Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • टर्कीले इजराइलबाट आफ्नो राजदूतलाई फिर्ता बोलायो
टर्कीले इजराइलबाट आफ्नो राजदूतलाई फिर्ता बोलायो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १९, २०८०

इस्ताबुल -  टर्कीले गाजामा भएको रक्तपातको विरोधमा इजराइलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । साथै उसले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग सम्पर्कसमेत तोडेको छ । अङ्काराले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको टर्की भ्रमण कठिन हुने वाचाको पूर्वसन्ध्यामा त्यस्तो निर्णय गरेको हो ।

प्यालेस्टिनी सहयोगी टर्कीले गत महिना इजराइल–हमास युद्ध सुरु हुँदासम्म इजराइलसँगको बिग्रिएको सम्बन्धलाई सुधार गर्दै आएको थियो । तर लडाइँ बढ्दै गएपछि प्यालेस्टिनी सर्वसाधारणको मृत्युको सङ्ख्या बढ्दै गएसँगै इजराइल र उसका पश्चिमी समर्थकहरू विशेषगरी अमेरिका दुवै विरुद्ध टर्कीको स्वर कडा भएको छ । 

“गाजामा सर्वसाधारणविरुद्ध इजराइलले गरेको लगातारको हमला र उसले युद्धविराम गर्न अस्वीकार गरेका कारण भएको मानवीय त्रासदीलाई ध्यानमा राख्दै राजदूत साकिर ओजकान टोरुलनरलाई परामर्शका लागि फिर्ता बोलाइएको छ”, टर्कीको विदेश मन्त्रालयले भनेको छ । 

Hardik health

टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पत्रकारहरूसँगको छुट्टै कुराकानीमा आफूले गाजापट्टीमा सर्वसाधारणको मृत्युका लागि नेतान्याहुलाई व्यक्तिगतरूपमा जिम्मेबार ठहर गरेको बताए  । “नेतान्याहु अब हामीसँग कुरा गर्न सक्ने व्यक्ति रहनुभएन, हामीले उहाँलाई खारेज गरेका छौँ”, उनले भने । 

इजराइलले सुरक्षा सतर्कताका रूपमा यसअघि नै टर्की र अन्य क्षेत्रीय मुलुकहरूबाट सबै राजदूतहरूलाई फिर्ता बोलाएको थियो । इजराइली विदेश मन्त्रालयले गत साताको अन्त्यमा इजराइल–हमास युद्धका बारेमा टर्कीको बढ्दो तिखो वक्तव्यका कारण अङ्कारासँगको सम्बन्धलाई ‘पुनरमूल्याङ्कन’ गरिरहेको बताएको थियो । 

एर्दोगानले शनिबार दुवै पक्षबीच कूटनीतिक सम्पर्कलाई सम्पूर्णरूपमा तोड्ने जोखिम टर्कीले उठाउन नसक्ने बताए । “कूटनीतिक सम्बन्धलाई सम्पूर्णरूपमा तोड्न सम्भव छैन, विशेषगरेर अन्तर्राष्ट्रिय कूटनीतिमा”, उनले भने। 
 


प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP