Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रगत संकलन केन्द्र नहुँदा बिरामी मर्कामा
रगत संकलन केन्द्र नहुँदा बिरामी मर्कामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १४, २०७६
Hardik health
बलेवा– प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा रक्त संकलन केन्द्र नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन् । प्राथमिक उपचार सेवाका साथै सामान्य शल्यक्रियासमेत हुने स्वास्थ्य चौकीमा अहिलेसम्म रक्त संकलन केन्द्र स्थापना हुन सकेको छैन । रक्त संकलन केन्द्र नभएका कारण रगतको आवश्यकता भएका बिरामीलाई ९१ किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकाम बागलुङ धाउनुपर्ने बाध्यता रहेको छ । यहाँ शल्यक्रियामार्फत सुत्केरी हुनेलाई पनि सेवा दिने व्यवस्था छ तर शल्यक्रियापछि आवश्यक पर्ने रगतको मागलाई पूरा गर्न बिरामी वा उनका आफन्तले युवालाई खोज्नुपर्छ । यहाँ रक्त संकलन केन्द्र नभएकाले तत्काल रगत दिनुपर्ने भएमा रक्त समूह मिल्ने व्यक्ति राखेरमात्र शल्यक्रिया गर्नुपर्ने बाध्यता भएको स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक बताउँछन् । जनसंख्या धेरै भएको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनताको एउटै केन्द्र भएकाले दैनिक डेढ सयजनासम्म बिरामी उक्त स्वास्थ्य चौकीमा सेवा लिनका लागि आउने गर्छन् तर यहाँ आवश्यक दरबन्दीका स्वास्थ्यकर्मी र रक्त सञ्चार भने अभाव रहेको छ । यो केन्द्रमा एम्बुलेन्स पनि अभाव छ । चाहियो भने ग्वालिचौर र भीमगिठेबाट मगाउनु परेको अस्पतालका प्रमुख डा मिलन मल्लले बताए । एम्बुलेन्स नपाएर बिरामीले ट्याक्सी खोजेर पाल्पा कुद्ने समस्या खेप्ने गरेका छन् । जिल्ला सदरमुकामभन्दा मिशन अस्पताल पाल्पा दूरीका हिसाबले नजीक पर्ने भएकाले रिफर भएर जानुपर्ने बिरामी पाल्पा जाने गरेका छन् । अहिले पनि यहाँ तीनजना चिकित्सक कार्यरत छन् तर उपकरण, एम्बुलेन्स र नर्सिङ तथा अन्य सहायक तहका स्वास्थ्यकर्मी अभावले दैनिक उपचारमा समस्या पर्ने गरेको डा मल्लले बताए । जिल्ला अस्पताल झैँै चौबिसै घन्टा इमरजेन्सी सेवा, ओपिडी, बहिरङ्ग, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, ल्याब लगायतका सेवा पाइने भनेर केन्द्रमा सूचना टाँगिएको छ । ‘उपचारमात्र दिएर पुग्दैन, त्यसपछिका जटिलता सम्बोधन गर्ने चुनौती छ’ उनले भने, ‘उपचारको सेवा दिने काम प्रशासनले दिएजस्तो होइन ।’ विभागीय रूपमा दरबन्दी पूरा नदिने र एम्बुलेन्स अभाव बढी चुनौती भएको उनले बताए । यहाँ केन्द्र व्यवस्थापन समितिबाट पाँचजना स्वास्थ्यकर्मी करारमा राखिएको छ । तीमध्ये डा विवेक यादव एनेस्थेसियामा छन् । उनको दरबन्दीमै व्यवस्था गर्न सकेमा नियमित शल्यक्रिया सेवा दिन सकिने डा. मल्लको भनाइ छ । कार्यालय सहायक र प्रशासनको कर्मचारी पनि यहाँ अभाव छ । ढोरपाटन नगरपालिकाले यो केन्द्रलाई अस्पतालका रूपमा विकास गर्ने योजना बनाएको छ । नगरपालिकाले चाहेमा कम्तीमा १५ श्ययाको अस्पताल बनाउन सकिने प्रावधान छ । अस्पताल बनाउने विषयमा बेलाबेला बहस उठ्दै गरेको छ । तर फेरि बिस्तारै सेलाउने गरेको स्थानीयवासी जीतबहादुर भट्टचनले बताए । भएका चिकित्सकले सेवा भने निरन्तर दिएकाले दुई वर्षदेखि केन्द्रमा अप्रिय घटना भएको छैन । ‘यहीँ डाक्टर भएकाले ज्यान बचाएर बच्चा जन्माउन पाएँ’ ढोरपाटन नगरपालिका–९ सुपुरदुङकी २८ वर्षीया अमृता पुनले भनिन्, ‘यहाँ नभएको भए पाल्पा पुग्नुपर्ने बाध्यता थियो ।’ यहाँ मासिक १५ जनाले शल्यक्रियाबाट बच्चा जन्माउने गर्छन् । गत वर्ष यहाँ एक हजार ४०० भन्दा बढीले प्रसूति सेवा लिएको तथ्यांक छ । वर्षभरि आठ हजारभन्दा बढी अन्य बिरामीले यहाँबाट उपचार र स्वास्थ्य सेवा लिएका छन् । रासस
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह सोमबार, मंसिर २२, २०८२
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल आइतबार, मंसिर १४, २०८२
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP