Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रगत संकलन केन्द्र नहुँदा बिरामी मर्कामा
रगत संकलन केन्द्र नहुँदा बिरामी मर्कामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १४, २०७६
Hardik health
बलेवा– प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा रक्त संकलन केन्द्र नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन् । प्राथमिक उपचार सेवाका साथै सामान्य शल्यक्रियासमेत हुने स्वास्थ्य चौकीमा अहिलेसम्म रक्त संकलन केन्द्र स्थापना हुन सकेको छैन । रक्त संकलन केन्द्र नभएका कारण रगतको आवश्यकता भएका बिरामीलाई ९१ किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकाम बागलुङ धाउनुपर्ने बाध्यता रहेको छ । यहाँ शल्यक्रियामार्फत सुत्केरी हुनेलाई पनि सेवा दिने व्यवस्था छ तर शल्यक्रियापछि आवश्यक पर्ने रगतको मागलाई पूरा गर्न बिरामी वा उनका आफन्तले युवालाई खोज्नुपर्छ । यहाँ रक्त संकलन केन्द्र नभएकाले तत्काल रगत दिनुपर्ने भएमा रक्त समूह मिल्ने व्यक्ति राखेरमात्र शल्यक्रिया गर्नुपर्ने बाध्यता भएको स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक बताउँछन् । जनसंख्या धेरै भएको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनताको एउटै केन्द्र भएकाले दैनिक डेढ सयजनासम्म बिरामी उक्त स्वास्थ्य चौकीमा सेवा लिनका लागि आउने गर्छन् तर यहाँ आवश्यक दरबन्दीका स्वास्थ्यकर्मी र रक्त सञ्चार भने अभाव रहेको छ । यो केन्द्रमा एम्बुलेन्स पनि अभाव छ । चाहियो भने ग्वालिचौर र भीमगिठेबाट मगाउनु परेको अस्पतालका प्रमुख डा मिलन मल्लले बताए । एम्बुलेन्स नपाएर बिरामीले ट्याक्सी खोजेर पाल्पा कुद्ने समस्या खेप्ने गरेका छन् । जिल्ला सदरमुकामभन्दा मिशन अस्पताल पाल्पा दूरीका हिसाबले नजीक पर्ने भएकाले रिफर भएर जानुपर्ने बिरामी पाल्पा जाने गरेका छन् । अहिले पनि यहाँ तीनजना चिकित्सक कार्यरत छन् तर उपकरण, एम्बुलेन्स र नर्सिङ तथा अन्य सहायक तहका स्वास्थ्यकर्मी अभावले दैनिक उपचारमा समस्या पर्ने गरेको डा मल्लले बताए । जिल्ला अस्पताल झैँै चौबिसै घन्टा इमरजेन्सी सेवा, ओपिडी, बहिरङ्ग, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, ल्याब लगायतका सेवा पाइने भनेर केन्द्रमा सूचना टाँगिएको छ । ‘उपचारमात्र दिएर पुग्दैन, त्यसपछिका जटिलता सम्बोधन गर्ने चुनौती छ’ उनले भने, ‘उपचारको सेवा दिने काम प्रशासनले दिएजस्तो होइन ।’ विभागीय रूपमा दरबन्दी पूरा नदिने र एम्बुलेन्स अभाव बढी चुनौती भएको उनले बताए । यहाँ केन्द्र व्यवस्थापन समितिबाट पाँचजना स्वास्थ्यकर्मी करारमा राखिएको छ । तीमध्ये डा विवेक यादव एनेस्थेसियामा छन् । उनको दरबन्दीमै व्यवस्था गर्न सकेमा नियमित शल्यक्रिया सेवा दिन सकिने डा. मल्लको भनाइ छ । कार्यालय सहायक र प्रशासनको कर्मचारी पनि यहाँ अभाव छ । ढोरपाटन नगरपालिकाले यो केन्द्रलाई अस्पतालका रूपमा विकास गर्ने योजना बनाएको छ । नगरपालिकाले चाहेमा कम्तीमा १५ श्ययाको अस्पताल बनाउन सकिने प्रावधान छ । अस्पताल बनाउने विषयमा बेलाबेला बहस उठ्दै गरेको छ । तर फेरि बिस्तारै सेलाउने गरेको स्थानीयवासी जीतबहादुर भट्टचनले बताए । भएका चिकित्सकले सेवा भने निरन्तर दिएकाले दुई वर्षदेखि केन्द्रमा अप्रिय घटना भएको छैन । ‘यहीँ डाक्टर भएकाले ज्यान बचाएर बच्चा जन्माउन पाएँ’ ढोरपाटन नगरपालिका–९ सुपुरदुङकी २८ वर्षीया अमृता पुनले भनिन्, ‘यहाँ नभएको भए पाल्पा पुग्नुपर्ने बाध्यता थियो ।’ यहाँ मासिक १५ जनाले शल्यक्रियाबाट बच्चा जन्माउने गर्छन् । गत वर्ष यहाँ एक हजार ४०० भन्दा बढीले प्रसूति सेवा लिएको तथ्यांक छ । वर्षभरि आठ हजारभन्दा बढी अन्य बिरामीले यहाँबाट उपचार र स्वास्थ्य सेवा लिएका छन् । रासस
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP