Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘मिसन ८४’ माथि रवि र बालेनको ‘ब्याटल’
‘मिसन ८४’ माथि रवि र बालेनको ‘ब्याटल’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १५, २०८०

काठमाडौं– निर्वाचनमा होमिनसाथ चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) अझै शक्ति आर्जन गर्ने दाउमा छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा केही समय सत्ता स्वाद चाखेको पार्टीका सभापति रवि लामिछाने यही दाउका साथ गत असारबाट ‘मिसन ८४’ मा छन् । 

मिसन २४ को एउटै लक्ष्य हो– अब हुने चुनावमा रास्वपाको बहुमत । चाडपर्वका कारण संसद ठप्प रहेको बेला रास्वपा घरदैलो प्रचारमा हिँड्यो । यहीबेला रास्वपाले मधेस केन्द्रित केन्द्रीय समिति बैठक राख्यो । महोत्तरीको जलेश्वरमा बुधबारबाट सुरु भएको बैठकले पार्टीको राजनीतिक मुद्दा पनि तय हुँदै थियो ।

यही दिन काठमाडौं महानगरका प्रमुख बालेन्द्र(बालेन) साहले आफ्नो भेरिफाइड पेजमा स्टेटस सेयर गरे । साहले लेखेका छन्, ‘देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ, तिमीहरुलाई सक्काएर बन्छ ।’बालेनको यो प्रहार रास्वपाको अभियानलाई भएको बताइएको छ । उसो त सरकारबाट बाहिरिएपछि कामविहीन बनेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि मिसन ८४ मै लागेको छ भने माओवादी र कांग्रेसको पनि यस्तै अभियान जारी छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्थाको मुद्दा लिएर मिसन ८४ मै छ । यद्यपि रास्वपाले राजनीतिक प्रतिवेदन बनाउँदै गर्दा बालेनको प्रहार लामिछानेमाथि नै भएको प्रस्ट देखिन्छ । 

देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ, तिमीहरुलाई सक्काएर बन्छ । - बालेन्द्र साह (बालेन) ,प्रमुख, काठमाडौं महानगरपालिका


काठमाडौं महानगरमा बालेनको जितपछि रविका लागि चुनावी आधार तय भएको थियो । नयाँ राजनीतिक शक्तिका रुपमा लामिछाने अघि बढेपछि बालेन रुष्ट रहेको उनकै निकटास्थहरु बताउँछन् । पुराना राजनीतिक दल अहिले रविसँग भन्दा बालेनसँग त्रसित रहेको बताइन्छ । यद्यपि बालेन र रवि भने एकले अर्कोलाई नस्वीकार्ने अडानमा छन् ।

यसको जनाउ लामिछानेले दिइसकेका छन् राजनीतिक प्रतिवेदनबाटै । बिहीबार सार्वजनिक लामिछानेको प्रतिवेदन हेर्दा उनी बालेनको बोलीबाट झस्किएको प्रष्टिन्छ । १२ पृष्ठ लामो प्रतिवेदनमा लामिछानेले ‘मिसन ८४ को व्याख्या गर्दै यो नारा फेरिनसक्ने बताएका छन् ।

‘सरकारको नेतृत्वकर्ता दल नै ८४ को चुनावमा यसो गर्छु भन्दै छ । सत्ता साझेदार दलका शीर्ष नेताहरू सरकारको कामबाट व्यापक असन्तुष्ट छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘अर्को चुनावमा गठबन्धन हुँदैन भन्दै ८४ कै चुनाव ताकिरहेका छन् । प्रमुख प्रतिपक्षी दल पनि मिसन ८४ नै भन्दै छ । अन्य दल पनि ८४ तिरै हेरिरहेका छन् ।’

व्यवस्था संकटमा परे जोगाउने जनता छन् । साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । - रवि लामिछाने,सभापति, रास्वपा


अर्थतन्त्र ओरालो लागेकोको समयमा नागरिक सडकमै आइसकेकोले यो सिलसिला चार वर्ष चले देश उद्योगतिमा जाने दाबी गरेका छन् । यस्तो सहेर ४ वर्षसम्म बस्नुभन्दा देश मध्यावधिमा लैजानु ठीक हुने प्रस्तावसमेत उनले पेस गरेका छन् । ‘यही सिलसिला अझै ४ वर्ष चल्ने हो भने मुलुकले बेहोर्ने घाटा हिसाब गरी साध्य छैन । एकातिर मुलुक झन् झन् उधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने ।

त्यसो हो भने चार वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ?,’ लामिछानेले भनेका छन्, ‘सकेसम्म सबै पुराना दलहरू मिलेर मिसन ८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं । हैन भने यही बेथितिको निरन्तरता अर्को चार वर्ष मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला ?’

यस्तो अवस्थामा मिसन ८४ को नारा फेरिन सक्ने उनले बताएका हुन् । ‘पुराना दलहरू आफूआफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दै छन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ,’ लामिछानेले भनेका छन्, ‘व्यवस्था संकटमा परे जोगाउने जनता छन् । साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचना लाई ‘स्ट्याण्ड बाइ’ रहन निर्देशन दिन्छु ।’  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ६ गतेमात्रै केन्द्रीय समिति बैठकमा मध्यावधि हुन सक्ने संकेत गरेका थिए । निर्वाचन भएको एक महिना पूरा नहुँदै ओलीले मध्यावधिको कुरा सुनाएर पार्टी नेताहरुलाई तयार रहन निर्देशन दिएका हुन् । 

नारा फेरिन सक्ने उनले बताएका हुन् । ‘पुराना दलहरू आफूआफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दै छन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ,’ लामिछानेले भनेका छन्, ‘व्यवस्था संकटमा परे जोगाउने जनता छन् । साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचना लाई ‘स्ट्याण्ड बाइ’ रहन निर्देशन दिन्छु ।’  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ६ गतेमात्रै केन्द्रीय समिति बैठकमा मध्यावधि हुन सक्ने संकेत गरेका थिए । निर्वाचन भएको एक महिना पूरा नहुँदै ओलीले मध्यावधिको कुरा सुनाएर पार्टी नेताहरुलाई तयार रहन निर्देशन दिएका हुन् । 


प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP