Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २१, २०८०

गण्डकी -  पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित ३२औँ राष्ट्रिय औद्योगिक व्यापार मेला आजदेखि सुरु भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालित मेलाको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । 

सो क्रममा उनले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने बताए । “पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन कार्यदल बनेको छ, त्यसको प्रतिवेदन आइसकेपछि आवश्यक पूर्वाधार तयारीमा हामी लाग्छौँ”, मुख्यमन्त्री पाण्डेले भने, “पोखरा देशकै पर्यटनको केन्द्रका रूपमा स्थापित हुनेछ, सबै पक्षको साथ सहयोग रह्यो भनेमात्र हामी यसमा सफल हुन्छौँ ।”

उनले फेवातालको मापदण्ड मिचेर बनाइएका अवैध संरचना हटाउन भनी सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। “यो स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारसँग जोडिएको विषय हो, अदालतको फैसला कार्यान्वयन गर्नुको विकल्प छैन”, मुख्यमन्त्री पाण्डेले भने, “सम्बन्धित पक्षहरूसँग आवश्यक छलफल गरेर समाधान निकाल्नुपर्ने आवश्यकता छ ।”

उनले उद्योगी–व्यवसायीको हितका लागि नीति निर्माणदेखि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे । मुख्यमन्त्री पाण्डेले बेरोजगारीको समस्याले युवा पलायनको अवस्था भोग्नुपरेको बताए । बेला–बेलामा आयोजना हुने मेला महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने उनले बताए । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले मेला महोत्सवले आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।

मन्दीको चपेटामा परेका उद्योग, व्यवसायीलाई महोत्सवले थोरै भए पनि राहत पुग्ने उनले विश्वास व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले औद्योगिक, सूचना, प्रविधि, कृषिजन्य, हस्तकलालगायत उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि मेला आयोजना गरिएको बताए । उनले शिथिल अवस्थामा रहेको अहिलेको अर्थतन्त्रलाई गति दिन मेलाले सघाउने विश्वास व्यक्त गरे ।

मेलामा रु ९० लाख आम्दानी हुने र रु ८० लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष प्रजापतिले बताए । मेलाबाट बचत भएको पैसा उद्यमशीलता प्रवर्द्धन र व्यवसायीहरूको क्षमता विकासमा खर्च गरिने जनाइएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको उक्त मेलामा दुई सय ५० स्टल व्यावसायिक स्टल रहेको आयोजकले जनाएको छ ।

मेलामा दैनिकरूपमा कलाकारहरूको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको छ । संघका अध्यक्ष प्रजापतिका अनुसार मेला अवलोकनमा सर्वसाधारणका लागि रु एक सय र विद्यार्थीका लागि रु ६० प्रवेश शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

रु एक सयको टिकटबाट रु १० र विद्यार्थीको टिकबाट रु पाँच जाजरकोट भूकम्प प्रभावितका लागि छुट्याइने अध्यक्ष प्रजापतिले बताए। ‘लगानीको संवर्द्धनः उद्योग व्यवासायको प्रवर्द्धन’ भन्ने आदर्श वाक्यसहित सुरु भएको ३२औँ संस्करणको मेला आगामी पुस १ गतेसम्म सञ्चालन हुने जनाइएको छ । 


प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP