Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
प्रवास
  • Home
  • प्रवास
  • छ लेन सडकको तीन वटा पुलको डिपिआर
छ लेन सडकको तीन वटा पुलको डिपिआर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १३, २०७६
Hardik health
धनगढी–निर्माणाधिन छ लेन सडक आयोजना अन्तरगत निर्माण गरिनुपर्ने तीन वटा पुलको डिपिआर तयार पारिएको छ । ६ लेन सडक आयोजना कार्यालय अन्र्तगत पर्ने मोहनापुल, सुनिखोला र मनोहरा खोलामा निर्माण हुने पुलको डिपिआर तयार पारिएको मोहनापुल अत्तरिया छ लेन सडक आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना प्रमुख होमबहादुर एसीले तीन खोलामा निर्माण हुने पुलको डिपिआर सडक विभागले तयार पारेर पठाएको बताए । डिपिआरका आधारमा अव ती पुलको लागत अनुमान तयार भएपछि ठेक्का प्रक्रिया अघि बढ्ने उनले बताए । उनले छ लेन सडकको काम तिव्र रूपमा अघि बढीरहेको बताए । सडक कालोपत्रे गर्ने कार्य तिव्र रूपमा अघि बढीरहेको जनाइएको छ । तर, पुलको डिपिआर तयार नहँुदा ती कामहरू भने अन्यौलतामा रहेको थियो । प्रमुख होमबहादुरले भने, ‘पुलको काम नभएसम्म सडक बनाएको नी कुनै महत्व राख्दैन् ।’ उनले विभागले भर्खर डिपिआर तयार पारेकोले यसको काम अघि बढाउन बाटो खुलेको बताए । उनले निर्माणाधिन मोहना अत्तरिया ६ लेन सडकको दोस्रो पटक म्याद थप गरिएको जानकारी दिए । उनका अनुसार सार्वजनिक खरिद नियमावलीको नौऔँ संशोधनले निर्माण आयोजनाको म्याद थप्ने बाटो खुला गरेपछि सडक आयोजनाकोे म्याद दोश्रो पटक एक बर्षका लागि थपिएको हो । व्यवसायीले मंसिरदेखी भएको लगातारको बर्षाका कारण काम गर्न समस्या भएको कारण देखाउँदै सडक आयोजनाको दोश्रो म्याद थपका लागि निवेदन दिएका थिए । जसलाई विभागले स्वीकृत गरेको ६ लेन सडक आयोजना कार्यालय धनगढीका प्रमुख होमबहादुरले बताए । पहिलो पटक छ महिनाका लागि छ लेन सडक आयोजनाको म्याद थप गरिएको थियो । ‘आठौंँ संशोधनले ६ महिनाका लागि मात्रै म्याद थप गर्ने प्रावधान ल्याएको थियो’ कार्यालय प्रमुख होमबहादुरले भने, ‘निर्माण व्यवसायीले पनि त्यसै अनुसार कामलाई तिब्रता दिएका थिए, तर नौऔँ संशोधनले पुनः म्याद थप गर्न सकिने बाटो खुला गरेपछि व्यवसायीले दिएको दोश्रो म्याद थपको निवेदन एक बर्षका लागि स्वीकृत भएर आएको छ ।’ पहिलो पटक म्याद थप हुँदा ६ लेन सडककको पहिलो खण्ड निर्माण गर्ने ठेक्का पाएको नागार्जुन कन्ट्रक्सनको म्याद २०७६ मंसिर ६ र दोश्रो तथा तेश्रो खण्ड निर्माण गर्ने जिम्मा पाएको राजेन्द्र निर्माण सेवाको म्याद माघ १५ सम्म थपिएको थियो । सो समयमा लगातार हिउँदे बर्षा हँुदा व्यवसायीले काम गर्न नसकेको उनीहरूले गुनासो गर्दै आएका थिए ।‘हामीले जेठ मसान्त सम्म जसरी पनि सडकको कालोपत्रे सक्ने गरी काम गर्न व्यवसायीलाई दवाब दिएका थियौँ’ कार्यालय प्रमुख एसीले भने, ‘तर दोश्रो पटक सडकको म्याद थप हँुदा कामको गति प्रभावित हुने देखिएको छ ।’ पहिलो खण्ड (मोहना–बोराडाँडी) सडक निर्माणको जिम्मा पाएको नागार्जुन कन्ट्रक्सनका प्रोप्राइटर इश्वरी भट्टले जेठ भित्रै सडक कालोपत्रे गरि सक्ने गरी सडकको काम अघि बढाइएको बताए । दोश्रो तथा तेश्रो सडक खण्ड निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले कालोपत्रे बाहेकको सडक निर्माण कार्यलाई पुरा गर्न दोश्रो पटकका लागि म्याद थपको निवेदन दिएको बताए । उनीहरूले जेठभित्रै कालोपत्रेको काम सम्पन्न गरिसक्ने र डिभाइडर, फुटपाथ, सडक पेन्टिङ र सर्विस ट्रयाक लगायतका काम सम्पन्न गर्न म्याद थप गरिएको बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह सोमबार, मंसिर २२, २०८२
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल आइतबार, मंसिर १४, २०८२
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP