Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीय गन्तव्य पहिचान
पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीय गन्तव्य पहिचान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २४, २०८०

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको बसाइ लम्बाउन नयाँ गन्तव्यको विकास गरिएको छ । स्थानीय समुदाय, अन्नपूर्ण गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको निकायमार्फत घोडेपानी–पुनहिल आसपासमा नयाँ गन्तव्य बनाइएको हो । 

घोडेपानीका बासिन्दा तथा अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले प्यारीबाराही ताल, फूलबारी, मोहरेडाँडा, कालीसारलाई नयाँ गन्तव्य बनाएर पर्यटकको बसाइ लम्बाउन पहल गरिएको जानकारी दिए । “घोडेपानी समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको यात्राअवधि सडक बनेपछि १५ दिनबाट सात दिनमा छोटिएको छ,” उनले भने “छोटिएको पर्यटकको बसाइ लम्बाउन पहिचान गरिएका नयाँ गन्तव्यमा पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएका छौँ ।”

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी ‘टे«ल’ (घोडा मार्ग) निर्माण भएको स्थानीयबासी सुशील पुनले बताए । “लालिगुराँसको घना जङ्गलको बीचमा समथर चौर भएको कालीसार भन्ने ठाउँमा चरा अवलोकनस्थल बनाइएको छ,” उनले भने “गुराँसे जङ्गलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण रेञ्जका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।”

 भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ । घोडेपानी र प्यारीबाराही क्षेत्रको जङ्गलमा डाँफे, कालिज, मृग, चितुवा, घोरललगायत वन्यजस्तुको अवलोकन गर्न सकिन्छ । जङ्गलको बीचमा रहेको प्यारीबाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना रहेको पुनले बताए । उनका अनुसार तालमा हिमालको छायाँ देख्न सकिन्छ । 

जनैपूर्णीमा पर्वमा यहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ मेला लाग्ने गरेको स्थानीय बताउँछन् । करिब दुई सय मिटर लम्बाइ र एक सय मिटर चौडाइमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ । तालमा खस्ने पात चराले टिपेर फाल्ने गरेको स्थानीयवासी बताउँछन् । 

डिभिजन वन कार्यालयको सहयोगमा कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर गुराँसपार्क बनाइएको वडा नं ६ का वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । “ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँसपार्क लेखिएको सेल्फी बोर्ड बनाइएको छ,” उनले भने “घना गुराँसे जङ्गलका बीचमा रहेको पार्क अवलोकन गर्न जाने पर्यटकको लागि शौचालय, चरा अवलोकन गर्नेका लागि बेञ्च, पानी पर्दा, गर्मीमा ओत लाग्ने गोलघर बनाइएको छ ।” 

पार्कभित्र ढुङ्गा विछ्याएर पदमार्ग बनाइएको खड्काले जानकारी दिए । उनका अनुसार पार्कबाट गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । “पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ”, उनले भने ।

घान्द्रुकदेखि घोडेपानी–नागीसम्म सबैभन्दा ठूलो लालीगुराँसको जङ्गल छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) को अभिलेखअनुसार नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन् । त्यसमध्ये घोडेपानी क्षेत्रको जङ्गलमा आठ प्रजातिका पाइन्छन् । पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीवराह ताल पुगिन्छ । फर्कंदा प्यारीवराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्कहुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सक्छन् । प्यारीबराहदेखि घोडेपानीसम्मको घोडाचढी (पोन्नी ट्रेल) मा जान सकिन्छ ।

डिभिजन वन अधिकृत मनोज रानाभाटले पार्क, घोडा, साइकल र घोडा मार्गमा पर्यटकको चहलपहल बढ्न र घोडेपानीमा पर्यटकको बसाइ अवधि लम्बिएको बताए । कार्यालयले तीन वर्षअघि पनि अन्नपूर्ण–७ रिमा गाउँको सिरानमा रहेको नेसरानी सामुदायिक वनको ४० रोपनी घेराबन्दी गरी गुराँसपार्क बनाएको थियो । 


प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP