Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • छ लेन सडकको तीन वटा पुलको डिपिआर
छ लेन सडकको तीन वटा पुलको डिपिआर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १३, २०७६
Hardik health
धनगढी–निर्माणाधिन छ लेन सडक आयोजना अन्तरगत निर्माण गरिनुपर्ने तीन वटा पुलको डिपिआर तयार पारिएको छ । ६ लेन सडक आयोजना कार्यालय अन्र्तगत पर्ने मोहनापुल, सुनिखोला र मनोहरा खोलामा निर्माण हुने पुलको डिपिआर तयार पारिएको मोहनापुल अत्तरिया छ लेन सडक आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना प्रमुख होमबहादुर एसीले तीन खोलामा निर्माण हुने पुलको डिपिआर सडक विभागले तयार पारेर पठाएको बताए । डिपिआरका आधारमा अव ती पुलको लागत अनुमान तयार भएपछि ठेक्का प्रक्रिया अघि बढ्ने उनले बताए । उनले छ लेन सडकको काम तिव्र रूपमा अघि बढीरहेको बताए । सडक कालोपत्रे गर्ने कार्य तिव्र रूपमा अघि बढीरहेको जनाइएको छ । तर, पुलको डिपिआर तयार नहँुदा ती कामहरू भने अन्यौलतामा रहेको थियो । प्रमुख होमबहादुरले भने, ‘पुलको काम नभएसम्म सडक बनाएको नी कुनै महत्व राख्दैन् ।’ उनले विभागले भर्खर डिपिआर तयार पारेकोले यसको काम अघि बढाउन बाटो खुलेको बताए । उनले निर्माणाधिन मोहना अत्तरिया ६ लेन सडकको दोस्रो पटक म्याद थप गरिएको जानकारी दिए । उनका अनुसार सार्वजनिक खरिद नियमावलीको नौऔँ संशोधनले निर्माण आयोजनाको म्याद थप्ने बाटो खुला गरेपछि सडक आयोजनाकोे म्याद दोश्रो पटक एक बर्षका लागि थपिएको हो । व्यवसायीले मंसिरदेखी भएको लगातारको बर्षाका कारण काम गर्न समस्या भएको कारण देखाउँदै सडक आयोजनाको दोश्रो म्याद थपका लागि निवेदन दिएका थिए । जसलाई विभागले स्वीकृत गरेको ६ लेन सडक आयोजना कार्यालय धनगढीका प्रमुख होमबहादुरले बताए । पहिलो पटक छ महिनाका लागि छ लेन सडक आयोजनाको म्याद थप गरिएको थियो । ‘आठौंँ संशोधनले ६ महिनाका लागि मात्रै म्याद थप गर्ने प्रावधान ल्याएको थियो’ कार्यालय प्रमुख होमबहादुरले भने, ‘निर्माण व्यवसायीले पनि त्यसै अनुसार कामलाई तिब्रता दिएका थिए, तर नौऔँ संशोधनले पुनः म्याद थप गर्न सकिने बाटो खुला गरेपछि व्यवसायीले दिएको दोश्रो म्याद थपको निवेदन एक बर्षका लागि स्वीकृत भएर आएको छ ।’ पहिलो पटक म्याद थप हुँदा ६ लेन सडककको पहिलो खण्ड निर्माण गर्ने ठेक्का पाएको नागार्जुन कन्ट्रक्सनको म्याद २०७६ मंसिर ६ र दोश्रो तथा तेश्रो खण्ड निर्माण गर्ने जिम्मा पाएको राजेन्द्र निर्माण सेवाको म्याद माघ १५ सम्म थपिएको थियो । सो समयमा लगातार हिउँदे बर्षा हँुदा व्यवसायीले काम गर्न नसकेको उनीहरूले गुनासो गर्दै आएका थिए ।‘हामीले जेठ मसान्त सम्म जसरी पनि सडकको कालोपत्रे सक्ने गरी काम गर्न व्यवसायीलाई दवाब दिएका थियौँ’ कार्यालय प्रमुख एसीले भने, ‘तर दोश्रो पटक सडकको म्याद थप हँुदा कामको गति प्रभावित हुने देखिएको छ ।’ पहिलो खण्ड (मोहना–बोराडाँडी) सडक निर्माणको जिम्मा पाएको नागार्जुन कन्ट्रक्सनका प्रोप्राइटर इश्वरी भट्टले जेठ भित्रै सडक कालोपत्रे गरि सक्ने गरी सडकको काम अघि बढाइएको बताए । दोश्रो तथा तेश्रो सडक खण्ड निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले कालोपत्रे बाहेकको सडक निर्माण कार्यलाई पुरा गर्न दोश्रो पटकका लागि म्याद थपको निवेदन दिएको बताए । उनीहरूले जेठभित्रै कालोपत्रेको काम सम्पन्न गरिसक्ने र डिभाइडर, फुटपाथ, सडक पेन्टिङ र सर्विस ट्रयाक लगायतका काम सम्पन्न गर्न म्याद थप गरिएको बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP