Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • इन्दिरा योन्जनको नयाँ म्युजिक भिडियो "वसन्तले" सार्वजनिक
इन्दिरा योन्जनको नयाँ म्युजिक भिडियो "वसन्तले" सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २८, २०८०

काठमाडौं - गायिका इन्दिरा योन्जनको नयाँ म्युजिक भिडियो ‘वसन्तले’ हालै सार्वजनिक भएको छ । गायिका योन्जन केही वर्षको अन्तरालपछि गीतसंगीत क्षेत्रमा पुनःनयाँ म्युजिक भिडियो ‘वसन्तले’ सार्वजनिक गर्दै फर्किएकी हुन् ।

गीतको शब्द गोविन्द गिरी‚ संगीत चन्द्रकुमार दोङ र संगीत संयोजन पवन वाङ लामाको रहेका छन् । भक्त स्याङ्तानको निर्देशनमा तयार म्युजिक भिडियोको सम्पादन सूर्य लामाले गरेका छन् । 

त्यस्तै भिडियोमा मिलन थिङ ‘पराङ’ र रेणुका लामाले अभिनय गरिएको छ । गायिका इन्दिरा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका लिसंखुबाट गायिका बन्ने सपना बोकेर सहर पसेकी थिइन् । 

Hardik health

उनी भन्छिन्‚‘यो गीतसंगीत मेरो नसा नसामा पसेको छ‚ यसलाई निरन्तरताका लागि नयाँ गीत ल्याएको हुँ । नयाँ आधुनिक गीत वसन्तले  फेरि त्यही दिनतिर पुर्‍याएको छ ।’ उनी यो बीचमा सामाजिक कार्यमा व्यस्तता भएकाले गीतसंगीतमा केही अन्तर रहेको बताउँछिन् ।

उनी राष्ट्रिय बाल अधिकार परिषदका सदस्य समेत भइसकेकी छिन् । गायिका योन्जनले रत्नराज्यलक्ष्मी क्याम्पसबाट  म्युजिक पढेकी हुन् । ग्रामीण विकासमा स्नातकोत्तर गरेकी उनले भारतको इलावादबाट शास्त्रीय संगीतमा समेत ४ वर्षको कोर्स गरेकी छिन् । 

उनले दर्जनौँ तामाङ सेलो एल्बममा स्वर दिइसकेकी छिन् । ‘उँभो उँभो लाग्यो भेँडीको बथान’‚ ‘चिसो त पानी।।।,’ ‘ल्याइदेउ न आप्पा’‚ ‘सेलो सङ्गम’, ‘चलनचल्ती’‚ तोरतोर ल्हाला ह्री न्हाङरि।।।‚ चलनचल्तीमा उनकाे गीत चर्चित थिए । 

उनले गायनको क्रममा स्वदेशका गाउँ गाउँदेखि विदेशको भ्रमण समेत गरिसकेकी छन् ।  आफ्नै यूट्युब च्यानल संचालनमा ल्याएकी उनले यो गीत त्यसै च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
 


प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP