Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानु पर्छ: आर के शर्मा
अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानु पर्छ: आर के शर्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ३, २०८०

काठमाडाैं  - गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आर के) शर्माले संघमा अहिले देखिएको विवाद समाधान गर्न अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानु पर्ने बताएका छन्।  शनिबार जीएनएन नेटवर्कसंग कुरा गर्दै अध्यक्ष शर्माले निर्वाचन समितिले नै निर्वाचनमा गलत भयो भनेपछि अबको विकल्प भनेको पुनः निर्वाचन नै भएको बताए।

"तत्कालिन अध्यक्षहरु बद्री केसी, कुल आचार्य र रविना थापासँग बसेर भद्र सहमति गरेर सबै प्रक्रिया स्थगित गरिएको थियो । तर ८ घण्टाभित्रै जवरजस्ती कुनै पनि प्रक्रिया पूरा नगरेर बद्री केसीलाई अध्यक्ष घोषणा गर्ने काम भएपछि हामीले दुई जना अध्यक्ष कुल आचार्य र रविना थापालाई राखेर, पुरानो कार्यसमिति भंग गरेरऽ अध्यक्ष मण्डल गठन गरेर सबै प्रक्रिया पूरा पछि मात्रै मेरो नेतृत्वमा कार्यसमिति गठन भएको हो," शर्माले भने। "वैधानिकताको कुरा गर्ने हो भने बद्री केसी पक्षले विधानसम्मत कुनै पनि प्रक्रिया  पूरा नगरेकाले उहाँको कार्यसमिति बैध छैन ।  विगतमा गरेको झेलीलाई हामी मान्दैनौं । हाम्रो एकमात्र माग भनेको अखण्ड एनआरएन बनाएर पुनः चुनावमा जानुपर्छ," उनले भने।

एक प्रश्नको जवाफमा अध्यक्ष शर्माले बद्री केसी र गौरीराज जोशी लगाएतले आफैले बनाएको विधानलाई कुल्चिएर गएको बताए। 

Hardik health

 "हाम्रो लडाई संस्था कसरी बचाउने भन्ने लडाई हो । दशौं अधिवेशनका बेला विनोद कुवँरजीहरुलाई उहाँहरुले नै बाहिर पठाउनु भएको हो । यदि पुनः चुनाव गराउने हो भने म उम्मेदवार हुनै पर्छ भन्ने पनि छैन । बद्री केसीजीलाई चुनाव लड्न गाह्रो छ भने आउनुस् तपाईं र म बाहेक नेतृत्व चयन गरौं ।  हामी सानो सानो टुक्रे एनआरएनए बनाउने होइन, अखण्ड एनआरएनए बनाउन चाहन्छौं," उनले भने।

“भेरो भोटिङको प्रतिनिधि को हो ? त्यो पनि हामीले थाहा पाएनौं। काठमाडौंबाट भोट हालेकै उम्मेदवारको सून्य मत, अनि कतारमा बसेकाको काठमाडौंबाट मतदान जस्ता काम भएका छन् । पहिला उहाँहरुले राजनीति गर्नुहुँदैन भन्नुहुन्थ्यो । तर पछिल्लो समय उहाँहरुले नै संघको केन्द्रीय कार्यालयमा एउटा राजनीतिक दलका कार्यकर्तालाई ल्याएर जुन हर्कत गर्नुभएको छ त्यो राम्रो भएन । त्यस्तै  सपथ भर्चुअल गर्ने व्यवस्था विधानमा छैन । सपथ अघि अघिल्लो कार्यसमिति विघटन गर्नुपर्ने हुन्छ । तर, यहाँ गलत भएको छ," उनले भने। एनआरएनए  ७० देखि ८० लाख नेपालीको नासो भएकाले संस्था बचाउन जस्तो सुकै कदम चाल्न आफुहरु तयार रहेको पनि उनले बताए।

एनआरएनएको तर्फबाट भर्खरै जाजरकोट तथा पश्चिम रुकुम मा गएको टोलीको नेतृत्व गर्दै राहत वितरण गरेर फर्केका अध्यक्ष शर्माले स्थानीय एफएम रेडियोसंग सहकार्य गरेर भूकम्प पीडितहरुका लागि मनोपरामर्श कार्यक्रम सुरु गरेको बताए  । "कम्तिमा ५० देखि १०० वर्ष  धान्ने गरी तथा कम्तिमा ८ रेक्टरस्केलको भूकम्प थेग्नेगरी संरचना बनाउन जरुरी भइसकेको छ । बरु केही समय दुःख गरेर भए पनि दीर्घकालसम्म हुने गरी पुनर्निर्माण गर्नुपर्छ । त्यसका लागि एनआरएनएले सरकारसँग समन्वय गरेर काम गर्ने छ," उनले भने  ।

 


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता   मंगलबार, माघ ६, २०८२
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा मंगलबार, पुस २९, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत बुधबार, पुस १६, २०८२
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP