Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारका लागि हङकङ उपयुक्तः अध्यक्ष गुरुङ
वैदेशिक रोजगारका लागि हङकङ उपयुक्तः अध्यक्ष गुरुङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १५, २०७६
Gurung
Hardik health
काठमाडौं – वैदेशिक रोजगारका लागि हङकङ अत्यन्तै उपयोगी हुने गैरआवासीय नेपाली संघ, हङकङका अध्यक्ष राधिका गुरुङ (टीका)ले बताएकी छन् । बुधबार राजधानीमा वैदेशिक रोजगार पत्रकार समाजसँग भएको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष गुरुङले भौगोलिक रूपमा अत्यन्तै नजिक मात्र नभएर आम्दानीका हिसाबले पनि वैदेशिक रोजगारका लागि नेपालीहरूलाई हङकङ अत्यन्त उपयुक्त हुने बताइन् । वैदेशिक रोजगारका लागि हङकङमा नेपालीहरूलाई अत्यन्तै सम्भावना भएको उनले बताएकी छन् । एनआरएन हङकङ र हङकङ सरकारबीच हुने कतिपय अन्तक्र्रिया कार्यक्रममा हङकङ सरकार नेपालीप्रति अत्यन्तै सकरात्मक भएको भए पनि नेपाल सरकारले यसबारे पहल नगरेको उनले बताएकी छन् । कुनै समय वीर नेपालीले हङकङका लागि ज्यान दिएकाले हङकङमा नेपाली र अन्य मुलुकका नागरिकलाई हेर्ने दृष्टि नै फरक भएको आफूले पाएको उनले बताएकी छन् । उनले भनिन्, ‘हङकङमा जे कामका लागि पहिले गोर्खा (नेपाली) अनि मात्र भारतीय तथा पाकिस्तानी वा अरु रोजिन्छ ।’ यसको अर्थ हङकङ नागरिकको मन नेपालीले जितेको देखिएको भन्दै यस्तो अवस्थामा नेपालीलाई वैदेशिक रोजगारमा पठाउन सरकारले पहल गर्नुपर्ने उनले बताइन् । त्यस्तै, घरेलु कामदारका लागि नेपाली महिलाहरूका लागि पनि हङकङ अत्यन्तै सुरक्षित भएको उनले बताएकी छन् । महिलाहरूको हकमा वैदेशिक रोजगारका लागि हङकङभन्दा बढी सुरक्षित हुने मुलुक हुनै नसक्ने पनि उनले ठोकुवा गरिन् । सुरक्षा मात्र नभएर पारिश्रमिकको हिसाबमा पनि हङकङ उत्कृष्ट रहेको उनले बताएकी छन् । अहिले खान, बस्न दिएर पनि मासिक ७० हजार रूपैयाँसम्म कमाउन सक्ने भन्दै महिलाहरूका लागि सुरक्षित गन्तव्य हङकङ हुने हुनाले सरकारले सरकारी तहमा कुरा गर्नुपर्ने उनले बताइन् । उनले आफ्नो कार्यकालमा नै हङकङमा वैदेशिक रोजगारको व्यवस्था गर्न आफूले सरकारी तहमा कुरा गरेको बताउँदै भनिन्, ‘परराष्ट्र मन्त्रालयबीच निकै सकरात्मक किसिमले काम अघि बढिरहेको र श्रम मन्त्रीसँग भने समयाभावका कारण लामो कुरा हुन सकेन ।’ हङकङमा वैदेशिक रोजगारका लागि पहल गर्न आपूmले श्रम मन्त्रीलाई ज्ञापनपत्र बुझाएको पनि उनले बताएकी छन् । यसका लागि एनआरएन हङकङले बारम्बार सरकारलाई झक्झक्याइरहेको तर सरकारले भने यसलाई वास्ता नगरेको भन्दै सरकारसमक्ष नेपालीहरूलाई हङकङ सुरक्षित वैदेशिक रोजगारको गन्तव्य हुन सक्ने कुरा पुर्याउन पनि उनले आग्रह गरिन् । हङकङ सरकारसँग नेपाल सरकारले गम्भीर रूपमा कुरा उठाउने हो भने सम्भावनाको ढोका खुल्ने उनले बताएकी छन् । हङकङका अत्यन्तै धनी समुदायले कामदार मात्र नभएर सुरक्षाका लागि पनि पहिलो गोर्खा हुनुपर्ने भनेकाले सरकारले अनुमति दिने हो भने उनीहरूले नेपालीलाई नै सुरक्षाकर्मीमा राख्ने सम्भावना रहेको उनले बताइन् । हङकङमा सुरक्षाकर्मीको पारिश्रमिक करिब डेढदेखि २ लाख रूपैयाँसम्म रहेकाले यसको फाइदा नेपालीले उठाउन सक्ने भन्दै सरकारले माथिल्लो तहमा कुरा गर्नुपर्ने उनको सुझाव छ । सन् २००५ देखि नेपालीलाई हङकङमा रोजगार भिसा बन्द गरेको थियो । तत्कालीन अवस्थामा नेपालमा सशस्त्र द्वन्द्व भइरहेकाले नेपाली नफर्कने क्रम बढेपछि हङकङ सरकारले रोजगार भिसा बन्द गरेको थियो । सशस्त्र द्वन्द्वलाई देखाउँदै नेपालीहरू शरणार्थी बन्ने क्रम बढेको थियो । यो संख्या तत्कालीन समयमा करिब १ हजार २ सय जना शरणार्थी बनेका थिए । तर, अहिले यो क्रम घटेको छ । हाल करिब १ सय ५० जना मात्र शरणार्थी भएर हङकङमा बसेको हङकङ सरकारको आँकडा रहेको अध्यक्ष गुरुङले बताइन् । हङकङमा नेपाली शरणार्थीको संख्या घटेकाले अब यसलाई सरकारी तहमा पुर्याएर नेपालले आफ्नो नागरिकलाई रोजगारका लागि खुला गर्न आग्रह गर्ने हो भने यसबाट नेपाली नै अत्यन्तै लाभान्वित हुने उनको भनाइ छ । अहिले नेपालीहरूका लागि खाडीको विकल्प देखिएको छैन । केही गरी खाडी मुलुकमा उथलपुथल आएको खण्डमा नेपालका लागि अप्ठ्यारो दिनहरू आउन सक्ने हुनाले हङकङलाई वैकल्पिक वैदेशिक रोजगारको मुलुक बनाउने हो भने यसबाट सरकारले पनि भरमग्दुर फाइदा लिन सक्ने अध्यक्ष गुरुङको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  ०५:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP