Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • जाजरकोट भूकम्पको बितण्डा
जाजरकोट भूकम्पको बितण्डा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १९, २०८०

काठमाडौं– सुरक्षाका लागि बनाइएको घर पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा ‘काल’ बनेको छ । शनिबार राति गएको ६.४ म्याग्निच्युुटको भूूकम्पले घर भत्काउँदा १५७ जनाको ज्यान गयो । भूकम्पका कारण ३७५ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका अनुसार मृतकमध्ये १०५ जना जाजरकोट र ५२ जना रुकुम पश्चिमका हुन् । ढुुंगा, माटो र काठले बनेका घर, गोठलगायतका संरचना भत्किएकाले अझै केही मानिस पुुरिएको अवस्थामा हुनसक्ने उद्धारकर्ताहरूलाई उदृत गर्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

‘अहिलेसम्म बेपत्ता कति भए भन्ने विवरण त आएको छैन तर भग्नावशेषमा मानिसहरू पुुरिएको हुन सक्छ भनेर सुरक्षाकर्मीहरू खोजिरहेका छन्,’ मन्त्री जिसीले प्रभावसँग भने । 

भूूकम्पपीडितको उद्धार कार्यमा भने प्रधानमन्त्री पुुष्पकमल दाहाल नै भूूकम्पप्रभावित जिल्लाहरूमा खटिएका थिए । त्यसक्रममा उनले राज्यका सबै संयन्त्रलाई उद्धार कार्यमा प्रयोग गरे । प्रदेश र स्थानीय सरकारहरूलाई पनि भूूकम्पपीडितको उद्धार कार्यमा खटाएका छन् । 

Hardik health

पुराना शैलीका ढुुंगा र माटाले बनेका घरहरू थिए । ती घरहरू भूूकम्प थेग्नै नसक्ने खालका थिए । जसले गर्दा घर नै काल बन्यो । जुन दुःखद् छ । -डा. रञ्जन दाहाल , भूगर्भविद्

भूूकम्पले घरलगायतका संरचनाहरू भत्किँदा सामान्य घाइते भएकाहरूको स्थानीय तथा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई हवाईजहाज र हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचारका लागि पठाइएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सात जनाको उपचार भइरहेको छ । दुुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

तिहार आउनै लाग्दा एक्कासि भूूकम्पीय क्षति बेहोर्नुुपरेपछि यतिबेला जाजरकोट र रुकुुमपश्चिमवासी शोकमा छन् । भूूकम्पका कारण १४ वर्षीया छोरी गुमाएकी जाजरकोटको नलगाड नगरपालिका–१२ की गीता विष्ट भन्छिन्, ‘एक्कासि भुइँचालो आयो । मैले सोच्नै सकिनँ । वरपर मान्छे कराए । ठूली छोरीलाई बचाउन सकेँ, सानी छोरीलाई सकिनँ । हामी तीन जना आमाछोरी माथिल्लो तलामा एउटै कोठामा सुतेका थियौं ।’राष्ट्रिय भूूकम्प मापन केन्द्रका अनुसार भूूकम्प शुक्रबार राति ११ः४७ मा गएको हो ।

भूकम्पको केन्द्रबिन्दु जाजरकोटको बारेकोट गाउँपालिका–१ को रामीडाँडा हो । सोही भूूकम्पले गीताको जस्तै थुुप्रै परिवारलाई शोकमा डुुबाएको छ । प्रधानमन्त्री दाहाल स्वयं प्रभावित क्षेत्र पुुगेर पीडित परिवारलाई सान्त्वना दिने र सरकार साथमा रहेको सन्देश दिने प्रयास गरेका छन् । उक्त भूूकम्पले कति घरमा क्षति पुग्यो भन्ने यकीन विवरण सरकारका निकायहरूले सार्वजनिक गरेका छैनन् । तर, भूूकम्पले धेरै घरमा क्षति पु¥याएको हुन सक्ने ठानिएको छ र उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू हेलिकप्टरसहित परिचालित छन् । सयौंको संख्यामा स्वास्थ्यकर्मीहरूसमेत परिचालित छन् । 

जजरकोट भूकम्पले १२ वैशाख २०७२ पछि सबैभन्दा धेरै मानवीय क्षति पु¥याएको छ । भूूगर्भविद् तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रञ्जन दाहालले बढी जनधनको क्षति हुुनुको दुई कारण औंल्याएका छन् । पहिलो– माटा र ढुंगाले बनाइएका पुराना शैलीका घर हुनु र दोस्रो, राति भूकम्प जानु । तीन महिनाअघि मात्रै रुकुुम पश्चिमको आठबिसकोट नगरपालिकालगायत क्षेत्रका घरहरूको अवस्थितिबारे अध्ययन गरेर आएका सहप्राध्यापक डा. दाहालका अनुसार त्यस क्षेत्रका घरहरू छ रेक्टर स्केलका भूूकम्पको धक्का थेग्नसक्ने खालका थिएनन् । त्यही भएर घरहरू भत्किँदा धेरै मानिसको मृत्युु भएको उनलाई लाग्छ ।‘पुराना शैलीका ढुुंगा र माटाले बनेका घरहरू थिए । ती घरहरू भूूकम्प थेग्नै नसक्ने खालका थिए,’ उनले प्रभावसँग भने, ‘जसले गर्दा घर नै काल बन्यो । जुन दुःखद् छ ।’

उनका अनुसार ठूूलो भूकम्पपछि पराकम्पहरू गइरहने हुनाले चर्केका घरहरू पनि निकै जोखिमपूर्ण हुन्छन् । घर माथिका पहाड चिरा परेको वा धाँजा फाटेको भए पनि जोखिम निकै हुने उनको भनाइ छ । जाजरकोट भूूकम्पले छिमेकी जिल्ला जुम्लामा पनि क्षति पु¥याएको छ । जुम्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रह्लाद कार्कीले तातोपानी गाउँपालिकामा धेरै घर चर्किएको बताए । यो गाउँपालिकाको सीमा जाजरकोटसँग जोडिन्छ । अर्को, जिल्ला रोल्पामा पनि केही संरचनामा भूकम्पले क्षति पुर्‍याएका छ ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:२६
#जाजरकोट भूकम्प
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP