Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • महासचिव चन्दसहित नेकपा नेताहरुविरुद्ध पक्राउ पुर्जी
महासचिव चन्दसहित नेकपा नेताहरुविरुद्ध पक्राउ पुर्जी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १९, २०८०
  • महासचिव नेत्रविक्रम चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामा र राजु कार्कीविरुद्ध पक्राउ पुर्जी 
  • ३५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश 
  • २१ फागुन २०७७ मा भएको सहमतिको पालना नभएको भन्दै नेकपा असन्तुष्ट


काठमाडौं– हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएको तीन वर्ष हुन लाग्दा फेरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यससँगै मुलुकको राजनीतिमा तरंग उत्पन्न भएको छ ।

नेकपाले देशलाई द्वन्द्वमा धकेल्ने सरकारी कदमको रूपमा टिप्पणी गरेको छ । २१ फागुन २०७७ मा तत्कालीन सरकार र चन्दको दलबीच भएको तीनबुँदे सहमति तोडिएको अर्थमा पनि नेकपाले व्याख्या गरिसकेको छ ।

राज्यले कानुन बनाएर निष्कर्ष नदिएसम्म अदालतले आफ्नो प्रक्रिया अगाडि बढाउँछ । - नेत्रविक्रम चन्द,महासचिव, नेकपा


सहमतिको तेस्रो बुँदामा भनिएको थियो, ‘नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ ।’सहमति भएको तीन वर्ष हुन लाग्दासम्म नेकपाका केही नेता कार्यकर्तामाथिको मुद्दा खारेज भएकै छैन । देशका विभिन्न जिल्ला अदालतहरूमा अझै पनि थुप्रै मुद्दा विचाराधीन छन् । 

काठमाडौं जिल्ला अदालतमा पनि ९ असोज २०७६ मा राज्यविरुद्धको कसुरमा दायर मुद्दाको किनारा लागेकै छैन । उक्त मुद्दामा अदालतले मंसिर १० गतेको आदेशअनुसार ३५ दिनभित्र अदालतमा उपस्थिति हुन आदेश दिएको हो । यससम्बन्धी सूचना सोमबार प्रकाशित गोरखापत्रमा उल्लेख छ । 

पक्राउ पुर्जी जारी भएको विषयले थप गम्भीर बनाएको चन्दले बताइसकेका छन् । राज्यका सबै निकायले विगतमा भएका सहमतिको पालना गर्नुपर्नेमा उनको छ । उनले प्रभावसँग भने, ‘जहाँसम्म अदालतको कुरा छ कि राज्यले कानुन बनाएर निष्कर्ष नदिएसम्म अदालतले आफ्नो प्रक्रिया अगाडि बढाउँछ ।’

चन्दलाई वारेन्ट जारी गर्नु गलत भयो । यसबारे वार्ता भइरहेको छ ।- पुष्पकमल दाहाल,प्रधानमन्त्री

वि.सं. २०७४ को निर्वाचनअघि चन्द नेतृत्वको नेकपाले राज्यविरुद्ध भूमिगत विद्रोह गरेको थियो । २८ फागुन २०७५ देखि नेकपा हिंसात्मक आन्दोलनमा होमिएको थियो । पछि २१ फागुन २०७६ मा देशमा शान्ति सुव्यवस्था र अमनचयनका लागि भनेर नेकपा र डा. सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेस गठबन्धनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति प्रक्रियामा जोडेको थियो । तर, अझै अदालतहरूमा पुगेका मुद्दाहरू खारेज भएको छैन । परिणामतः चन्दसहितका नेताहरूविरुद्ध पक्राउ पुुर्जी जारी भएको हो । 

अदालतले चन्दसहित पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेता माइला लामा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । ‘यो पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित तपाईं आफैं उपस्थित हुनुहोला,’ पक्राउ पुर्जीमा भनिएको छ, ‘तपाईंहरूले म्याद गुजारी बसेमा मुद्दा कानुनबमोजिम हुने छ, पछि तपाईंको उजुरबाजुर लाग्ने छैन ।’

अदालतको यही १० मंसिरको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गर्न दिएको आदेशअनुसार सूचना प्रकाशित गरिएको भनिएको छ । उनीहरूविरुद्ध संघीय एकाइबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको थियो ।

अभियोगपत्रमा नेताहरू दीपेश राई, हेमन्तप्रकाश ओली, उदयबहादुर चलाउने, चन्द्रबहादुर खड्का, नवीन विष्ट र केदार खतिवडालाई पनि विपक्षी बनाइएको थियो । अन्य नेताहरू हरिबहादुर खड्का र सुुरेन्द्र महर्जनविरुद्ध भने सोही दिन राज्यद्रोहको मुद्दा दर्ता भएको थियो । संगठित आपराधिक समूहमा आबद्ध भई विष्फोटक पदार्थसम्बन्धी कसुर गरेको आरोप पनि उनीहरूविरुद्ध छ । तर, प्रहरीले उनीहरू फरार भएका कारण उपस्थित गराउन नसक्ने जनाएको छ । यसपछि अदालतले ३५ दिने वारेन्ट जारी गरेको हो ।

महासचिव चन्दले सरकार र आफ्नो दलबीच तीनबुँदे सहमति भएपछि बारम्बार आफूसहितका नेता कार्यकर्ताहरूमाथि देशका विभिन्न जिल्ला अदालतमा दायर मुद्दाहरू खारेज गर्न सरकारलाई आग्रह गरेका थिए ।प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूको घरघरमा पुगेका थिए । तर, फौजदारी कानुुन संशोधन गरेर मुद्दा खारेज गर्ने काम भएको छैन । जसले गर्दा अदालतहरूमा नेकपाका नेता कार्यकर्ताहरूसँग सम्बन्धित विभिन्न मुद्दाहरू जीवित छन् ।  

पक्राउ पुर्जी गलत : प्रधानमन्त्री
आफू नेतृत्वको नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रियामा रहेको दल नेकपाका महासचिव चन्दसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल असन्तुुष्ट भएका छन् । उनले अदालतबाट जारी भएको पक्राउ पुर्जीलाई गलत भने । 

कोप–२८ मा सहभागी भएर आएपछि सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीरूसँग कुराकानी गर्दै उनले पक्राउ पुर्जीलाई ठीक मान्न नसकिने बताए । ‘चन्दलाई वारेन्ट जारी गलत भयो । यसबारे वार्ता भइरहेको छ,’ उनको भनाइ छ । 


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP