Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • इजरायल र हमासबीच भएको बन्धक सम्झौताका लागि ‘सामान्य’ कठिनाइ मात्र बाँकी
इजरायल र हमासबीच भएको बन्धक सम्झौताका लागि ‘सामान्य’ कठिनाइ मात्र बाँकी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ४, २०८०

एएफपी - प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)ले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणमा कब्जामा लिएका बन्धकहरूलाई मुक्त गर्ने सम्झौता अब ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण रोकिएकोे कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले आइतबार बताएका छन् । 

यूरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलसँगको संयुक्त पत्रकार सम्मेलनमा कतारी प्रधानमन्त्री अल नीले भने, “वार्तामा बाँकी रहेका चुनौतीहरू ठूला नभई साना छन्, ती अधिक तार्किक छन्, ती अधिक व्यावहारिक छन् ।”  कतारले अस्थायी युद्धविरामको बदलामा २४० बन्धकमध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले मध्यस्थता वार्तामा सहयोग गरेको छ । 
“केही हप्तादेखि चलिरहेको यो सम्झौता समय–समयमा उतारचढावबाट गुज्रिरहेको छ,” उनले बताए ।  उनले सम्झौताको प्रसङ्गलाई जोड्दै भने, “हामी एक सम्झौतामा पुग्नको लागि पर्याप्त नजिक पुगेका छौं भन्नेमा म अझ बढी विश्वस्त बनेको छु । सम्झौताले बन्धकहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फिर्ता ल्याउन सक्छ ।” 

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब एक हजार ४०० जनाको मृत्यु भएको इजरायली अधिकारीले बताएका छन् । मृतकमध्ये अधिकांश इजरायली नागरिकहरू थिए भने केही विदेशी पर्यटक, विद्यार्थी र कामदारसमेत थिए । उक्त दिन हमास समूहले २४० जनालाई बन्धक बनाई लगेको थियो । 

Hardik health

सन् २००७ देखि गाजामा शासन गर्दै आएको हमास सरकारका अनुसार सेनाको निरन्तर हवाई र स्थल कारबाहीमा हालसम्म १२ हजार ३०० व्यक्तिको मृत्यु भइसकेको छ, जसमध्ये पाँच हजार भन्दा बढी बालबालिका रहेका छन् । जोर्डन जानुअघि कतारका अमिरलाई भेट्ने कार्यक्रम तय भएका बोरेलले इजरायलमाथि हमासले गरेको आक्रमणको निन्दा गर्दै सबै बन्धकलाई ‘बिनाशर्त रिहा’ गर्न आग्रह गरे ।  

“भयावहताबीच कुनै पदानुक्रम छैन, एउटा आतङ्कले अर्को आतङ्कलाई उचित ठह¥याउँदैन, बढ्दो हिंसा अन्त्य गर्न र यस क्षेत्रमा ‘दिगो शान्ति’ सिर्जना गर्न आग्रह गर्दै ईयूका विदेश नीति प्रमुखले भने। वासिङ्टन पोस्टले गाजामा बन्धक बनाइएका महिला र बालबालिकालाई रिहा गर्ने अस्थायी सहमति भएको समाचार प्रकाशित गरेपछि संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच सम्झौताका लागि अझै वार्ता भइरहेको बताएको छ । 

नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै पत्रिकाले सबै पक्षले कम्तीमा पाँच दिनका लागि युद्ध बन्द गर्ने र केही बन्धकहरूलाई समूहमा रिहा गरिने जनाएको छ । ह्वाइट हाउसले शनिबार साँझ एक्स (ट्वीटर)मार्फत् सन्देश जारी गर्दै वार्ताबाट कुनै पनि ठूलो सफलता मिलेको भन्ने कुरामा कुनै विश्वशनीय आधार नरहेको बताएको थियो ।  थानीले आइतबार भने, “सम्झौतामा हस्ताक्षर गर्नुअघि सञ्चारमाध्यममा वार्ताको बारेमा सूचना आउनु प्रत्युत्पादक छ । 

 बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौतामा पुग्नेमा आफू ‘हल्का आशावादी’ रहेको बताउनुभएको थियो । सबै बन्दीहरूलाई रिहा गर्नुअघि युद्धविरामको आह्वानलाई इजरायलले अहिलेसम्म अस्वीकार गर्दै आएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP