Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘११ः५५’ निर्माण घोषणा
‘११ः५५’ निर्माण घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २१, २०८०

काठमाडौं - नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गर्नुहुने जानकारी गराइएको हो ।

कलाकारसँगै पटकथा लेखकसमेत रहेका अग्रजले नेपाली चलचित्रमा केही फरक गर्ने प्रयास गरिएको बताए । उनले भने, “क्राइम, सस्पेन्स र थ्रिलर विधालाई मिश्रण गरेर चलचित्रको पटकथा तयार भएको छ । अहिले आइरहेको भन्दा फरक गर्ने प्रयासमा यो समूह तयार गरिएको छ ।”

यसै चलचित्रमार्फत निर्देशकीय यात्रा प्रारम्भ गर्न लाग्नुभएका निर्देशक पाण्डेले आफूलाई राम्रो दर्शकको रूपमा परिचय गराए । “म धेरै चलचित्र हेर्छु । विगत दुई दशकदेखि चलचित्र निर्माण गर्ने योजनाअनुरुप आफूलाई तयार गरिरहेको थिएँ”, निर्देशक पाण्डेले भने, “यसमा कलाकारलाई नभई पात्रलाई दर्शकले स्मरण गर्नुहुनेछ । यसको हिरो नै कलाकार नभई कथा हो ।”

Hardik health

अभिनेता महेश त्रिपाठीले पछिल्ला चलचित्रमा निर्वाह गरेको भूमिकाभन्दा भिन्न पात्र र विधा भएकाले सहकार्य सम्भव भएको बताए । “यसको विषयवस्तुमा नयाँपन हुनुका साथै कलाकारलाई दिइएको पात्र फरक छ । निर्देशक वा निर्माण समूह नयाँ देखिए पनि काम अनुभवीभन्दा कम छैन”, अभिनेता त्रिपाठीले भने ।

अभिनेत्री श्रेष्ठले छायाँकन अगाडि भएको कार्यशालाले पात्रलाई जीवन्त बनाउन मद्दत गरेको बताए । “मैले कथा पढ्दा नै अगाडि के होला ? भन्ने जिज्ञासा हुन्थ्यो । आफ्नो भूमिकामार्फत अभिनय क्षमता देखाउने प्रशस्तै अवसर छ । यसले मेरो करिअरमा नयाँ आयाम थप्नेमा विश्वस्त छु”, अभिनेत्री श्रेष्ठले भने । 

यसै चलचित्रमार्फत अभिनय यात्राको प्रारम्भ गर्न लागेका अभिनेता सागर खनालले चलचित्रसम्बन्धी अध्ययनका क्रममा सिकेका विषय अभिनयमार्फत पर्दामा ल्याउने बताए  । उनले भने, “चलचित्रकै विद्यार्थी भएकाले यो अवसरलाई पूर्णरूपमा सदुपयोग गर्ने छु । हामीजस्ता नयाँलाई काम देखाउने अवसर दिनुभएकामा कृतज्ञ छु । चलचित्रकर्मीले पुरानासँगै नयाँलाई अवसर दिएमा मात्र नयाँ प्रतिभा भित्रिने छन् ।”

विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्टस्को सहकार्यमा बन्ने चलचित्रको छायाँकन शनिबार बेलुकी ११ः५५ बजेदेखि सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । चलचित्रमा प्रद्युम्न मिश्रले छायाँकन, पासाङदावा शेर्पाले सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यले सङ्गीत, कविराज गहतराजले नृत्य निर्देशन, देव महर्जनले द्वन्द्व निर्देशन र सुवासराज काफ्लेले प्रोडक्सन डिजाइनरको भूमिका निर्वाह गर्नुहुनेछ । यसको छायाँकन तालिका ३५ दिन राखिएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP