Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘अमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन’
‘अमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १४, २०७६
Min Bahadur
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले कुनै अमूक व्यक्तिका लागि अमूक उद्देश्यले संविधान संशोधन गर्न खोज्नु हाँस्यास्पद र लज्जास्पद भएको टिप्पणी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट संविधानमाथि आक्रमण प्रयासको दृश्य देखिएको सुनाए । उनले कुनै अमूक व्यक्तिका लागि संविधान संशोधनको कुरा गर्नु नै हाँस्यास्पद भएको कडा टिप्पणी गर्दै यदि त्यो प्रयत्न भए आफ्नो पार्टीले डटेर सामना गर्ने स्पष्ट पारे । उनले आफ्नो पार्टी संविधान संशोधनको विरोधी नभएको स्पष्ट पारे । अमूक व्यक्तिलाई अमूक पदमा पुर्याउन र नेकपाले आन्तरिक रूपमा व्यक्ति व्यवस्थापनका लागि संविधान संशोधनको कुरा गर्नु गलत भएको उनको टिप्पणी छ । कांग्रेस नेपाली जनताको हित र देशको हितमा हुने संविधान संशोधनका लागि साझा मागलाई सम्बोधन गर्न तयार हुने उनको भनाइ छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले दुई तिहाई बहुमतले संविधान संशोधनमार्फत मुलुकमा कम्युनिस्ट व्यवस्था वा राजतन्त्रपनि ल्याउन सकिने सुनाउँदै राष्ट्रियसभाका सदस्यलाई प्रधानमन्त्री बनाउन किन नसकिने ? भन्दै प्रश्न राखे । बिडारीले विश्वका कयौं देशमा माथिल्लो सदन र तल्लो सदन दुवै सदनका सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था रहेको सुनाए । उनले अहिले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्थाका लागि संविधान संशोधन गर्नेबारे वादविवाद तथा छलफलको विषय भएको सुनाए । उनले आवश्यकताको औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने तर्क गरे । उनले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्नको लागि नेकपाले कार्यदल गठन गरेको भनेर पत्रपत्रिकाले लेखेकै भरमा हल्ला गर्नु पनि गलत भएको टिप्पणी गरे । उनले आफूले त तीन वर्षअघि नै संसदमा यही निर्वाचन प्रणालीले त संसदमा ठेकेदार, दलाली र तस्करहरू मात्रै भरिने भए भनेर बोलेको पनि स्मरण गराए । उनले उपयुक्तताको आधारमा संविधान संशोधन गर्न सकिने बताए । राष्ट्रिय जनता पार्टीका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले मधेसी, जनजाति, थारु, आदिवासी तथा पिछडिएका क्षेत्रका समुदायको माग पूरा गर्ने सवालमा संविधान संशोधन आवश्यक रहेको सुनाए । तर, व्यक्तिको हितका लागि संविधान संशोधन गर्ने कुरा आफूहरूलाई मान्य नहुने तर्क गरे । चोर बाटोबाट ल्याएर वामदेवलाई प्रधानमन्त्री बनाउन खोज्नु नै गलत भएको उनको टिप्पणी छ । उनले प्रधानमन्त्री भनेको त कार्यकारी प्रमुख भएकाले राष्ट्रपतिबाट मनोनित व्यक्ति जनताको प्रधानमन्त्री हुनै नसक्ने तर्क गरे । कर्णले राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था संसदीय व्यवस्थामा नै नभएको सुनाए । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीय कार्यकाल करिब–करिब समाप्त भएको गम्भिर टिप्पणी गरे । केसीले प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीले गरेका पछिल्लो कामले पनि प्रधानमन्त्रीको शोभा नदिएको आरोप लगाए । उनले केपी शर्मा ओलीपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल नै अबको प्रधानमन्त्री हुने ठोकुवा गरे । उनले राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउनेगरि संविधान संशोधन गर्नको लागि नेकपाले कार्यदल गठन गरेको विषयमा टिप्पणी गर्दै त्यसमा आफ्नो आपत्ति जनाए । यदि त्यसो गर्ने हो भने जनतासामू ती एजेण्डा लैजानुपर्नेमा उनको जोड छ । केसीले राष्ट्रियसभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउने भनेर संविधान संशोधनको लागि नेकपाले गठन गरेको कार्यदल तुहिएको सुनाए । उनले यसअघिपनि वामदेव गौतमले संसद बन्नको लागि प्रयत्न गरेको सुनाउँदै वामदेव किन नजन्मदै मर्नुहुन्छ ? भन्दै आश्चर्य प्रकट गरे । उनले आवश्यक कुराको लागि संविधान संशोधन गर्न सकिने भएपनि कुनै अमूक व्यक्तिको लागि संविधान चलाउने कुरा असंभव भएको तर्क गरे ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  ०९:००
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP