काठमाडौं- गृहमन्त्री सुधन गुरुङले देशमा अब अर्को गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने बताएका छन् । जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री गुरुङ गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताए । उनले भने,' ‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ- सुशासन के हुन्छ भनेर । जरी त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु
।’
उनले आफू मन्त्री, दाइ, भाइ, छोरा रहेको बताउँदै गोली चलेमात्रै आफू ढल्ने र देशमा अहिले गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने बताए । ‘तपाईंको यो मन्त्री, दाई भाई छोरा एउटै कुराले ढल्छ । त्यो भनेको अर्को गोली चल्नुपर्छ । अर्को गोली चल्नका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन । म तपाईंहरूलाई विश्वास गराउन चाहन्छु,’ उनले भने ।