Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • रूसी आक्रमणबाट ३० युक्रेनीको मृत्यु
रूसी आक्रमणबाट ३० युक्रेनीको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, पुस १४, २०८०

रुस– रूसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूति गृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, “आज रूसले हामीसँग आफ्नो शस्त्रागारमा भएका लगभग सबै कुराबाट प्रहार गरेको छ ।” रूसले युक्रेनमा १५८ वटा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको र तीमध्ये ११४ वटा ध्वस्त भएको युक्रेनको सेनाले अनुमान गरेको छ ।

वायु सेनाका प्रवक्ता युरी इग्नाटले एएफपीसँग भने, “यो क्षेप्यास्त्र प्रयोगको दृष्टिकोणबाट ‘अहिलेसम्म कै उच्च सङ्ख्या’ भएको र एकै पटक धेरैतिर गरिएका ‘सबैभन्दा ठूलोमध्येको क्षेप्यास्त्र आक्रमण’ हो ।

Hardik health

रूसले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई अधिकांश प्रमुख शहरहरूमा ध्वस्त पार्ने प्रयास गरेको छ पछिल्लो आक्रमणमा शाहेद ड्रोनहरूलाई श्रृङ्खलावद्ध तरिकाले प्रयोग गरिएको छ । युद्धक विमानहरू र रूसी–नियन्त्रित क्षेत्रबाट विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरिएको छ ।

गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममार्फत जारी सन्देशमा भन्नुभयो, “युक्रेनी भूमिमा रूसले बिहान गरेको भीषण आक्रमणमा परी अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् । 

युक्रेनको खार्किभ शहरबाट ८० किलोमिटर उत्तरमा रहेको बेल्गोरोडमा रहेको एक आवासीय भवनमा भएको आक्रमणमा परी एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको रूसी अधिकारीहरूले बताएका छन् ।

रूसको रक्षा मन्त्रालयका अनुसार बेल्गोरोड क्षेत्रमा १३ वटा क्षेप्यास्त्र प्रहार गरिएको छ भने सीमाको उत्तरमा रहेको ब्रायन्स्क, कुस्र्क र ओरिओल क्षेत्रमा र मस्को क्षेत्रमा ३२ वटा ड्रोन खसालेका छन् ।

रूसी सेनाले गत साता युक्रेनको सैन्य शिविरमा ५० वटा सामूहिक आक्रमण र एउटा ठूलो आक्रमण गरेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले आक्रमणको निन्दा गर्दै तत्काल बन्द गर्नुपर्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि नयाँ सहायता स्वीकृत गर्न आफ्नो विभाजनलाई पार गर्न संसद्सँग आह्वान गरेका छन् । वासिङ्टनले विद्यमान सम्झौताअन्तर्गत हतियारको अन्तिम प्याकेज जारी गरेपछि अमेरिकी संसद् (कङ्ग्रेस) ले नवीकरण गर्न बाँकी छ ।

बाइडेनले भने, “जबसम्म कङ्ग्रसेले नयाँ वर्षमा तत्काल कदम चाल्दैन, तबसम्म हामी युक्रेनलाई उसको सुरक्षाका लागि आवश्यक पर्ने हतियार र महत्वपूर्ण हवाई प्रतिरक्षा प्रणाली पठाउन जारी राख्न सक्दैनौं ।
 


प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP