Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
समाचार
  • Home
  • समाचार
  • नयाँ वर्ष मान्न घलेगाउँमा पर्यटकको ओइरो 
नयाँ वर्ष मान्न घलेगाउँमा पर्यटकको ओइरो 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १७, २०८०
Hardik health

लमजुङ– अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले लमजुङको घलेगाउँस्थित होमस्टे भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए ।
 
‘विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँ वर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन्,’ उनले भने, ‘अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन् ।’ तीन सय जनाको क्षमता रहेको घलेगाउँका होमस्टे सबै पर्यटकले भरिएर अन्य घर र होटलमा सारिएको उनले जानकारी दिए । होमस्टे सञ्चालक हेमकुमारी गुरुङकाका अुनसार अहिले घलेगाउँका घरबास सञ्चालकलाई भ्याइनभ्याई छ । उनले पर्यटक आउने अहिलेको याममा हरेक होमस्टेले ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका उनले जानकारी दिइन् ।

विसं २०५७ देखि सञ्चालनमा भएको होमस्टे अहिले ४२ वटा पुगेको छ । होमस्टेमा पर्यटकको सत्कारसँगै आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति, जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गरेका छन् । विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । 

घलेगाउँँबाट आठ हजार  एक सय ६३ मिटरको मनास्लु हिमाल, सात हजार आठ सय ३५ को ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो) लगायत धेरै हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने पर्यटकलाई होमस्टे सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन् ।  घलेगाउँमा प्रतिव्यक्ति एक रात बसेको एक हजार दुई सय ५० शुल्क लिइन्छ ।  


प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाम्खाको तुम्लिङमा यात्रु रोकिए, न्यालु सडक अझै खुलेन
नाम्खाको तुम्लिङमा यात्रु रोकिए, न्यालु सडक अझै खुलेन आइतबार, असोज २६, २०८२
तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन
तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन आइतबार, असोज २६, २०८२
‘लुङटुङ’ डाँडाबाट पुनहिल
‘लुङटुङ’ डाँडाबाट पुनहिल शुक्रबार, असोज २४, २०८२
पोखरा सडक महोत्सवका लागि संयोजक चयन
पोखरा सडक महोत्सवका लागि संयोजक चयन बिहीबार, असोज २३, २०८२
सौराहामा पर्यटक बढ्दै
सौराहामा पर्यटक बढ्दै बुधबार, असोज २२, २०८२
घट्यो अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या
घट्यो अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या बुधबार, असोज २२, २०८२
सगरमाथा नजिकै फसेका करिब हजार पर्वतारोही सकुशल उद्धार
सगरमाथा नजिकै फसेका करिब हजार पर्वतारोही सकुशल उद्धार बुधबार, असोज २२, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP