Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भाषा परीक्षाको आवेदन खुलाउने तयारी
दक्षिण कोरियामा नेपाली श्रमिकको माग भाषा परीक्षाको आवेदन खुलाउने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १३, २०८०

काठमाडौं– वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले कोरियाको उत्पादनमूलक क्षेत्रमा थप नेपाली श्रमिक पठाउन भाषा परीक्षाका लागि आवेदन माग गर्ने तयारी गरेको छ । कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा श्रमिक अभाव देखिएको भन्दै माग भएबमोजिम एक हप्ताभित्र भाषा परीक्षा आवेदन आह्वान गर्ने तयारी गरेको हो । 

एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रमा श्रमिक लैजाने गरी भाषा परीक्षाका लागि आवेदन माग गर्न आग्रह गरेको इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले बताए । ‘केही समय अघिदेखि कोरियाले नेपालबाट लैजाने श्रमिकको संख्या बढाउँदै लगेको छ,’ उनले भने, ‘साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको भन्दै भाषा परीक्षाका लागि यसै हप्ता आवेदन माग गर्न आग्रह भएको छ ।’

कोरियाले हाल कृषि, उत्पादन र शिप बिल्डिङका क्षेत्रमा नेपाली श्रमिकको माग गर्दै आएकोमा अब निर्माण र सेवा क्षेत्रमा पनि नेपालीलाई रोजगारीको अवसर दिने तयारी गरेको निर्देशक सुवेदीले बताए । ‘यसअघि कोरियाले नेपालबाट कृषि र उत्पादन क्षेत्रमा मात्र नेपाली श्रमिकको माग गर्दै आएकोमा केही अघिदेखी शिप बिल्डिङमा समेत माग गर्न थालेको छ,’ उनले भने । 

Hardik health

इपिएस शाखाले सोमबार मात्रै शिप बिल्डिङका लागि भाषा परीक्षा दिएका परीक्षार्थीमध्ये चार हजार ९८ जना उत्तिर्ण भएको नतिजा सार्वजनिक गरेको छ । उनीहरुले पुनः स्किल टेस्ट परीक्षा पास गर्नुपर्ने छ । परिक्षा यही मंसिर २४ गते देखि २८ गतेसम्म हुने शाखाले जनाएको छ । उत्पादनमूलक क्षेत्रका लागि कोटा निर्धारण नभएपनि यसअघि शिप बिल्डिङका लागि भाषा परीक्षामा सामेल भएका परीक्षर्थीले भने आवेदन दिन नपाउने बताइएको छ । हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली श्रमिक लैजाने गरी भाषा परीक्षाका लागि आवेदन माग गर्न लागिए पनि कृषि क्षेत्रमा जाने कामदारको सूची अझै रोस्टरमै रहेका कारण अहिले नै आवेदन खुल्ने संभावना नरहेको निर्देशक सुवेदीले बताए ।

पछिल्लो समय कोरियामा श्रमिकको अभाव बढ्दै गएपछि स्थानीय श्रमिक र दक्ष विदेशी श्रमिकका लागि मात्रै आरक्षण गरिएका सेवा तथा निर्माण क्षेत्रमा पनि नेपालीको माग गर्न थालिएको छ । यसका लागि कोरियाले सेवा तथा निर्माण क्षेत्रमा विदेशी श्रमिकले रोजगारी गर्न नपाउने कानुनी प्रावधानलाई संशोधन गरेर इपिएसअन्तर्गतका श्रमिकलेसमेत काम गर्न पाउने व्यवस्था गरिएको छ । 

कोरियाले २०२४ का लागि एक लाख ६५ हजार कोटा निर्धारण गरी ईपीएसअन्तर्गत विदेशी श्रमिक माग गर्ने निर्णय गरेको छ । गत हप्ता कोरियाको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले उक्त कोटा निर्धारण गरेको हो । कोटा अनुसार उत्पादनमूलक क्षेत्रमा ९५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा १६ हजार, शिप बिल्डिङमा पाँच हजार, निर्माण क्षेत्रमा छ हजार, सेवा क्षेत्रमा १३ हजार र अन्य विविध क्षेत्रमा ३० हजार विदेशी श्रमिक आपूर्ति गरिने बताइएको छ ।

कोरियामा विभिन्न १६ देशबाट इपिएसमार्फत श्रमिक लैजाने गरिन्छ । जसमध्ये कोरियाली रोजगारदाताले नेपाली श्रमिकलाई बढी रुचाएका कारण आगामी दिनमा नेपालबाट जाने श्रमिकको संख्या उल्लेख्य बढ्ने शाखाको पछिल्लो तथ्यांकले देखाएको छ । 

 


प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP