Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • उमेर ढल्केपछि नागरिकताको आवश्यकता
उमेर ढल्केपछि नागरिकताको आवश्यकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १७, २०८०

सिरहा– धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष पुगेपछि बल्ल नागरिकता बनाउन  लागेका छन्। नागरिकता बिना सामाजिक सुरक्षा भत्ता नपाइने भएपछि मात्रै उनलाई नागरिकताको आवश्यकता महसुस भएको हो । घर नजिकै नागरिकता शिविर सञ्चालन भएपछि नागरिकता बनाउन उनलाई सजिलो पनि भयो । 

सोही स्थानकी दश नाती–नातीनाको हजुरआमा ५४ वर्षीय छलिमाया खपाङ्गेलाई पनि नागरिकता बनाउनुपर्ने रहेछ भन्ने लागेको छ । चार छोराछोरीको आमा छलिमायाका नाममा न कुनै चलअचल सम्पत्ति छ न बैंक तथा वित्तीय संस्थामा खाता नै । यसअघि उनलाई नागरिकता चाहिन्छ भन्ने कहिल्यै लागेन पनि । श्रीमान्को नागरिकताबाट सबै काम चलेकै थियो ।

“मलाई त कसैले नागरिकता चाहिन्छ भनेर अहिलेसम्म भनेका पनि थिएनन् । यसअघि खासै नागरिकता आवश्यक पनि परेन । भत्ता खाने बेलामा त चाहिन्छ रे”, नागरिकता शिविरमा कागजातसहितको प्रक्रिया पूरा गरेपछि छलिमायाले भने, “के गर्नु हजुर, घर छाडेर कहीँ टाढा गएकी छैन अहिलेसम्म । जानुपर्ने काम पनि परेन । यहाँ पनि यी नै बाहुचाहिँ (श्रीमान्) ले कर गरेर आएको ।” सरकारले गाउँमै आएर सेवा दिएकाले श्रीमती लिएर आएको छलिमायाका श्रीमान् दानबहादुर खपाङ्गेले बताए । 

धनगढीमाई नगरपालिका–१४ को वडा कार्यालयमा युएनडिपीको संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना–२ अन्तर्गत समग्र जनउत्थान केन्द्र लहान र धनगढीमाई नगरपालिकाको संयुक्त आयोजनमा शनिबार आयोजित नागरिकता शिविर कार्यक्रममा आसमान र छलिमाया जस्तै प्रायः उमेर ढल्केका प्रौढ महिला उपस्थित भई सनखदसहित आवश्यक कागजात मिलाउन व्यस्त थिए । 
्
उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त हुने भएपछि सामाजिक सुरक्षा भत्ताको आशमा केही हदसम्मको चमक उनीहरुमा थियो । पुस्तौँदेखि नेपालमै थाकथलो भएका धेरै नागरिक अनेक कारणले नागरिकताविहीन हुनुपरेका कारण सरकारले दिने सुविधाबाट वञ्चित छन् । त्यतिमात्र नभई नागरिकताकै कारण कतिपय अवसर र कामबाटसमेत वञ्चित हुनुपरेको धनगढीमाई नगरपालिकाको उपप्रमुख सङ्गीताकुमारी चौधरी बताउछन् । 

“गाउँघरमा नागरिकताको महत्व नबुझ्दा पनि धेरैले नबनाउने गरेका छन् । यसमा अधिकांश महिला तथा मुख्यगरी दूरदराजका उमेर ढल्केका आमा र हजुरआमा छन्”, उपप्रमुख चौधरीले भने, “नागरिकता नहुँदा निम्न आर्थिक अवस्थाका नागरिक सरकारी सुविधाबाट वञ्चित छन् । सरकार नागरिक नजिकै छ भन्ने अनुभूति दिलाउन, वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई सहज होस् भनी यो नागरिकता शिविर सञ्चालन गरिएको हो ।”

राज्यसँग नागरिकको कानुनी सम्बन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने प्रमाणपत्र नागरिकता भएकाले नगरका नागरिक कोही पनि अनागरिक भएर सरकारी सेवा र सुविधाबाट वञ्चित हुन नदिन आफू लागिपरेको धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले जानकारी दिए । उनले भने, “राज्यले नागरिकलाई विभिन्न सेवासुविधा र अवसर उपलब्ध गराउनुपर्ने दायित्व निर्वाह गर्नुपर्ने हुन्छ र राज्यलेसमेत नागरिकबाट केही कर्तव्यको अपेक्षा राख्दछ । नागरिकताबिना हरेक व्यक्तिलाई आधिकारिक काममा समस्या पर्छ ।” यस शिविरबाट कोही पनि नागरिक नागरिकताविहीन नहुने उहाँले विश्वास व्यक्त गरे। 

अशिक्षा, सूचनाको अभाव, सम्पत्तिमा हक नहुनेलगायत कारण नागरिकताबाट वञ्चित हुनेमा धेरैजसो महिला नै हुने गरेको अधिकारकर्मी देवराज पोखरेलको बुझाइ छ । दूरदराजका अधिकांश विवाहित महिला घरपरिवारसँग मिलीजुली बस्दासम्म नागरिकताकोे आवश्यकता महसुस नगर्ने र पतिपत्नीबीचको सम्बन्ध बिग्रेपछि वा घरपरिवारसँग सम्बन्ध नराम्रो हुँदै गएपछि नागरिकतालगायत अन्य कागजात नहुँदा दुःख पाउने गरेका अनुभव उहाँसँग छ । नागरिकता र न्यायका लागि पनि उमेर पुगेका जोसुकै नागरिकलाई नागरिकता बनाउन अनुरोध गर्नुहुन्छ, पोखरेल । 

जिल्लाकै विकट मानिने चुरेको फेदमा अवस्थित धनगढीमाई नगरपालिका–१२, १३ र १४ गरी तीन वटा वडालाई लक्षित गरी नागरिकता शिविर सञ्चालन गरिएको हो । शिविरमा जिल्ला प्रशासन कार्यालय सिरहा र इलाका प्रशासन कार्यालय लहानको संयुक्त कर्मचारीको टोली सम्मलित छ । नागरिकताका लागि आवश्यक कागजात र सनखदसहित तीनवटै वडाबाट शनिबार एक सय ४६ जनाले निवेदन दिएको इलाका प्रसासन कार्यालय लहानका प्रमुख लीलाकान्त पौडेलले जानकारी दिए । उनले अनुसार सङ्कलित कागजातका अनुसार प्रक्रिया पु¥याएर मङ्सिर मसन्तसम्म नागरिकता गाउँमै हस्तान्तरण गरिनेछ ।

भौगोलिक कारण दुर्गम भएको तथा यातायातको समस्या तथा गरिबीले यहाँका धेरै नागरिक सम्बन्धित ठाउँसम्म पुग्न नसकी नागरिकताबाट वञ्चित हुनुपरेको अवस्था रहेको जानकारी पाएकाले शनिबारको दिन पारी एक दिन शिविर सञ्चालनका लागि पहल गरेको समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष रामभरोसी महतोले जानकारी दिए  । 


प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP