Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • चौध वर्ष अघिदेखि निर्माणाधीन शान्तिपार्क निर्माण कार्य अलपत्र
चौध वर्ष अघिदेखि निर्माणाधीन शान्तिपार्क निर्माण कार्य अलपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, मंसिर २३, २०८०

मन्थली– दोरम्बा शैलुङ गाउँपालिका–२  दोरम्बामा १४ वर्षअघिदेखि निर्माणाधीन शान्तिपार्क निर्माणकार्य सम्पन्न नहुँदा अलपत्र परेको छ । विसं २०६६ देखि यो पार्क निर्माणका नाममा नेपाल सरकारबाट रु दुई करोड ५० लाख बजेट खर्च भइसकेको भए पनि यो योजना सम्पन्न हुन सकेको छैन ।  


निर्माणका लागि प्रयोग भएका फलामे समान हराउन र चोरी हुन थालेका छन् भने बालुवा र सिमेन्टमार्फत बनेका संरचना भत्किसकेका छन् । दोरम्बा–२ दोरम्बा बजार नजिक सल्लेनी वनमा निर्माणाधीन उक्त शान्तिपार्कका लागि क्रमागत बजेट आउने आशामा विनियोजित बजेटभन्दा बढीको लागत अनुमान गरेपछि निर्माण कार्य सम्पन्न नभई अलपत्र परेको हो ।

 
तत्कालीन शान्ति तथा पुनःनिर्माण मान्त्रालयमार्फत रु तीन करोडको लागतमा क्रमागत योजनाअन्तर्गत शान्तिपार्क निर्माणको योजना अघि सारिएको थियो । आव २०६६ मा सुरु भई २०७४ सालसम्म रु दुई करोड ५० लाख खर्च भइसकेको छ भने २०७४ सालयता पार्कको काम अलपत्र परेको छ । 
 
विसं २०६० साउन ३२ गते तत्कालीन सरकार र विद्रोही पक्ष वार्ता चलिरहेका बेलामा यस ठाउँ ९दोरम्बा० मा तत्कालीन शाही नेपाली सेनाले नेकपा ९माओवादी० का २१ जना कार्यकर्ता बैठक बसिरहेका ठाउँमा घेरा हाली पक्रेर सामूहिक हत्या गरेपछि त्रसित भएका स्थानीयलाई उक्त पार्कमा गएर मन भुलाउन सहज होस् भन्ने उद्देश्यले सरकारले शान्तिपार्क निमार्णको काम अघि बढाएको स्थानीय प्रकाशचन्द्र मोक्तानले बताए ।

 
शान्तिपार्कमा प्रतिक्षालय भवन, शौचालय, सिँढी, घेराबारलगायत संरचना निर्माण गरिने र पार्कभित्रै चक्रपथसमेत निर्माण गरिने लागत अनुमानमा उल्लेख छ । हाल पार्कमा प्रतिक्षालय, सिँढी, शौचालय निर्माण भएका छन् । शौचालयमा झ्याल ढोका राख्न बाँकी नै छ भने पार्कमा लगाइएको घेराबार भत्किसकेको छ । 

स्थानीय सरकारको निर्वाचन भएसँगै केन्द्र सरकारले बजेट दिन छाडेपछि पार्क निर्माणको कामअलपत्र परेको हो । स्थानीय सरकार गठन भएपछि सरकारले पार्क निर्माणको बाँकी कामको जिम्मा स्थानीय सरकारलाई दिए पनि पालिकाले बेवास्ता गर्दा पार्क निर्माणको काम अलपत्र परेको स्थानीय मिनबहादुर तामाङ बताउँछन् ।

अलपत्र रहेको पार्क निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेर निर्माण कार्यलाई पूर्णता दिने योजना गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले बताए पनि पहिलो पटक स्थानीय तहको निर्वाचन भएको २०७४ सालदेखि हालसम्म उक्त योजनाका लागि कुनै किसिमको बजेट विनियोजन भएको छैन । 

यस्ता पार्कले आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षण गरी आयआर्जन गर्न सकिने भएकाले सम्बन्धित निकायको ध्यान पुगरे तत्काल निर्माण सम्पन्न भई पार्क सञ्चालन हुनसके पर्यटक भित्र्याउन सकिने स्थानीय मिलन घिसिङले बताए । 


प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP