Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  •  कुमाल जातिको सीपको कदर हुने बेला
 कुमाल जातिको सीपको कदर हुने बेला
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २४, २०८०

धनुषा-  दसैँ पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन् । नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ ।

अघिपछिको समयमा फुर्सदिला बनेका उनीहरु दीपावली, तिहारजस्ता चार्डपर्वहरु आएपछि व्यस्त हुने गरेका छन् । चाडपर्वको विधि र प्रयोगको अभ्यासले दसैँभन्दा तिहार र छठमा माटाका भाडाको माग बढ्ने भएकाले दसैँ सकेलगत्तै कुमालहरु माटाका भाँडा बनाउन दिनरात नभनी जुटेका छन् । चाडपर्वका बेला बढी खपत हुने माटोको भाँडा माग अनुसारको पूरा गर्न यतिबेला कुमाले निकै व्यस्त देखिन्छन् । 

दीपावली  र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाडा), तौला ‌‍(माटोको डेक्ची) र ढकना  सहित नयाँ माटाका भाडा प्रयोग गरिने मैथिल परम्पराअनुसार धनुषासहित तराईका जिल्लाहरुका गाउँ, नगर, बस्तीमा माटाको माग बढ्ने गरेको छ । यसै बेलालाई आफ्नो कमाईको मुख्य अवसर ठानेका कुमाले अहिले भाडा बनाउन व्यस्त भएका हुन् ।

“अन्य चाडपर्वमा त हाम्रो सीपको खासै माग हुँदैन, खोजमेल गरेर नै दसैँ टारियो”, क्षीरेश्वरनाथ नगरपालिका–८ इच्छापुरका कुमाले टोलका सुरेन्द्र पण्डित कुमालले भन्नुभयो, “दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाँडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ ।  दसैँपछिको तिहार र छठअघिको समय नै आफूहरुको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने सुरेन्द्रको थप भनाइ छ ।

Hardik health

अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्यजस्तै मानिँदै आइएकाले जिल्लाका सबैजसो बजारमा यसको माग बढेको देखिन्छ । कुमाल जातिले परम्परादेखि माटोको भाँडा बनाउँदै आए पनि अहिलेका युवा पुस्ताले परम्परागत पेसालाई नअपनाएपछि बजारको मागअनुसार धान्न गाह्रो भएको उनीहरु बताउँछन् । 

दीपावली र छठ पर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठ पर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउनुपर्ने, लक्ष्मी पूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्व विशेषमा माटाका भाँडाको कारोबार बढ्ने गरेको छ । 

माटोको दियो तथा अन्य माटोको भाँडा बनाउन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–हरैयामा बसोबास गर्ने कुमालेहरु यतिबेला व्यस्त भएको देखिन्छ । उनीहरुले बनाएका माटाका भाँडाहरु सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधामदेखि महोत्तरीको बर्दिवाससम्म बिक्री वितरण हुने गरेको छ । 

दीपावली र छठ मिथिला क्षेत्रको साझा पर्वजस्तै भएकाले धनुषाका सबैजसो गाउँ, नगर बस्तीका हटियामा माटाका भाँडाका छुट्टै बजार लाग्ने गरेको छ । साप्ताहिक हाट बजारबाहेक नगरगाउँ बस्तीका चोकचोकमै कुमालेले माटाका भाँडाको बजार लगाउन सुरु गरिसकेका क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादव बताउनुहुन्छ । उहाँले मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक, सांस्कृतिक र धार्मिक मान्यताले दीपावली र छठ पर्वमा यसको माग बढ्ने गरेको बताए । 

 विष्णु पण्डित कुमालेको अनुसार आफूले माटाका भाँडा बनाउन थालेको ४५ वर्ष जति भयो । हजुरबुबाहरुबाट आफूले यो सीप सिकेर माटाका भाँडा बनाउँदै बिक्री विवतरण गरिरहेको उहाँले बताए । उहाँले एक दिनमा पाँच सय जति माटोको दिया बनाउने गरेको बताए । चिने जानेकाले घरमा आएर खरिद गर्ने गरेको उहाँले बताए । बढी जसो होलसेल पसलमा माटाका भाँडा बिक्री गर्ने गरेका पण्डितले बताए ।

अहिले आफूसँग भए जतिको माटाका दियोहरु सबै बिक्री वितरण गरिसकेको उहाँले बताए । उहाँले भाँडा बिक्रीबाट आर्जित आम्दानीबाटै तिहार, छठ मनाइने, दसैँ मनाइएको सरसापट तिर्ने र वर्षभरिका अन्य नगद खर्चको जोहो गरिने अहिले आपूmहरुको उपयुक्त अवसर भएको बताए । 

यसपालि दसैँ सकिएलगत्तै जमेको माटाका भाँडाको बजार छठसम्म रहने भएकाले र मूल्य वृद्धिसमेत भएकाले यो छठ पर्वसम्म करिब रु १५ लाखभन्दा बढीको कारोबार हुने जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ बताए । कुमालेहरुको मुख्य पेसा माटाका भाँडा बनाउने रहे पनि थोरै आम्दानी हुने भन्दै नयाँ युवा पुस्ताले परम्परागत पेसालाई अवमूल्यन गरेका कारण चाडपर्वको बेला बढेको माग पूरा गर्न हम्मेहम्मे परेको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजारका ५५ वर्षीय लक्ष्मण पण्डित कुमालेले बताए । सरकारले माटोको भाँडा बनाउने व्यवसायको बजार प्रवद्र्धनमा सहयोग गरेमा नयाँ पुस्ताको आकर्षण बढ्ने र परम्परा पनि कायम रहने उहाँको आशय छ ।

झिलीमिली बत्ती बालेर धुमधामका साथ मनाइने तिहारमा अन्य समयको भन्दा बढी माटाको दियो धुपोउरोलगायत सामग्रीको माग हुने गरेको कारण यो समयमा कुमाले माटाका सामग्री बनाउन व्यस्त बनेका छन् । सखुवाबजार नयाँटोल बस्ने ६० वर्षीय जयनारायण पण्डितले माटोको भाँडाकुँडा बनाउँदा अरू बेलामा भनेजस्तो आम्दानी नहुने हुँदा जीविकोपार्जनमै समस्या हुने गरेको बताए । पुर्खाले अँगाल्दै आएको पेसालाई आफूहरुले छोड्न नसकिएको उनको भनाइ छ । भनेजस्तो आम्दानी नभए पनि सामान्य रुपमा घर खर्च चलिरहेको छ उनल भने । 

केही वर्ष आगाडिसम्म माटाका भाँडा बनाउने पेसा अँगाल्दै आएका कुमालेहरु बढ्दो आल्मोनियम र प्लास्टिकका भाँडाहरुसँग माटाको भाँडाले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् ।प्लास्टिकका सामानहरु सस्तोमा पाउने तथा आफूहरुले प्रयोग गर्ने माटो, दाउरा र रङरोगनका सामग्रीको मूल्य बढेका कारण पेसालाई निरन्तरता दिन कठिनाइ भएको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दशरथप्रसाद पण्डितले बताए । आफूहरुले ३६ किसिमका माटाका भाँडाहरु बनाउने गरेको उनको भनाइ छ ।  

अहिले माटोलगायत बनाइएको सामग्रीहरु आगोमा पकाउनको लागि आवश्यक सबै सामग्रीहरु खरीद गर्नुपर्ने हुँदा लागत अनुसारको आम्दानी नहुने भएकाले युवा पुस्ताले परम्परागत पेशाप्रति उदासीनता देखाएको दशरथ पण्डितको भनाइ छ । अहिलेसम्म पुख्र्यौली पेसालाई आफूहरुले जसोतसो धाने पनि नयाँ पुस्ताले देखाएको उदासीनताका कारण भविष्यमा माटोको भाँडाको विकल्पमा अन्य भाँडाले ठाउँ लिनेमा यो समुदाय चिन्तित देखिन्छ । 

यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दीपावली गर्नका लागि माटोको पालामा दीप राखेर प्रज्वलित गर्ने चलन रहेको पनि पछिल्लो समय माटोको पालामा दीप र तेलबाट जलाउने दीपकभन्दा पनि बिजुलीबाट जल्ने झिलीमिली बत्तीको प्रचलन बढ्दो छ । “केही वर्षअघि सम्म पाला नै धेरै प्रयोग गरिन्थ्यो,” आफ्नो बुबासँगै लामो समयदेखि पाला बनाउन सिकेका महेन्द्रनगरका ४५ वर्षीय रामदेव पण्डितले भने, “अहिले चीनले प्लास्टिकका र बत्तीबाट जल्ने दियोको आकृतिका सामग्री बनाइदिएपछि पाला बिक्री हुन अलि समस्या पर्न गएको छ ।” केही वर्ष पहिलासम्म तिहारमा मात्र रु एक लाख पाला बेच्ने गरेको अनुभव रामदेवले सुनाए । 
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम
परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम सोमबार, माघ ५, २०८२
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो सोमबार, पुस २१, २०८२
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी आइतबार, पुस २०, २०८२
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू शुक्रबार, पुस १८, २०८२
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा बिहीबार, पुस १७, २०८२
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास मंगलबार, पुस १५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP