काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।
प्रथम महिला सविता पौडेलसहित उनी पशुपतिनाथ गएर देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गरेका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा उनले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गरेका थिए भएको थियो ।