Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशमा ज्यान गुमाउनेमा १२ प्रतिशत आत्महत्या !
विदेशमा ज्यान गुमाउनेमा १२ प्रतिशत आत्महत्या !
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ४, २०८०

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउने नेपालीहरुमध्ये १२ प्रतिशतको मृत्यु आत्महत्याका कारण हुने गरेको बताइएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुमा हरेक वर्ष करिब एक हजार जनाको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘द गार्जियन’ले जनाएको छ । जसमध्ये १२ प्रतिशतको मृत्यु अत्महत्याका कारण भएको उल्लेख गरिएको छ । 

अत्महत्या गर्नेमा अधिकांश खाडी र मलेसिया रोजगारीका लागि गएका नेपालीहरु रहेका छन् । कार्यस्थल दुर्घटना र हृदयघातका कारण आप्रवासी कामदारहरूको मृत्युलाई राम्ररी अभिलेखीकरण गरिएको भए पनि आत्महत्यालाई कम ध्यान दिइएको उल्लेख गरेको गार्जियनले विदेशमा काम गर्ने नेपालीहरूमध्ये झण्डै १२ प्रतिशत मृत्यु आत्महत्याको रूपमा रेकर्ड भएको बताएको छ ।

परिवारबाट लामो समयसम्म अलग रहनु, ऋणको भारमा पर्नु, कार्यस्थलमा अपमानजनक व्यवहार, अव्यवस्थित तथा अस्वस्थ आवास, एक्लोपना र सामाजिक सहयोग सेवाहरूको अभावले आत्महत्याको अवस्थामा पु¥याउने गरेको मानसिक स्वास्थ्य परामर्श तथा मनोवैज्ञानिक डा. पशुपति महतले बताए । ‘उल्लेख गरिएका विभिन्न कारकहरू हुनसक्छन् जसले कामदारहरूलाई गम्भीर मानसिक स्वास्थ्य समस्याहरू र आत्महत्याको विचारहरू निम्त्याउँछ,’ उनले भने, ‘यसको नियन्त्रणका लागि सरकारले श्रम स्वीकृति जारी गर्नुअघि रोजगारीका लागि विदेश जाने श्रमिकहरूको मानसिक स्वास्थ्य ठीक छ भनेर सुनिश्चित गर्नुपर्छ ।’

Hardik health

आत्महत्या गरेका १८ जना प्रवासी श्रमिकका परिवारसँगको अन्तर्वार्तामा गार्जियनले उनीहरूको मृत्युमा कुनै संकेत नपाएकाले प्रायः परिवार स्तब्ध भएको उल्लेख गरेको छ । कतिपय अवस्थामा श्रमिकले मानसिक अवस्थाको कुनै संकेत नगरी आफ्नो ज्यान लिनुभन्दा केही घण्टा वा मिनेटअ परिवारका सदस्यसँग कुरा गरेको पाइएको गर्जियनको रिपोर्टमा बताइएको छ । 

मृत्युको अवस्थाका विवरणहरू प्रायः सहकर्मी तथा साथीभाइमार्फत आउने भन्दै सरकारी नियोगहरुबाट आफन्तलाई विरलै सम्पर्क हुने पनि गार्जियनले जनाएको छ । यसरी हुने आत्महत्यामा आफैंले आफ्नो जीवन अन्त्य गरेको थियो वा थिएन भन्ने परिवारलाई अलमलमा परेको पनि रिपोर्टमा उल्लेख गरिएको छ । 

 


प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP