Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • पानी आउने भने छैन छाँटकाँट
मेलम्चीमा सभामुखदेखि नेतामन्त्रीको तीर्थाटान पानी आउने भने छैन छाँटकाँट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २, २०८०

काठमाडौं– काठमाडौंमा खानेपानीको हाहाकार भएयता दैनिकजसो नेता–मन्त्री सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची हेडवक्र्स पुग्छन् । आइतबारमात्र सभामुख देवराज घिमिरे मेलम्ची खानेपानीको हेडवक्र्स पुगेका थिए । सभामुख घिमिरेले त्यहाँको पानी चाँडो काठमाडौं पु¥याउन निर्देशन दिए । शनिबारमात्र काठमाडौं–५ का सांसद कांग्रेस नेता प्रदीप पौडेल हेडवक्र्स पुगेको थिए । ‘काठमाडौंका मानिसहरु अहिले पनि मेलम्चीको पानीको पर्खाइमा छन्,’ हेडवक्र्स क्षेत्र पुगेर उनले भने, ‘अस्थायी समाधान गर्न खासै गाह्रो देखिएन ।’

गत मंसिर १५ गतेमात्र खानेपानीमन्त्री महिन्द्र राय यादव पनि यहाँको पानी काठमाडौं ल्याउन हेडवक्र्स क्षेत्र अम्बाथान पुगेका थिए । यादवझैं यसअघिका खानेपानीमन्त्रीको पहिलो तीर्थ हुने गर्छ मेलम्ची । तर वर्षको कारण गत असारबाट मेलम्चीको पानी ठप्प भएपछि राजधानीलाई खानीपानी वितरणमा मुश्किल भएको छ ।

सिएमसीको मुद्दा सिंगापुरमा चलिरहेको छ । भेण्डरवालाको ११ करोडभन्दा बढी तिर्न बाँकी रहेछ । सामान राख्न स्थानीयको जग्गा प्रयोग भएको रहेछ । तिनको भाडा पनि दिएको रहेनछ ।
महिन्द्र राय यादव
खानेपानीमन्त्री

मन्त्रीहरु फोटो खिच्न पुग्ने तर खानेपानीको समस्या समाधान नहुने । यही प्रकरण दोहोरिन थालेपछि यसपटक खानेपानी मन्त्री यादवले यसको समस्याबारे विस्तृत बुझ्ने प्रयास गरे । पानी लिएरै आउने प्रतिबद्धतासहित केही दिन हेलम्बुमै बास बस्ने उद्देश्यले त्यता पुगेका मन्त्री भने निराश भएर भोलिपल्टै काठमाडौं फर्किसकेका छन् । पानी कसरी ल्याउने ? यादवलाई टाउको दुखाइ बनेको छ अहिले ।

मुद्दा र बक्यौताले समस्यामा
मेलम्ची यतिबेला मुद्दा र बक्यौताले समस्यामा परेको देखिन्छ । ‘सिएमसीको मुद्दा सिंगापुरमा चलिरहेको छ । भेण्डरवालाको ११ करोडभन्दा बढी तिर्न बाँकी रहेछ । सामान राख्न स्थानीयको जग्गा प्रयोग भएको रहेछ । तिनको भाडा पनि दिएको रहेनछ,’ मन्त्री यादवले मेलम्ची पुगेर भने । सिएमसी दी रेभेन्ना यसअघि काम नगरी भागेको इटालीको ठेकेदार कम्पनी हो । तर सिएमसीले उल्टै मेलम्ची खानेपानीलाई सात अर्ब रुपैयाँभन्दा बढी ज्याला मागदाबी गर्दै सिंगापुरमा मुद्दा हालेको रहेछ । एक वर्षअघि हालेको मुद्दा अहिले सिंगापुरमा चलिरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । 
समयमा पैसा नदिएको र सुरक्षा नदिएको कारण आफूहरुले आयोजना छाडेकोसमेत सिएमसीले दाबी गरेको छ । २०७५ मा सिएमसी भागेको थियो । सिएमसीले हात झिकेपछि स्थानीय ठेकेदार तथा व्यापारीहरुको करिब ११ करोड रुपैयाँ बक्यौता बाँकी थियो । यतिमात्र हैन, सिएमसीको सामान स्टोर गरी अझै राखिएको छ । ती स्टोरहरु भएको जग्गा व्यक्तिको भएको र भाडा नपाएको स्थानीयको गुनासोको पनि सुनुवाई भएको छैन । यी विषयले पानी आउन भने नरोकिने आयोजनाका सूचना अधिकारीसमेत रहेका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताए ।

किन रोकियो पानी ?
आयोजनाका अनुसार काठमाडौंमा अहिले पानी पठाउने भनेको अस्थायी रुपमा हो । पानी पठाउन ३८ नम्बर गेट तयारी अवस्थामा रहे पनि बाढीका कारण भित्री सुरुङमार्ग थुनिएको छ । ‘काठमाडौंमा पानी पठाउने सानो सुरुङसम्म बाटो पुगिसकेको छ, त्यहाँ पानी पुग्न एउटा ठूलो पाइपले जोडेको छ,’ पन्तले भने, ‘पाइप र सानो सुरुङ सफा गर्नुपर्ने हुन्छ ।’
पाइप र सानो सुरुङ सफा गर्न एक महिनाजति समय लाग्ने अनुमान छ । तर सफा कसरी गर्ने ? यसका लागि बोर्डले निर्णय गर्नुपर्छ । आयोजनाको बोर्ड निर्णय गर्न सक्ने अधिकार सम्पन्न नभएकोले अहिले यो सफाइ सुरु नभएको आयोजनाले जनायो । ‘सुरुङ २०० मिटरको हो । त्यहाँ पानी पठाउन ६० मिटर लामो पाइप पनि छ,’ पन्तले भने ।

काठमाडौं पानी आउने सुरुङसँग जोडिएको सुरुङ २०० मिटर लामो छ । त्यहाँ पानी पठाउन ६० मिटर लामो पाइप पनि छ । ती दुवैमा लेदो र फोहोर जमेको छ । कसरी सफा गर्ने भनेर कुनै निर्णय भएको छैन ।
राजेन्द्रप्रसाद पन्त
सूचना अधिकारी, मेलम्ची खानेपानी आयोजना


आयोजनाका अनुसार उक्त स्थान सफा गर्ने जिम्मेवारी सिनो हाइड्रोको हो । तर सिनोले यस्तो सानो काममा हात नहाल्ने भन्दै पन्छिँदै आएको छ । उक्त क्षेत्र सफा गर्न एक करोड रुपैयाँ लाग्ने अनुमान छ । सफाका लागि प्रक्रियामा जाँदा ३५ दिने म्याद दिएर टेण्डर निकाल्नुपर्ने हुन्छ । यसबारेमा मंसिरको अन्तिमसम्म कुनै निर्णय नभएको पन्तले जानकारी दिए । 
स्थलगत भ्रमणमा पुगेका नेता प्रदीप पौडेलले भने सुरुङ सफा गर्ने विषय खासै ठूलो नदेखिएको बताए । ‘बाढीले जम्मा गरेको फोहोर धेरै फाल्नुपर्ने देखिएन । अलि प्रयास गरे छोटै समयमा खोल्न सक्ने देखियो,’ पौडेलले भने । पौडेलले बक्यौता भुक्तानी नपाएको विषय अहिले प्रमुख समस्याका रुपमा देखिएका तर्क गरे । 

हेडवक्र्स सार्न अध्ययन जारी
मेलम्चीको हेडवक्र्स क्षेत्रलाई २०७८ असार १ गते भ्रेमाथाङबाट आएको लेदोसहितको पहिरोले पुरिएको छ । त्यतिबेला २२ मिटर उचाईमा पुरिएको उक्त क्षेत्र अहिले १५ मिटरको हाराहारीमा अझै पुरिएको आयोजनाको दाबी छ । पानी स्थायीरुपमा ल्याउन उक्त हेडवक्र्स क्षेत्र ठीक नहुने निष्कर्षमा अहिले लगानीकर्ता एसियाली विकास बैंक(एडिबी) पुगेको छ ।
उक्त क्षेत्रमा ह्योल्मोहरुको पवित्र देवता ‘खिम्चुमु’लाई पूजा गरिने चलन धेरै अघिदेखि रहेको उल्लेख गर्दै स्थानीले उक्त क्षेत्रको पहरा नचलाउन अनुरोध गरेका थिए । अहिले यही हेडवक्र्स एडिबीले सर्भेको काम जारी राखेको छ । पानी पथान्तरण गर्ने हेडवक्र्स अम्बाथानभन्दा ८०० मिटर माथि सार्न एडिबीले सर्भे थालेको दुई वर्ष भइसक्यो । पानी ल्याउन बाँध पनि भूमिगत नै बनाउनुपर्ने सुझाव एडिबीले दिएको छ ।  

बाढीले जम्मा गरेको फोहोर धेरै फाल्नुपर्ने देखिएन । अलि प्रयास गरे छोटै समयमा खोल्न सक्ने देखियो
प्रदीप पौडेल
सांसद, नेपाली कांग्रेस

नयाँ हेडवक्र्स बनाउन चार वर्षभन्दा बढी समय र चार अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यो आयोजनामा अहिलेसम्म ६१ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । मेलम्चीको पानी पहिलोपटक २०७७ चैत १५ मा राजधानीबासीका धारामा खसालिएको थियो । तर २०७८ असार र साउनको बाढीले आयोजनाको हेडवक्र्स नै पुरिएपछि पानी आउन बन्द भयो । क्षति भएको नौ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायीरूपमा फेरि पानी काठमाडौं ल्याउन थालिएको थियो । गत असारबाट भने पानी ठप्प रहेको छ ।
 


प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP