Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • सीमा स्थिरतामा सहयोग गर्न चीनको म्यान्मासँग आग्रह
सीमा स्थिरतामा सहयोग गर्न चीनको म्यान्मासँग आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २०, २०८०

म्यान्मा– म्यान्माको जुन्ता सरकारसँग लड्ने सशस्त्र समूहहरूले एउटा रणनीतिक व्यापारिक चौकीलाई कब्जामा लिएको भन्दै चीनका एक वरिष्ठ कूटनीतिज्ञले आफ्नो साझा सीमा स्थिरतामा ‘सहयोग’ गर्न म्यान्मासँग आग्रह गरेका छन् । 

चिनियाँ सहायक विदेशमन्त्री नोङ रोङले शुक्रबारदेखि आइतबारसम्म म्यान्माको भ्रमण गरेका हुन् । तेइस हजार सर्वसाधारणलाई आफ्नो घरबाट विस्थापित हुन बाध्य पारिएको झडपहरूबारे उनले जुन्ता अधिकारीहरूसँग कुराकानी गरे । संयुक्त राष्ट्रसङ्घले झडपका क्रममा २३ हजार नागरिक आफ्नो घर छाड्न बाध्य भएको बताएको छ । 

“म्यान्मासँग चीन–म्यान्मा सीमामा स्थिरता कायम राख्न चीनलाई सहयोग गर्न आह्वान गरिएको छ”, नोङको भनाइ उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । नोङले आफ्नो भ्रमणका क्रममा म्यान्माका उपप्रधानमन्त्री एवं विदेशमन्त्री थान स्वे र उपविदेशमन्त्री ल्विन ऊसँग भेट गरेको बेइजिङले जनाएको छ । 

Hardik health

उनले भने, “चीनले जुन्तासँग चिनियाँ सीमा क्षेत्रका बासिन्दाको जीवन र सम्पत्तिको सुरक्षालाई इमान्दारीपूर्वक सुनिश्चित गर्न र म्यान्मामा चिनियाँ कामदार, संस्थान र परियोजनाहरूको सुरक्षा सुदृढ पार्नका लागि प्रभावकारी कदम उठाउन आग्रह गरेको छ ।”

पूर्वोत्तर शान राज्यमा म्यान्माका जातीय अल्पसङ्ख्यक समूहहरूको गठबन्धनले सुरु गरेको हालैको हमलालाई सन् २०२१ मा सत्ता कब्जा गरेपछि जुन्ता सरकारसामु सबैभन्दा ठूलो सैन्य चुनौती ठानिएको विश्लेषकहरूले बताएका छन् ।

गत साता चीनले बेइजिङको वैश्विक बेल्ट एन्ड रोड पूर्वाधार परियोजनाको एउटा हिस्साका रूपमा रहेको एक अर्ब डलरको रेल मार्ग निर्माण गर्ने योजना बनाइएको क्षेत्रमा तत्काल युद्धविराम गर्न आग्रह गरेको थियो । 

छिमेकी कचिन राज्यस्थित जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स आर्मी (केआइए) आफ्नो सेनामाथि आक्रमणमा सामेल भएको जुन्ताले शनिबार बताएको थियो । स्थानीय मिडियाका अनुसार जुन्ताले चिनियाँ सीमामा केआइएको मुख्यालय रहेको सुदूर सहर लाइजामा गोलाबारी गरेको थियो । 
 


प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको घट्दो जन्मदरको चुनौती
चीनको घट्दो जन्मदरको चुनौती मंगलबार, माघ ६, २०८२
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना मंगलबार, माघ ६, २०८२
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट मंगलबार, माघ ६, २०८२
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन मंगलबार, माघ ६, २०८२
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु मंगलबार, माघ ६, २०८२
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी मंगलबार, माघ ६, २०८२
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP