काठमाडौं- सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
मुख्यमन्त्रीहरुको हिजो शुक्रबार हेटौँडामा बसेको बैठकले संघीयता कार्यान्वयन र संविधानबमोजिम प्रदेश सरकारलाई अधिकार प्राप्त गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो ।
सोही निर्णय शनिबार प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्रीलाई बुझाएका हुन् ।