Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • रामजानकी विवाहको मङ्गल धुनले गुञ्जँदो मिथिला
रामजानकी विवाहको मङ्गल धुनले गुञ्जँदो मिथिला
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, मंसिर ३०, २०८०

महोत्तरी– मिथिला धार्मिक, सांस्कृतिक चाडपर्व धेरै मनाइने ठाउँमा पर्छ । मिथिलाको नाता सीताको नामसँग जोडिएकाले पनि प्रत्येक पर्व यहाँ विशेषरुपमा मनाइन्छ । सोही क्रममा यतिबेला मिथिला  रामजानकी विवाह महोत्सवमा झमेको छ । सांस्कृतिक तथा पारम्परिक पर्वले सिङ्गो मिथिला मङ्गलधुनबीच गाइने विवाह विधिका गीतले गुञ्जायमान बनेको छ ।

मिथिला क्षेत्रमा जता पुग्यो श्रीराम र जानकीको महिमा गाइएका गीत गुञ्जिएका छन् । मङ्लधुन बजिरहेका छन् । लाग्छ, घरघरमै छोरी विवाहको तयारी हुँदैछ । त्रेतायुगमा अवध (अयोध्या) का राजकुमार श्रीराम गुरु विश्वामित्र र भाइ लक्ष्मणका साथ जनकपुर आएर विदेह (मिथिला) राज शिरध्वज जनककी पुत्री सीता (मिथिला, वैदेही, जानकी) सँग विवाह भएको सम्झना अहिले जनकपुर (मिथिला) क्षेत्रले गराइरहेको छ ।

महोत्तरीसहितका मिथिला क्षेत्रका मठमन्दिर रङरोगनले सजाइएका छन् । केही दिनअघि नै सुरु हुने विवाहका पारम्परिक मैथिल विधि एकपछि अर्को आयोजन हुँदैछन् । साताव्यापी यो विवाह महोत्सवको केन्द्रमा जनकपुरधाम छ । सप्ताहव्यापी महोत्सवको पाँचौँ दिन आज ‘मटकोर’ विधि सम्पन्न गरिँदैछ । यस विधिअन्तर्गत आज जानकी मन्दिर परिसरमा विवाह सम्पन्न गरिने वेदी तयार गरिएको छ । विवाहको पूर्वाङ्ग विधि (इष्टदेवता पूजन, पितृस्मरण, ग्रहशान्तिलगायतका विधि) मटकोरकै दिन सम्पन्न गरिने मैथिल परम्परा छ ।

मिथिलामा बर्सेनि साताव्यापी रामजानकी विवाह महोत्सव विभिन्न विधि पूरा गरी मनाइने गरिएको छ । यस क्रममा अघि त्रेतायुगमा श्रीराम जनकपुर आइ भएर सीतासँग विवाह भएर जन्ती बिदाइ गरिएको दिनसम्मका एक सातामा सम्पन्न भएका विधि महोत्सवमा आयोजना हुँदै आएका छन् । सोहीस् तालिकाअनुसार आज पाँचौँ दिन ‘मटकोर’ विधि आयोजन गरिएको हो ।

यस महोत्सवमा श्रीराम जनकपुर आइपुग्नु भएर राजा जनकको दर्शन गर्नुभएको दिनलाई ‘जनकपुर नगर दर्शन’ भोलिपल्ट डुल्दै बाटिका पुग्दा अचानक वैदेही र श्रीराम देखादेख हुनुभएको दिनलाई ‘पूmलबारी लीला’ मनाइएको छ । त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन सीता वरणका लागि राजा जनकले राखेका शिवधनुष ताँदो चढाउने सर्तका लागि इच्छित वर सहभागी भएका दिनलाई ‘धनुष यज्ञ’ भनिने गरिएको छ । यी विधि क्रमशः गत मङ्गलबार, बुधबार र बिहीबार सम्पन्न भइसकेका छन् ।   

त्यसैगरी चौथो दिनको ‘तिलकोत्सव’ पनि हिजो शुक्रबार नै सम्पन्न भएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरमा त्रेतायुगमा श्रीरामले शिवधनुष ताँदो चढाउने क्रममा भाँचिएको पौराणिक मान्यताको प्रतिकात्मक मञ्चन गरिन्छ । धनुषभङ्ग भएसँगै श्रीरामसँग सीताको विवाहको टुङ्गो लागेको कथा सम्झँदै आज पाँचौँ दिन विवाहको पूर्वाङ्ग विधि ‘मटकोर’ आयोजन गरिएको जनकपुरस्थित श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउनुहुन्छ । 

महोत्सवको चौथो दिन कन्यापक्षका अभिभावकबाट वरवरणको परम्परा छ । यसलाई ‘तिलकोत्सव’ भनिन्छ । महोत्सवमा यो विधि श्री जानकी मन्दिरका महन्थले राजा जनकको भूमिकामा सम्पन्न गर्ने परम्परा छ । यसअनुसार जानकी मन्दिरका महन्थ वस्त्रआभूषण र मिष्ठान्न परिकारका डाला ९सोली० लिएर नजिकैको श्री राम मन्दिर जाने चलन छ । महोत्सवमा श्रीरामका पिता दशरथको भूमिका श्री राम मन्दिरका महन्थले निभाउने परम्परा छ । यो विधि हिजो शुक्रबार सम्पन्न गरिएको छ ।

यसैगरी महोत्सवको छैटौँ दिन सीताराम स्वयम्वर र राति वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छन् । यसलाई ‘सीता स्वयम्वर तथा विवाह’ भन्ने गरिएको छ । यो मुख्य समारोह भोलि आइतबार मङ्सिर शुक्ल पञ्चमीका दिन सम्पन्न गरिनेछ । अघि त्रेता युगमा यसैदिन राम सीताको विवाह भएको विश्वास गरिन्छ । महोत्सवको अन्तिम दिन विवाह सम्पन्न गरिएको भोलिपल्ट जन्तीलाई भोजन गराइ दक्षिणा दिएर बिदा गरिन्छ । यो विधिलाई ‘रामकलेवा’ भनिन्छ । यसरी भोलि आइतबार विवाह र आउने सोमबार ‘रामकलेवा’ गरिएसँगै यसपालिको श्रीराम जानकी विवाह महोत्सव सम्पन्न हुने श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउनुहुन्छ ।

जनकपुरमा धनुषयज्ञ र विवाहविधि जानकी मन्दिर परिसरमै सम्पन्न भएपनि स्वयम्वर भने विशाल मैदान रङ्गभूमिमा आयोजन गरिने परम्परा छ । अहिले क्रमशः महोत्सवका दैनिक कार्यक्रम सम्पन्न हुँदै छन् । विवाहका लागि आवश्यक सरसामानको चाँजो मिलाउने र सोको तयारीमा दिनरात साधुसन्त लागिरहेका महन्थ वैष्णवले जानकारी दिनुभयो । मिथिलामा छोरी विवाहको वैदिक मैथिल परम्पराअनुसार सम्पन्न हुने राम जानकी विवाह महोत्सव यहाँ (मिथिला)  को मुख्य सांस्कृतिक तथा धार्मिक चाड रहँदै आएको श्री राम मन्दिरका महन्थ श्रीराम गिरी बताउनुहुन्छ ।

सप्ताहव्यापीरुपमा सम्पन्न हुने यस महोत्सवका प्रत्येक विधिमा मिथिलानी (मिथिलाका नारी) ले गीत गाउँछन् । श्रीराम जनकपुर पुग्नुहुँदा उहाँको स्वागतमा र भोलिपल्ट बाटिका (फूलबारी) मा सीताजी र श्रीरामको आमनेसामने भेट भएको प्रसङ्ग जोडिएका गीतका भावले जोसुकैलाई श्रीसीतारामप्रति श्रद्धा जगाउँछन् । महोत्सवका विधिमा मैथिल परम्पराका सम्धी जिस्क्याउने, सम्धीमिलन गराउने विधिका हासपरिहासले रमाइलो थप्ने गरेको वर्षांैदेखि विवाह महोत्सवमा सरिक हुँदै आएका महोत्तरीको भङ्गाहा–९ कञ्चनवनका ८५ वर्षीय जितन यादव बताउनुहुन्छ । रासस


प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP