Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुरुङ मार्गको विकासमा सरकार कटिबद्धः मन्त्री फुयाँल
सुरुङ मार्गको विकासमा सरकार कटिबद्धः मन्त्री फुयाँल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १४, २०७६
Hardik health
काठमाडौं–वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सहज एवं छिटो गन्तव्यमा पुग्ने नागरिकको चाहना पूरा गर्न सुरुङ मार्गको विकासमा प्रदेश सरकार कटिवद्ध भएको बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा रहेको बाल विकास माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘सहुलियत दरमा सहज यात्रा एवं छिटो गन्तव्यमा पुग्ने नागरिकको चाहना सुरुङ मार्गले नै पुरा गर्छ ।’ उनले केन्द्रीय राजधानी काठमाडौंबाट प्रदेश राजधानी हेटौँडा जोड्ने सुरुङमार्गलाई प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाउन लागिएको जानकारी गराउँदै सुरुङ मार्गको उपयोगिताबारे जानकारी गराएका थिए । त्यस्तै उनले मदन भण्डारी मार्गलाई सहज बनाउन पोष्टबहादुर सुरुङमार्ग बनाउन लागेको बताए । साथै, प्रदेशका अन्य स्थानमा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी गराएका थिए । उनले विसं १९१७ मा चुरियामाईमा दक्षिण एशियाकै पहिलो सुरुङमार्ग निर्माण गरेको नेपालले लामो समय यसलाई प्राथमिकता राख्न नसकेपछि सुरुङ मार्गको विकास हुन नसकेको बताए । उनले अबको सरकार र प्रदेश सरकारले सुरुङ मार्गमा ध्यान केन्द्रित गर्न लागेको जानकारी गराए । सुरुङ मार्गको महत्व दर्शाउँदै चक्रपथको १५० किमीमध्ये गोकर्णेश्वरको जगडोलबाट कागेश्वरी मनोहरा नगरपालिकाको अधिकारी गाउँसम्मको १० किमीको काम चालु आर्थिक वर्षको लागी तयारी अघि बढाईएको जानकारी गराए । यसका लागि मन्त्रालयअन्तर्गत ३० करोड बजेट विनियोजनसमेत भईसकेको उनले जानकारी गराए । त्यस्तै उनले प्रदेशमा एक घर एक धारा अभियानलाई सफल बनाउने योजनालाई प्राथमिकता दिइएको जनाउँदै यातायात पूर्वाधार क्षेत्रलाई व्यवस्थित गर्ने काम अघि बढाईएको जनाए । सिँचाइ योजनामार्फत जमिनको उब्जनी बढाउन पनि मन्त्रालयले ध्यान दिएको उनको भनाई थियो । कार्यक्रममा नगरपालिकाको वडा नं १ र २ का अध्यक्ष क्रमशः मुकुन्द गजुरेल र सुदर्शन धिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर फुयाँल, विद्यालयका प्रधानाध्यापक राजकुमार वाइवा, व्यवस्थापन समितिका पूर्वअध्यक्ष जगन्नाथ कार्की, हाँस्य कलाकार श्रीकृष्ण सिम्खडालगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  ०८:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP