Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • फिल्म 'चारदाम' को ट्रेलर र गीत इटहरीमा एक कार्यक्रम गरी सार्वजनिक
फिल्म 'चारदाम' को ट्रेलर र गीत इटहरीमा एक कार्यक्रम गरी सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १८, २०८०

इटहरी -  तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको फिल्म 'चारदाम'को एक गीत र ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार इटहरीस्थित परिकला न्युजको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले ट्रेलर र 'मेरो अङ्गालोमा' बोलको गीत सार्वजनिक गरिएको हो ।

मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो ।सार्वजनिक गरिएको ट्रेलर र गीतलाई युट्युबमा भने निर्माण कम्पनी कोशी भिजनकै नामम रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माण युनिटले जानकारी गराएको छ ।

ट्रेलर तथा गीत सार्वजनिक कार्यक्रमम नेपाल तामाङ घेदुङ केन्द्रिय संरक्षक सदस्य मनु मोक्तान, लक्ष्मण मोक्तान, जिल्ला उपाध्यक्ष हस्त पाख्रीन, नगर अध्यक्ष मोहन लोप्चन, महिला नगर अध्यक्ष कोपिला घिसिङ, संघीय सदस्य जानुकला पाख्रीन, फिल्म नाङ्साल निर्माता तथा कलाकार गणेश योन्जन तामाङको उपस्थिति रहेको थियो ।

यो फिल्मलाई यहि मङ्सिरको ३० गते इटहरीमा प्रिमियरको कार्यक्रम पनि तय गरिएको छ । इटहरीको इलाईट सिनेमा हलमा १२ बजे गरिने प्रिमियर शोमा सबैलाई उपस्थित हुन प्रस्तुतकर्ता मोहनले आग्रह गरेका छन् । फिल्म युनिटले गएको दशैँको अवसर पारेर अफिसियल पोस्टर सार्वजनिक गरेको थियो ।

'चारदाम'को सम्पुर्ण डिजिटल राइट्स ओएसआर डिजिटललाई बिक्री गरेको छ भने इटहरीपस्चात काठमाडौ, पोखरा, भोजपुर, धरान, बेलबारी लगयतका ठाउँमा प्रिमियरको तयारी भैरहेको निर्माण युनिटले जानकारी गराएको छ । भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा ३ ओटा गीत समावेश छ ।

फिल्म 'चारदाम'मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् ।

यो फिल्ममा दिपक लिम्बू, मुना ठटाल, पुर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाई, जोनि योन्जनले संगीत गरेको गीतमा बजगाई, निर्देशक लाखमान र पुर्ण लिम्बुको शब्द समावेश गरिएको छ । गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । चारदाम फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ भने अशोक मण्डलले शृङ्गारको कार्य गरेका छन् ।


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन आइतबार, साउन २५, २०८२
 जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उत्कृष्ट ७ मा
 जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उत्कृष्ट ७ मा आइतबार, साउन २५, २०८२
‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस
‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस बिहीबार, साउन १५, २०८२
‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन
‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन बिहीबार, साउन १५, २०८२
चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न
चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न बुधबार, साउन १४, २०८२
तीज  गीत ‘छड्के तिलहरी’ सार्वजनिक
तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक मंगलबार, साउन १३, २०८२
तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक
तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP