Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘पूर्वी स्टार गायन प्रतियोगिता’ सञ्चालन
‘पूर्वी स्टार गायन प्रतियोगिता’ सञ्चालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १३, २०८०

टक्सार - प्रतिभा भएर पनि ठूला प्रतियोगितामा सहभागी हुन नपाएका नयाँ कलाकारका लागि ‘पूर्वी स्टार गायन प्रतियोगिता’ सञ्चालन गरिएको छ । ओझेलमा परेका प्रतिभालाई अवसर दिने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । हाङ अनलाइन म्युजिक प्रालिले आज भोजपुर सदरमुकाममा पत्रकार सम्मेलन गरी प्रतिस्पर्धीका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो । 

यही मङ्सिर २५ गतेसम्म अनलाइन आवेदन लिएर पुस १ गतेदेखि अडिसन सुरु गरिने कार्यक्रमका निर्देशक टिआर लिम्बूले जानकारी दिए। सहभागिताको लागि आवेदन शुल्क रू एक हजार लाग्ने जनाउँदै उक्त रकम आयोजक कम्पनीको क्यूआरमा जम्मा गरेर रसिदसहित आवेदन दर्ता गर्नुपर्ने उनले बताए ।

आयोजकका अनुसार प्रतियोगितामा तीन चरणका अडिसन सञ्चालन गरिने छ । पहिलो चरणको अडिसन अनलाइनमार्फत हुनेछ । अडिसनका लागि ह्वाटस् एपमा गीत गाएर भिडियो पठाउनुपर्ने निर्देशक लिम्बूले बताए । उनका अनुसार पहिलो अडिसनबाट छनोटमा परेका सहभागीले दोस्रो चरणको लागि ट्र्याकमा गीत गाएर भिडियो अनलाइनमार्फत पठाउनुपर्ने छ । 

Hardik health

सो चरणमा छनोट भएका सहभागीलाई सुनसरीको धरानमा प्रत्यक्ष सहभागीतामा लाइभ राउण्डमा सहभागी गराइने लिम्बूको भनाइ थियो । उनका अनुसार पूर्वी स्टारको विजेताले रू चार लाखसहित सुनको सिक्री, ट्रफी, एउटा गीत रेकर्ड र प्रमाणपत्र पाउने छन् । 

दोस्रो हुनेले रू एक लाख ५० हजारको साथमा ट्रफी, एउटा गीत रेकर्ड र प्रमाणपत्र तथा तेस्रो विजेताले रू ५० हजार, ट्रफी, एउटा गीत रेकर्ड र प्रमाणपत्र पाउने छन् । तेस्रो चरणदेखि प्रत्येक राउण्डका उत्कृष्टले एक/एक थान गितार प्राप्त गर्ने आयोजकले जनाएको छ । 
    
प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित गायिका सुनिता थेगिम, गायक तथा सङ्गीतकार खगेन्द्र यक्सो र गायक कुसल थुलुङ रहेका छन् । पूर्वी स्टार गायन प्रतियोगितामा सबैले सहभागिता जनाउन पाउने आयोजकको भनाइ छ ।पत्रकार सम्मेलनमा भोजपुरका अग्रज पत्रकार निरोज कोइरालाले प्रतियोगिताको प्रचारप्रसारमा यहाँका पत्रकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

नेपाल पत्रकार महासङ्घका सचिव अर्जुन बस्नेतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका कार्यकारी निर्देशक लिम्बू, संयोजक सुमन लिम्बू, पत्रकार महासङ्घ उपाध्यक्ष शारदा तामाङ, सदस्य गोकुल भुजेल, पत्रकारलगायतको सहभागिता थियो ।  


प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP