Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • संसद्मा कानुन बनाउनेतिर कसैलाई चिन्ता नभएका कारण अपेक्षाअनुसार कानुन बनाउन सकेको छैन: नेता मिश्र
संसद्मा कानुन बनाउनेतिर कसैलाई चिन्ता नभएका कारण अपेक्षाअनुसार कानुन बनाउन सकेको छैन: नेता मिश्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २६, २०८०

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले सरकारले आवश्यकताअनुसार विजनेश दिन नसकेको र संसद्मा पनि कानुन बनाउनेतिर कसैलाई चिन्ता नभएका कारण संघीय संसद्ले अपेक्षाअनुसार कानुन बनाउन नसकेको बताएका छन ।

 
रासससँग कुरा गर्दै उनले वर्तमान सदनले पहिलो अधिवेशनमा अपेक्षाअनुसार कानुन बनाउन नसकेको स्वीकार गरे । नेता मिश्रले भने, ‘जे कामका लागि सदनमा गएका हौँ, त्यसको चिन्ता भन्दा पनि आफ्नो उन्नती कसरी हुन्छ भन्नेमा चिन्ता देखिन्छ । आफू कसरी हुने र आफ्नो वरिपरी पार्टी होस् भन्ने चाहेको देखियो । देशको वरिपरी घुमेर काम गर्नुपर्ने पद हो तर सबै आफ्नै वरिपरी होस् भन्ने चाहन्छौँ । यही कारणले प्रभावकारी रुपमा काम गर्न नसकिको हो ।’

साथै उनले सदनमा कानुन बनाउने प्रक्रिया पनि लामो भएका कारण कानुन बन्न समय लाग्ने गरेको अनुभव सुनाए । ‘विधयेक पारित गर्ने प्रक्रिया पनि लामा छन् । यसलाई सजिलो किसिमले बनाउन सकिन्छ । धेरै पटक पास फेल भएको भन्नुपर्ने कुराहरु एक दुई चोटी भनेर पनि हुने बनाउँदा ठीक हुन्छ । पहिले बेलायत वा कहाँबाट यो संसदीय प्रक्रियाको सुरुवात भएको हो । त्यही कुरा हामीले उतारेर ल्याएका हौँ । यसलाई छोटो ढंगले बनाउन सकिन्छ’, सांसद मिश्रले भने ।

२०१० भदौ १ गते डोटीमा जन्मिएका मिश्रले विधेयक बनाउने सम्बन्धमा संसद्ले नै विधेयक तयार गरेर पेस गर्दा राम्रो हुने र सरकारको सल्लाहसम्म लिने व्यवस्था गरे उचित हुने सुझाव दिए ।

सरकारले नै विधेयक तयार गर्दा त्यसमा सरकारका कतिपय स्वार्थ रहने उनको भनाइ छ । २०२८ मा नेविसंघबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका नेता मिश्र प्रजातन्त्र बहालीका लागि भएका आन्दोलनमा लागेका कारण पटक–पटक जेलसमेत परेका थिए।

सदनमा सांसदहरुले उठाउने जनजीविका सवालमा उचित सुनुवाइ नहुने गरेको गुनासो गर्दै सांसद मिश्रले कुनै सांसदले के विषय र कसको सन्दर्भमा बोलेको छ, सम्बन्धित निकायलाई जिम्मेवार बनाउन उठेका विषयका सन्दर्भमा पत्र पठाएर जवाफ माग्नुपर्ने बताए ।

‘कम्तीमा हप्तामा एक दिन वा महिनामा एक दिन फलानो सांसदले उठाएको विषयमा सम्बन्धित निकायबाट कस्तो जवाफ वा सुझाव आयो भनेर सदनमा छलफल गरेमा सदनको गरिमा बढ्ने मैले देखेको थिएँ । तर त्यो कुरा भइराखेको छैन्’, नेता मिश्रले भने ।

आफ्नो राजनीति कर्मथलो कैलालीका सबै गाउँमा पैदलै हिँडेर पार्टी संगठन निर्माण गरेका उनले पार्टीमा पद भने खासै लिएनन् । भ्रष्टाचार र अनियमितता निर्मूल गर्ने सन्दर्भमा दलहरुबीच एकरुपता हुन नसक्दा प्रभावकारी नियन्त्रण हुन नसकेको बताउँदै उनले सांसदहरुमा पनि स्वभाविक रुपमा आफूले पाउने तलब भत्ता बाहेकका सुविधामा अधिकांशको स्वार्थ रहेको आफूले देखेको टिप्पणी गरे ।

सांसद मिश्रले भने, ‘आफूलाई गाह्रो भएको अवस्थामा र आलोचना गर्न पाएको स्थानमा आलोचना गर्ने तर आफूलाई केही लाभ हुने अवस्थामा आफूलाई पनि भए हुन्थ्यो भन्ने स्वार्थबाट अधिकांश ओतप्रोत भएका देखिन्छन् ।’ उनले कैलालीमा कांग्रेसका तर्फबाट टिकट पाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धासमेत गरेका थिए ।

सांसदहरु नीति निर्माणभन्दा विकास निर्माणमा केन्द्रित भएका हुन् भन्ने जिज्ञासामा उनले सांसद जसबाट चुनिएर आएका हुन्छन् र जसका प्रतिनिधि हुन्छन् तीनै जनताले कानुन बनायो कि बनाएन भनेर सोध्ने नगरेको उल्लेख गरे ।

त्यसको सट्टा जनताले आफ्नो गाउँ टोलमा बाटो, विद्यालय, स्वास्थ्य चौकी बनेन, मैले भनेको कुरा भएन, आफ्ना छोराछोरीले जागिर पाएन भनेर सोध्ने गरेकाले पनि सांसद कानुन निर्माणमा केन्द्रित हुन नसकेको विश्लेषण गरे ।

‘यी प्रश्न मात्र जनताले गर्छन, सांसदहरु जनताका प्रश्नका पक्षमा नलागे भने भोलि पनि जनताका बीचमा जानुपर्छ । त्यसकारण विकास निर्माणमा पनि जोडिनु बाध्यता हुन्छ’, नेता मिश्रले भने ।

कैलालीको दुई पटक जिल्ला विकास समितिको सभापति भएका नेता मिश्र २०४८ देखि भएका कांग्रेसका सबै महाधिवेशनमा महासमिति सदस्य निर्वाचित हुँदै आएका छन । सदनलाई प्रभावकारी बनाउन सांसदबाट मन्त्री बनाउने प्रावधान बन्द गर्नुपर्ने उनको सुझाव छ ।

‘सांसदलाई सांसदको काम मात्र दियो भने सदन प्रभावकारी हुन्छ । सांसदबाट अरु लाभका पदमा जाने हो भने सांसदले सदनमा प्रभावकारी भूमिका खेल्न सक्दैन्’, नेता मिश्रले भने । रासस


प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP