा हेर्न सकिन्छ । फिल्म र नाटकलाई फरक माध्यम भएकाले उनले दुवैमार्फत कलाकारिता देखाउन खोजेका छन् ।

Hardik health

‘यी दुई माध्यममा अभिनयको भेरिएसन फरक पक्कै छ । थिएटरमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिन्छ । फिल्ममा चाहिं रेकर्डेड हुन्छ । फिल्ममा इमोसनलाई निरन्तरता दिन मुस्किल पर्ने रहेछ’, किरणले अनुभव सुनाउदै भने,‘एउटा कलाकार भएपछि दुवैतर्फ काम गर्न सक्नुपर्छ भन्ने लगेर सुरु गरे । थियटर र फिल्म दुवैलाई निरन्तरता दिन्छु ।'

निर्देशक श्रेष्ठ उनै हुन् जसले ‘पर्खि बसें’बाट राजबल्लभसँगै युना उप्रेतीलाई ब्रेक दिएका थिए । यो फिल्मको कथा अहिलेको परिवेशसँग मिल्दो सामाजिक र प्रेम कथानक छ । उनले यसमा द्वन्द्व, रोमान्स, ड्रामा सबै पाउने बताए । केही समयको अन्तरालमा प्रेम कथामा आधारित फिल्म आएको छ ।‘कसैको गल्तीबाट प्रेम सम्बन्धमा आउने खटपटको कथा यसको छ । यो समाजको प्रतिविम्ब पनि हो । यसमा युवापुस्तासँगै अभिभावकले पनि रिलेट गर्नुहुनेछ । किनकि हामी दुवैले एक अर्कालाई बुझ्नु जरुरी छ’, किरणले भने ।

उनी आफूमा हिरोरिजम र कलाकारिता दुवै होस् भन्ने चाहन्छन् । त्यहिँ अनुसार उनले आफ्नो करिअरलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । समग्रमा उनी कलात्मक र व्यावसायिक दुवै फिल्ममार्फत कलाकारिता देखाउने तयारीमा छन् ।‘स्टार र कलाकारको आफ्नै विशेषता छ । दुवैले आफ्नो कलाकारिता वा स्टारडममार्फत दर्शकको मन जितेका छन् । भारतमै हेर्ने हो भने दुवै गुण भएका अभिनेता छन् । म दुवै मेकर्सको रोजाईमा पर्ने गरि काम गर्न चाहन्छु', किरणले भने ।  उनी ‘पर्खिबसें तिमीलाई’बाट आफ्नो अभिनय, नृत्य र लुक्सको प्रशंसाको अपेक्षा राख्छन् । वर्षमा कम्तीमा दुई नाटक र फिल्म गर्ने उनको योजना छ ।

निर्देशक श्रेष्ठ किरणसँगै रक्षा र अनिशाको भविष्य उज्वल देखन्छन् । ‘युवापुस्तामा पनि उस्तै डेडीकेसन पाए । उनीहरूले गरेको मेहनतले मलाई पुरानो समयको झल्को दियो । यी युवाहरूले प्रविधिको सहजतालाई ग्रहण गरेका छन्, त्यसको फाईदा लिनेमा उनीहरूको ध्यान छैन । अर्थात् मेहनती छन्', निर्देशक श्रेष्ठले भने ।रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।   


प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP