Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता 
इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ६, २०८०

इजराएल– इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । 

“मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ”, कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “सम्झौतामा इजराइली जेलहरूमा थुनिएका प्यालेस्टिनी महिला तथा बालबालिकाको रिहाइको सट्टामा गाजापट्टीमा हालै बन्धक बनाइएका ५० महिला तथा बालबालिकाको रिहाइ समावेश छ, उक्त सम्झौता कार्यान्वयन भएपछि विभिन्न चरणमा रिहा गरिने मानिसहरूको सङ्ख्या बढाइने सहमति भएको छ ।”

अस्थायी युद्धविराम र मानवीय सहायताका लागि पहुँचको सट्टामा गाजामा बन्दी बनाइएका दुई सय ४० जनामध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले कतार केही सातादेखि पर्दा पछाडि गहन वार्तामा संलग्न रहेको छ । 

उक्त सम्झौता इजिप्ट र अमेरिकाका साथै हमास र इजराइलसँग गरिएको र ‘मानवीय आवश्यकताहरूका लागि तोकिएको इन्धनसहित ठूलो सङ्ख्यामा मानवीय समूह र राहत सहयोगको प्रवेश’ समावेश गरिएको कतारले बताएको छ । 

Hardik health

कतारको विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले हमासले बन्धक बनाएका ५० जनालाई चार दिने युद्धविरामका क्रममा क्रमिकरूपमा रिहा गरिने एएफपीलाई बताए । “युद्धविराम सुरु हुन्छ र फेरि चार दिनभित्र प्रत्येक दिन हामीसँग धेरै बन्धक बाहिर आउने छन् र चौथो दिनसम्ममा यो सङ्ख्या ५० सम्म पुग्नुपर्छ”, उनले भने ।

हमासले रिहा गर्ने सुरुआती ५० महिला तथा बालबालिका सुरुआती चार दिनको युद्धविराम लम्ब्याउन थप बन्धकको रिहाइ पछि गरिने आशा गरिएको थियो । 

“यदि त्यतिबेलासम्म प्यालेस्टिनीहरूले अतिरिक्त सङ्ख्यामा प्रतिबद्धता गर्न सके भने युद्धविरामलाई बढाउन सकिने छ”, अन्सारीले भने, “यी मापदण्डअन्तर्गत सबै नागरिकहरूलाई बाहिर निकाल्न केही समय लाग्नेछ, हामीले कति मानिसलाई छोड्यौँ भन्ने पत्ता लगाउन पनि केही समय लाग्नेछ ।”

उनका अनुसार इजराइल र हमासबीचको अस्थायी अन्त्य तुरुन्तै लागु हुने छैन र धरातलीय स्तरमा तयार हुनका लागि केही समय आवश्यक हुनेछ । उनले बन्धक र जेलमा रहेका बन्दीहरूको आदानप्रदानमा रेड क्रिसेन्टका कर्मचारीका साथै इजराइल, हमास र कतारका अधिकारीहरूले सहजीकरण गर्ने जानकारी दिए । 

कतारका प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसमेत रहनुभएका प्रवक्ता अन्सारीले बन्धकहरूलाई स्थानान्तरण गर्ने अवधिमा गाजामा इजराइली कारवाही अस्थायीरूपमा रोकिने बताए । “सम्झौताअन्तर्गत रिहा हुनेमा कुनै पनि सैन्य बन्दी छैनन्”, उनले भने । उनका अनुसार यो त्यस्तो क्षेत्र हो जहाँ वार्ता अगाडि बढाउनका लागि विश्वास  निर्माण गर्नुपर्नेछ ।
 


प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको घट्दो जन्मदरको चुनौती
चीनको घट्दो जन्मदरको चुनौती मंगलबार, माघ ६, २०८२
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना मंगलबार, माघ ६, २०८२
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट मंगलबार, माघ ६, २०८२
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन मंगलबार, माघ ६, २०८२
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु मंगलबार, माघ ६, २०८२
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी मंगलबार, माघ ६, २०८२
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP