Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
विचार
  • Home
  • विचार
  • दसैं र मालश्री धुनका साथ नेवारी बाजा
दसैं र मालश्री धुनका साथ नेवारी बाजा
पदम श्रेष्ठ 
पदम श्रेष्ठ  शुक्रबार, कात्तिक ३, २०८०

आदिकालदेखि नै उपत्यकावासी संगीत र संस्कृतिका अनन्य भक्त रहँदै आएको पाइन्छ । उनीहरूले न्हुँद (नयाँ वर्ष) नेपाल संवत्को विशाल ¥यालीमा होस् वा फर्पिङको हरिशंकर जात्रा आदि जुनसुकै टोल–टोलमा हुने जात्रा–पर्वमार्फत पनि आफ्नो मौलिक संगीतलाई बचाइरहेका पाइन्छन् । यस्ता जात्रालाई उपत्यकावासी आफ्नो मौलिक बाजा धिमेय, धा, पोङगा, छुस्या, भुस्या, नायखिँ, कोचाखिँ, न्यकु बाजा बजाउँछन् ।


> चैत–वैशाख महिनाको वसन्त ऋतुमा होली पूर्णिमादेखि बुद्ध जयन्तीसम्म धातु राग ।
> जेठ–असार महिनामा पर्ने गृष्म ऋतुको सिठीनखदेखि गठामुगल चह्रेसम्म सिनाज्या ।
> साउन–भदौ महिनाको वर्षा ऋतुमा पर्ने गठामुगलदेखि यलापून्ही (इन्द्रजात्रा)सम्म तुकाज्या घाँस उखेल्ने ।
> असोज–कात्तिकको शरद ऋतुमा नागपञ्चमीदेखि कागतिहारसम्म सिलुम्ये गोसाइँकुण्डको मेलामा गाइन्छ ।
> मंसिर–पुस महिनामा पर्ने हेमन्त ऋतुको येंयाँ (इन्द्र जात्रादेखि कागेअष्टमीसम्म मालश्री धुन बजाइने परम्परा छ । 
> माघ–फागुन महिनामा पर्ने शिशिर ऋतुको मिलापून्हीदेखि होली पून्हीसम्म होलीभ्ये गाउने र बजाउने प्रचलन छ ।

यसरी ऋतुअनुसार महिना–महिना छुट्याएर बजाइने संगीतमध्ये दसैंंअघि बजाइने मालश्री धुन विशेष श्रद्धापूर्वक बजाइन्छ । उपत्यकाको संगीतलाई जीवन्तता दिने अभियानमा प्रचलित मातृशक्तिहरु जगाउन मालश्री धुनका साथसाथ नरदेवीको न्यतमदु गणनृत्य, खोकनाको सिकाली प्याखँँ, हरिसिद्धिको जल प्याखँ, पचलीको पचलीभैरव प्याखँँ, ठेचोको इन्द्रायणी नवदुर्गा नृत्य, भक्तपुरको नवदुर्गा गणनृत्य महाकाली नाच, पाटनको देवी नाचमा बजाइने बाजाले ठूलो भूमिका खेलिरहेको पाइन्छ ।

आदिकालदेखि नै उपत्यकावासी संगीत र संस्कृतिका अनन्य भक्त रहँदै आएको पाइन्छ । उनीहरूले न्हुँद (नयाँ वर्ष) नेपाल संवत्को विशाल ¥यालीमा होस् वा फर्पिङको हरिशंकर जात्रा आदि जुनसुकै टोल–टोलमा हुने जात्रा–पर्वमार्फत पनि आफ्नो मौलिक संगीतलाई बचाइरहेका पाइन्छन् । यस्ता जात्रालाई उपत्यकावासी आफ्नो मौलिक बाजा धिमेय, धा, पोङगा, छुस्या, भुस्या, नायखिँ, कोचाखिँ, न्यकु बाजा बजाउँछन् ।

Hardik health

उनीहरू कहाँदेखि खिँ, बंगाली खिँ, मगः खिँ, खौं, बाँसुरी बाजा, ढोलक पनि बजाएर आफ्नो संगीतलाई अगाडि बढाइरहेका पाइन्छन् । हुन त संगीत प्रकृतिको सुशेलीसँगै प्रारम्भ भई अनेक आवाजको तालसँगै मान्छे नाच्न रमाउन थालेका हुन् भाइबहिनीहरु । काठमाडौं उपत्यकामा सर्वप्रचलित बाजा धिमेय बाजा (जुन ज्यापू बाजा) लाई मानिन्छ । खेती किसानी गर्नुअघि जंगली अवस्थामा जीवजन्तु धपाउन र दुःख–सुखमा रमाउने धिमेय बाजाको प्रादूर्भाव भएको बताइन्छ ।

नृत्यनाथलाई उपत्यकावासी नेवार नासःद्यो भनी कुनै पनि संगीत सिक्नुअघि राँगा बलि दिई पूजा गर्ने परम्परा रहँदै आइरहेको छ तर बौद्ध धर्मावलम्बी महायानी परम्पराअनुसार तन्त्रयानस्वरूपमा षोडस लास्या १६ जना पूजादेवी समावेश भई चर्या नृत्यको प्रादूर्भाव भएको बताइन्छ । मञ्जुश्री, कुमारी, बज्रयोगिनी आदि देवी–देवताका जीवनपद्धति गाथासहित मनाइने चर्या नृत्य वीणा, वंशी, मृदंग, ताःमुस्या आदि बाजाको तालमा सञ्चालन हुने गर्दछ ।

परम्परागत वाद्यवादन 
नेपालमा सबैभन्दा बढी १३० भन्दा धेरै थरी बाजा नेवार समुदायका छन् भने किराँत समुदाय (राई, लिम्बू, यख्खा, सुनुवार)का २८, दलित (दमाई)का २७, थारु आदिवासीका २२, तामाङका १८, सन्तयोगीका १७, खस ब्राह्मणका १५, शेर्पाका १४ र मगरका १३ प्रकारका वाद्यवादन रहेका छन् ।

त्यसैगरी छदेखि आठ प्रकारका वाद्यवादन प्रचलनमा रहेका जातीय समुदायहरूमा गुरुङ, थामी, झागड, ह्योल्मो, सफेरा, यादव, धिमाल छन् भने बालबालिका बाजा १० प्रकारका छन् ।सबैभन्दा कम वाद्यवादन परम्परा रहेका समुदायमा डोम, कोचे, मेचे, वादी, दुरा, छन्त्याल, डोल्पा (हुम्ली), सतार, मन्ग्याल, सौका, किङगरी, सुरेल, जुरेल, चेपाङ, कुसुण्डा, मुसहर, किसान जाति रहेका पाइन्छ ।
 
गुँला पर्व (पञ्चदान)

प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा (पारु)सम्म एक महिना स्वयम्भू महाचैत्यलाई मूल मानी देशभरका बौद्धस्थलमा प्रेम, करुणा, व्यायाम, संगीत, मनोरञ्जन, अनुगमन भ्रमण र पुनर्निर्माणलगायत नौ उद्देश्य प्राप्तिका लागि गुँला पर्व मनाइन्छ । नेपाल संवत्को नवौं महिना गुँला पर्व आदिबुद्ध दीपंकरको स्मरणमा दान महिमालाई उँचो राख्दै मनाइन्छ ।

यो पर्व राजा वृषदेवभन्दा चार पुस्ता अघिका राजा पुष्पदेवको राज्यकाल (१९०० वर्षअघि) देखि मनाउन थालिएको कथन छ ।गुँला पर्व अवधिभर उपत्यकाका विहार–महाविहार सार्वजनिक गरी नवव्याकरण (प्रज्ञापारमिता, गण्डव्यूह, दशभूमिश्वर–समाधिराज, लंकावतार, सद्धर्मपुण्डरिक, सुवर्ण प्रभास, ललितविस्तर तथा गुह्यतन्त्र) पाठ गर्दै विहार परिक्रमाका साथ दान दिइन्छ ।

नेपाल संवत्को नवौं महिना गुँलामा बौद्धशास्त्रको नवव्याकरण पढिन्छ भने नौ बाजा (धाः, धिमे, नगरा, नायखिं, दमर्खी, दवहव, मृदंग धोधोचार क्वचाखि) बजाउँदै विहार परिक्रमा गरिन्छ ।नेपाली लोक संग्रहालयका संस्थापक अध्यक्ष रामप्रसाद कँडेलले आफ्नो पुस्तक लोकबाजा संग्रहमा उल्लेख गरेका छन् । लोपोन्मुख अति सीमान्तकृत समुदायका प्राकृतिक बाजासमेत जोड्दा झण्डै ३०० प्रकारका वाद्यवादनले सजिएको छ ।

नेपाल भाषाका कविकेशरी चित्तधर हृदयले त स्पष्ट शब्दमा लेखेका छन्– १०४ वर्षीय जहानियाँ राणाशासकको भेद–नीतिका कारण सम्बद्ध भाषा–संस्कृति र संगीतले देशभित्रै कुजिनुको विकल्प रहेन । तर, धार्मिक विश्वास, लोकलयमा आधारित नेपाली पहिचानका कारण लोक–संगीतलाई जीवित राखिरहन सहज हुन गएको हो ।

उपत्यकाको सांगीतिक संस्कृति
नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यका संगीतमय संस्कृति सम्पन्न नगरका रूपमा प्रख्यात छ । यहाँ जसरी हप्तैपिच्छे कुनै न कुनै पर्व, जात्रा पर्ने गर्दछन् । त्यस सँगसँगै अनेक बोल, ताल–तरेलीका गीत–संगीत हुन्छन् । सयौं वर्षदेखि थिचिएर रहेको नेपाल भाषा शिल्पकलासँगै नेपाल संगीत पनि मृतप्रायः हुँदै जान थालेको थियो ।

तर दसैंंमा मालश्री, गुँला पर्वमा एक महिनासम्म धार्मिक रुपमा बाजा बजाउनै पर्ने धार्मिक विश्वासले गर्दा विकट परिस्थितिबीच पनि परम्परागत नेपाल (नेवार) संगीत बाँचिरहेको छ । संगीतलाई संस्कृतिसँगसँगै लान पुर्खाले समय र ऋतुको आधारमा वर्गीकृत छन् ।यहाँ प्रत्येक ऋतु–महिना मात्र होइन, घण्टा–घण्टामा गाइने÷बजाइने अनेक गीत–संगीत छन् ।                

                      
-बिहान सबेरै ४ बजेदेखि ५ बजेसम्म एक घण्टा बिहाँचुली, ५ देखि ७ बजेसम्म भक्ति संगीत र बिहान ७ बजेदेखि ९ बजेसम्म जयश्री धुन ।
-बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म मालुवा, मध्याह्न १२ बजदेखि १ बजेसम्म विमास,
-दिउँसो १ बजेदेखि २ बजेसम्म आशावनी, २ देखि ३ सम्म पदमजली,
-३ देखि ४ सम्म देशा, ४ देखि ५ बजेसम्म कौशी धुन बजाइने प्राचीन परम्परा छ ।                                                      -साँझ ६ देखि ७ बजेसम्म केदार, राति ७ देखि १० बजेसम्म तीन घण्टा विजय, राति १० देखि ११ बजेसम्म विभास र ११ देखि मध्यरात १२ बजेसम्म नाय धुन ।                                            
-मध्यरात १२ बजेदेखि १ बजेसम्म कौला, १ देखि २ बजेसम्म नमानी र २ बजेदेखि बिहान ३ बजेसम्म मालवा धुन बजाइन्छ ।

जुन समय तालिकाअनुसार वर्तमानमा रेडियो, टेलिभिजनमार्फत धुन प्रसारण हुन सके संगीत–संस्कृति एकसाथ उत्थानमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ । जसरी उपत्यकामा समयअनुसारको संगीत विकास गरिएको छ, त्यसैगरी यहाँ ऋतु–महिनालाई आधार मानी संगीतको व्यवस्थापन पुर्खाले गरेका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवा निर्णायक भएको निर्वाचन
युवा निर्णायक भएको निर्वाचन सोमबार, फागुन ११, २०८२
कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म 
कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म  शुक्रबार, फागुन ८, २०८२
लोकतन्त्रका आधार नै युवा पुस्ता
लोकतन्त्रका आधार नै युवा पुस्ता बिहीबार, फागुन ७, २०८२
चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस
चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस बिहीबार, फागुन ७, २०८२
बौद्धिक सम्पत्तिको अधिकार कार्यान्वयनको अवस्था
बौद्धिक सम्पत्तिको अधिकार कार्यान्वयनको अवस्था मंगलबार, फागुन ५, २०८२
परेड खेल्दै हरित सेना !
परेड खेल्दै हरित सेना ! मंगलबार, फागुन ५, २०८२
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल  आइतबार, फागुन ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP