Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • इयुले शुक्रबार विश्वको पहिलो एआई कानूनमा पुनः छलफल गर्ने
इयुले शुक्रबार विश्वको पहिलो एआई कानूनमा पुनः छलफल गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २२, २०८०

एजेन्सी - करिब २४ घन्टाको छलफलपछि बिहीबार युरोपेली युनियन (इयु) कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी व्यापक कानूनमा सम्झौता गर्न असफल भएको छ । यद्यपि शुक्रबार पनि छलफल जारी राख्ने वाचा गरिएको छ । गत वर्ष च्याटजिपिटी बटले एआईको तीव्र प्रगति गर्दै विश्वलाई नै चकित बनाएदेखि यो मुद्दाले थप आवश्यकता लिएपछि ब्रसेल्स सन् २०२३ को अन्त्यभन्दा अघि नै विश्वको पहिलो व्यापक एआई कानूनलाई अनुमोदन गर्न चाहन्छ ।

च्याटजिपिटीले सरल प्रयोगकर्ता सङ्केतहरूबाट केही सेकेन्डभित्रै भावपूर्ण निबन्ध र कविताहरू तयार गर्ने क्षमताबाट धेरैलाई आश्चर्यचकित बनाएको छ । श्रम र स्वास्थ्य सेवालाई रूपान्तरण गर्न यो प्रविधिको क्षमता भए पनि आलोचकहरूले डिपफेक तस्बिरसहित एआईबाट गलत सूचना र दुरुपयोगको बढ्दो जोखिमलाई औँल्याएका छन् ।

बिहीबार बिहानै एउटा सम्झौतालाई अन्तिम रूप दिने महत्त्वाकांक्षी अपेक्षाका साथ युरोपेली संसद् र इयुका सदस्य मुलुकका वार्ताकारहरूले बुधबार दिउँसो छलफल सुरु गरेका हुन् । “एआई ऐनमा पछिल्लो २२ घन्टामा धेरै प्रगति भएको छ, भोलि बिहान नौ बजे (०८ः०० जिएमटी) इयु संसद् र काउन्सिलसँग पुनः छलफल सुरु हुँदैछ”, इयुयका आन्तरिक बजार आयुक्त थिएरी ब्रेटनले सामाजिक सञ्जालमा भन्नुभएको छ । कुनै वास्तविक सीमा नभए पनि इयुका वरिष्ठ अधिकारीहरूले बिहीबार बिहानसम्म कानूनी पाठलाई अन्तिम रूप दिन धेरै राजनीतिक पूँजी लगाएका छन् । शुक्रबार कुनै सम्झौतालाई अन्तिम रूप दिए पनि कानून चाँडोमा सन् २०२६ सम्म लागू हुनेछैन ।

Hardik health

सदस्य राष्ट्र र संसद्बीच विभाजनका दुई क्षेत्र छन् । पहिलो महत्त्वपूर्ण मुद्दा भनेको विभिन्न कार्य गर्नका लागि डिजाइन गरिएको कथित फाउन्डेसन मोडेललाई कसरी नियमन गर्ने भन्ने हो । फ्रान्स, जर्मनी र इटालीले यी प्रणालीहरूलाई कानूनको कठिन हिस्साबाट बाहिर निकाल्न आह्वान गरेका छन् । केही सदस्य मुलुक नियमनले एआईको दुरुपयोगबाट हुनसक्ने क्षतिलाई सीमित गर्नुपर्छ भन्नेमा सहमत छन् तर पनि उनीहरू नवप्रवर्तनलाई प्रोत्साहन गर्न चाहन्छन् । विशेषगरी अमेरिका–आधारित च्याटजिपिटीको निर्माता ओपनएआईजस्तै उनीहरू आफ्नै युरोपेली च्याम्पियन चाहन्छन् ।

अर्को महत्त्वपूर्ण विन्दु भनेको रिमोट बायोमेट्रिक निगरानी हो । यो भनेको मूलतः सार्वजनिक स्थानमा क्यामेरा डाटामार्फत अनुहार पहिचान हो । इयुको संसद्ले ‘वास्तविक समय’ रिमोट बायोमेट्रिक पहिचान प्रणालीहरूमा पूर्ण प्रतिबन्ध चाहन्छ तर केही सदस्य मुलुकले कानूनको कार्यान्वयनका लागि प्रविधिको प्रयोग गर्न अनुमति दिन अपवाद चाहन्छन् । इयुको कार्यकारी शाखा युरोपेली आयोगले पहिलो पटक सन् २०२१ मा एउटा एआई कानूनको प्रस्ताव राखेको थियो । उक्त कानूनले एआईले निम्त्याउने जोखिमहरूको स्तरका आधारमा प्रणालीहरूलाई नियमन गर्दछ ।

उदाहरणका लागि नागरिकको अधिकार र स्वास्थ्यमा जति ठूलो जोखिम हुन्छ प्रणालीको दायित्व पनि उति नै ठूलो हुन्छ । गुगल र मेटासहितका प्रविधि कम्पनीहरूले पनि एआई जोखिमका भाग खोजिरहेका छन् । एआईको प्रभावमाथि चिन्ता व्यक्त गर्ने इयु एक्लो होइन । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रविधिको जोखिमलाई कम गर्दै एआईलाई नियमन गर्न अक्टोबरमा एउटा कार्यकारी आदेश जारी गरेका थिए । चीनले यसै वर्ष अगस्टमा कृत्रिम बौद्धिकताबाट उत्पन्न सामग्रीमाथि नियम लागु गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन मंगलबार, माघ ६, २०८२
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु मंगलबार, माघ ६, २०८२
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी मंगलबार, माघ ६, २०८२
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति मंगलबार, माघ ६, २०८२
किमद्वारा उपप्रधानमन्त्री बर्खास्त
किमद्वारा उपप्रधानमन्त्री बर्खास्त मंगलबार, माघ ६, २०८२
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि सोमबार, माघ ५, २०८२
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP