Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  •  तामाङ सङ्ग्रहालय तेमालमा निर्माण हुने
 तामाङ सङ्ग्रहालय तेमालमा निर्माण हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २१, २०८०

धुलिखेल - तामाङ समुदायको उद्गमथलोका रुपमा परिचित काभ्रेपलाञ्चोकको तेमालमा अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक संग्रहालय निर्माण गर्न तेमाल गाउँपालिकाले सरोकारवालासँग छलफल थालनी गरेको छ । तेमालमा सांस्कृतिक पर्यटन विकास गर्ने उद्देश्यले पालिका उपाध्यक्ष दलमान थोकरको नेतृत्वमा सङ्ग्रहालय निर्माण र यसको महत्वको विषयमा पहिलो चरणमा सांस्कृतिक विज्ञ, सामाजिक सङ्घ/संस्था र सञ्चारकर्मीसँग राय सुझाव लिने काम थालिएको हो ।

तेमाल गाउँपालिकाद्वारा आयोजित छलफलमा उपाध्यक्ष थोकर, मानवशास्त्री डा मुक्त सिं थोकर, अन्तर्रास्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, तामाङ घेदुङको सङ्घीय अध्यक्ष मोहन गोले, सहअध्यक्ष कुमार घिसिङ, महासचिव जगत दोङ, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, गायक विश्व दोङ, नेकपा (माओवादी केन्द्र) तेमालका अध्यक्ष समीर तामाङ र शिक्षा शाखाका प्रतिनिधि भीम तामाङलगायतको सहभागी रहेको थियो । 

तामाङ संस्कृति, धर्म, भाषा र कलाको विकास तेमालबाट भएको र यसको संरक्षण र विकासको लागि तेमालले सङ्ग्रहालय निर्माण गर्न आवश्यक प्रक्रिया थालनी गरेको गाउँपालिका उपाध्यक्ष थोकरले बताउनुभयो । “पछिल्लो पुस्तालाई देखाउन र विश्वभरिबाट तामाङसम्बन्धी कला, वेषभूषा, धर्म, संस्कृति, भाषा आदि खोज्न आउने बेलामा सबैले पाउने गरी सङ्ग्रहालयमा सङ्ग्रहित गर्न पहल आवश्यक भएकाले प्रक्रिया अगाडि बढाएका हौंँ ।”

उनले भने, “करिब २७ देशमा तामाङ समुदायको बसोबास रहेको भन्ने छ, जहाँ तामाङ समुदायको बसोबास छ, त्यहाँका तामाङजातिको सबैखाले कला, संस्कृतिलाई समेत केन्द्रिकृत गर्नेगरी अन्तर्राष्ट्रिय तामाङ सङ्ग्रहालय निर्माण गर्ने अभियानमा जुटेका हौँ ।”

यसको लागि आवश्यक पर्ने जमिन पर्याप्त मात्रमा रहेको र केही भौतिक संरचना निर्माणसमेत भइसकेको अवस्थामा उक्त कार्यको लागि सम्भव हुने गाउँपालिकाले जनाएको छ । विगत चार वर्ष अगाडिदेखि नै तेमाल गाउँपालिका–७ स्थित सिङ्दानडाँडालाई छनोट गरी तामाङ सङ्ग्रहालय स्थापना गर्नको लागि प्रक्रिया प्रारम्भ गरिसकेको अवस्थामा अझ त्यसलाई वृहत बनाउन लागिएको गाउँपालिका उपाध्यक्ष थोकरले बताए। 

यसअघि थालिएको अभियान अन्तर्गत सङ्ग्रहालय निर्माणका लागि प्रारम्भिक चरणमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट तत्कालीन सांसद गङ्गाबहादुर तामाङको सक्रियतामा एक करोड लागतमा तीन तले प्रशासनिक भवन निर्माण भइसकेको छ ।  छलफलको क्रममा गाउँपालिकाले गर्नुपर्ने जग्गा प्राप्तिदेखि गुरुयोजना तयार गर्ने र अन्य सहयोगको लागि विभिन्न सङ्घ संस्थासँग आवश्यक सहयोगको आग्रह गर्ने गरी सुझाव दिएको छ ।

त्यसको लागि थप प्रक्रिया अगाडि बढाउनका लागि ल्होछारको अवसरमा कार्याशाला आयोजना गर्न लागिएको उपाध्यक्ष थोकरले बताउनुभयो । “आवश्यक कार्यपत्र तयारीको लागि डा मुक्त सिं थोकरलाई जिम्मा दिएको छ ।” उहाँले भने,“त्यसमा आवश्यक अध्ययन गरेर पालिकाले पूर्णता दिएपछि सोही अनुसार अगाडि बढ्ने भन्ने तयारीमा जुटेका छौँ ।”

गाउँपालिका आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा तेमालको पहिचानस्थाल तथा गुरु पद्म सम्भवले तपस्य गरेको भूमि घेलुङ पहारा, तोङसुम कुण्डा, स्यापजे गुम्बा, सत्यनायारण मन्दिर, रोसाइवा, तामाङ सङ्ग्रहालय तथा दोर्जेग्याङ गुम्बालाई पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने नीति लिइने उल्लेख गरेका छन् । 

त्यस्तै पर्यटकीयस्थल जोड्न पर्यटकीय सडक सञ्जाल कार्यान्वयन प्रारम्भ गरिने र विभिन्न जातजातिको जातजाति परम्परागत पर्व, संस्कार र संस्कृतिको प्रवद्र्धन गरिने उल्लेख गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको तेमाल क्षेत्रमा निर्माण गर्न लागिएको सो सङ्ग्रहालयमा तामाङ समुदायका व्यक्तिको जन्मदेखि मृत्युसम्मको मौलिक संस्कार झल्किने सामग्री राखिने भएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP