Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • सत्यनारायण मानन्धरको ‘ङेङापा झ्यःया दरबार’ बोलको गीत हेर्ने दर्शक दिनानुदिन बढ्दै
सत्यनारायण मानन्धरको ‘ङेङापा झ्यःया दरबार’ बोलको गीत हेर्ने दर्शक दिनानुदिन बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १५, २०८०

काठमाडाैं - नेपालभाषाको ‘ङेङापा झ्यःया दरबार’ बोलको गीत चार दिनमै अरचालीस हजार भन्दा बढी दर्शकले हेरिएको छ । भक्तपुरको विश्वप्रसिद्ध ५५ झ्याल दरबार तथा तत्कालीन राजा रणजित मल्लको प्रेम सम्बन्धलाई वर्णन गरी तयार गरिएको गीतलाई युट्यूबमार्फत हेर्ने दर्शनहरु दिनानुदिन बढिरहेको छ ।

जनकवि दुर्गालाल श्रेष्ठको रचना र न्ह्यू बज्राचार्यको संगीतमा तयार गरिएको गीतलाई सत्यनारायण मानन्धरले गाएका हुन् । उनले यसअघि पनि थुप्रै गीत गाएका छन् । गीत र संगीत क्षेत्रमा दसकौं अनुभव संगालेर फरक विधाका गीतमा आवाज भरिसकेका मानन्धरले १७ औं शताब्दीको नेपाल भारत दौत्य सम्बन्ध प्रतिबिम्बित हुनेगरी दुई देशका प्रेमी प्रेमिकाको विषयमा तयार गरिएको गीत गाएका हुन् ।

तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भादगाउँका महाराज रणजित मल्लको प्रेम सम्बन्ध, अलौकिक ५५ झ्यालको दरबार, भादगाउँकै विभिन्न ठाउँहरुको विषय गीतमा बर्णन गरिएको छ । केही दिन अघि औपचारिक कार्यक्रममार्फत प्रिमियर गरिएको म्युजिक भिडियोको लागि भक्तपुरकै विश्व सम्पदामा सुचिकृत विभिन्न ठाउँमा सुटिङ गरिएको छ ।

Hardik health

nagaa1701431952.jpg

रजनी केसीले निर्माण गरेको म्युजिक भिडियोलाई रियल टाइम स्वरुपमा ढाल्न निर्देशक विश्वास बज्राचार्य र सहनिर्देशक विजनराज बज्राचार्यले निकै मिहिनेत गरेको देखिन्छ । काठमाडौंको जमलस्थित डोरेमी स्टुडियोमा रेकर्ड गरिएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने गीतको लागि श्याम बागदासले मिक्सिङ गरेका छन् । गीतलाई भानुभक्त ढकालले रेकर्ड गराउन प्राविधिक सहयोग गरेका छन् । म्युजिक भिडिायोमा कलाकार कर्मा शाक्य र रोजिना सुवालया मुख्य अभिनय रहेको छ ।

केही दिनअघि भक्तपुरमा औपचारिक कार्यक्रममार्फत प्रिमियर गरिएको गीतलाई लगत्तै युट्यूबमा अपलोड गरिएको हो । कार्यक्रममा भक्तपुर नगरपालिकाया मेयर सुनिल प्रजापति, जनकवि दुर्गालाल श्रेष्ठ, स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरया प्रमुख अरुणा नकर्मी, संस्कृति अध्येता ओम धौभडेल, म्युजिक भिडियोकी निर्माता रजनी केसी, निर्देशक विश्वास बज्राचार्य, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, कवि विप्लप प्रतिक, लेखक प्रकाश साय्मि, लक्ष्मण पलिखेल लगायतको सहभागिता सहभागिता थियो ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चलचित्र कलाकार संघको निर्वाचन स्थगित
चलचित्र कलाकार संघको निर्वाचन स्थगित सोमबार, चैत २३, २०८२
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै आइतबार, चैत २२, २०८२
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने शुक्रबार, चैत २०, २०८२
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक बुधबार, चैत १८, २०८२
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP