Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारले श्रमको मूल्य नबुझेको महिला स्वास्थ्य स्वयम् सेविकाको गुनासो  
सरकारले श्रमको मूल्य नबुझेको महिला स्वास्थ्य स्वयम् सेविकाको गुनासो  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २०, २०८०

टीकापुर – कैलालीका महिला स्वास्थ्य स्वयम् सेविकाले सरकारले आफूहरुको श्रमको मूल्य नबुझेको गुनासो गरेका छन् । रातदिन नभनी स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा समुदायका समस्यामा समाधानका लागि काम गरे पनि सरकारले मूल्याङ्कन नगरेको भन्दै गुनासो गरेका हुन् ।

टीकापुरकी महिला स्वास्थ्य स्वयम् सेविका रामप्यारी चौधरीले विगतमा स्वयम् सेविका हुन हौसिने महिला आजभोलि निराश हुन थालेका बताईन् । उनले सरकारले स्वयम् सेविकालाई काम थप्दै गएको तर सुविधा नथपेको गुनासो गरे । 

“सामान्य श्रमिकको ज्याला पनि दैनिक रू छ सय छ । हामी दिनभरि काम गरेपछि रू चार सय मात्र पाउँछौँ । आजभोलि नयाँ स्वयम् सेविका बन्न महिलाको रुचि छैन । कैलालीका पढेलेखेका स्वयम् सेविका साथी विदेश जान थालेका छन्”, उनले बताइन् , “कैलालीका मात्रै दर्जन बढी स्वयम् सेविका विदेश गएका छन् । त्यही ठाउँमा नयाँ स्वयमसेविका आउँछन् । उनीहरुले राम्रो काम नगरे, अर्को आउँछ यस्तै चलिरहेको छ ।”

सरकारले सामान्य सुविधा दिए पनि स्वयम् सेवामा आकर्षण बढ्ने स्वयम् सेविका बताउँछन् । “हामीले गाउँघरमा क्लिनिक, खोप कार्यक्रम, आमा समूहका बैठक तथा वडा र नगरपालिकाका सबै अभियानमा सहयोग गर्नुपर्छ”, स्वयम् सेविका मुक्तिधरादेवी शर्माले भनिन्यो, “हामीलाई खाजा र पानीसम्मको सुविधा छैन । घरबाट खाएर सेवा दिइरहेका छौँ ।”

स्वयम सेविका रुक्मिणि शर्माले थुप्रै चुनौती पार गर्दै स्वयम् सेविका बनेको भन्दै स्वास्थ्यका कुरा महिलाले महिलासँग बढी गर्ने गरेका बताईन् । आफ्नो काममा सन्दर्भमा परिवारका पुरुषले नबुझि दिँदा समस्या हुने गरेको उनको भनाइ थियो ।

“हामीले महिला र किशोरीलाई स्वास्थ्य र पोषणबारे जनचेतना जगाउने काम गर्छौँ”, रुक्मिणिले भनिन्, “हामीले सिकाएको कुरा घरका पुरुषले नबुझिदिँदा महिलाका स्वास्थ्यमा समस्या अझैँ देखिन्छन् । शरीर महिलाको छ, बच्चा जन्माउने अधिकार पुरुषको छ । यस्ता समस्या अझैँ छन् ।”

स्वयम् सेविका टीकापुरका संयोजक सुला रावल खत्रीले स्वयम् सेविकाले श्रमअनुसारको पारिश्रमिक नपाउँदा घरमा पनि हिंसा भोगिरहेका बताइन् । “पकाउँदा पकाउँदै, बारीमा काम गरिरहेका बेला पनि सामाजिक अभियानमा हिँड्नुपर्छ । फोन आयो, कोही समस्यामा प¥यो भने सहयोग गर्न जानुप¥यो । यसो गर्दा घर व्यवस्थापन लथालिङ्ग हुन्छ”, उनले भनिन्, “बेलुका रित्तो हात, भोको पेट घर फर्कदा परिवारबाट कुरा सुन्नुपर्छ ।” खत्रीले आफूहरुको कामको सरकार, समाज र परिवारले पनि सही मूल्याकङ्न नगरेको गुनासो छ । 

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले टीकापुरमा कार्यरत सम्पूर्ण स्वम् सेविकाका सेवा सुविधा वृद्धि गर्ने बताए । “हामीले सेवा अवधिपछि अवकाश भएर घर जाँदा स्वयम् सेविकालाई बिदाईका बेला रू ८० हजार दिने गरेका छौँ । यो सुविधा पनि वृद्धि तयारीमा छौँ”, उनले भने, “अन्य सुविधा दिन पनि सकारात्मक छौँ । छलफल गरेर उनीहरुका माग सम्बोधन गर्ने प्रयासमा छौँ ।” 


प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP