Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
विश्व
  • Home
  • विश्व
  • यौन दुर्व्यवहारको आरोपमा नौ शान्ति सैनिकलाई राष्ट्रसंघले फिर्ता गर्दै
यौन दुर्व्यवहारको आरोपमा नौ शान्ति सैनिकलाई राष्ट्रसंघले फिर्ता गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २८, २०८०
RBB RBB

एजेन्सी -  संयुक्त राष्ट्रसंघले यौन तथा अन्य दुर्व्यवहारको आरोपमा पूर्वी कङ्गोमा कार्यरत दक्षिण अफ्रिकी दलका नौ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ ।

शान्ति सैनिक र दक्षिण अफ्रिकाका एक वरिष्ठ अधिकारीलाई ‘उनीहरूविरुद्धको आरोपको गम्भीरता’ लाई ध्यानमा राख्दै तत्काल स्वदेश फिर्ता गर्ने निर्णय गरेको राष्ट्रसंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती वरिष्ठ अधिकारीले आफूमाथि लागेको आरोपको अनुसन्धानमा अवरोध गरेका र अन्य शान्ति सैनिकलाई धम्की दिएको बताइएको छ । अन्य दुई वरिष्ठ अधिकृतलाई पनि बदलिने राष्ट्रसंघले जनाएको छ । 
 
पूर्वी कङ्गोमा शान्ति स्थापनार्थ १२ हजारभन्दा बढी शान्ति सेना तैनाथ गरिएको छ । यस क्षेत्रमा एक सयभन्दा बढी सशस्त्र समूह सक्रिय रहेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको आफ्नो प्रारम्भिक मूल्यांकनमा कर्फ्युको समय सकिएपछि नौ शान्ति सैनिक वेश्यावृत्ति हुने निषेधित बारहरूमा गएका थिए । उनीहरूमाथि शान्ति मिसनका कर्मचारी र उनीहरूलाई पक्राउ गर्न खोज्ने सैनिकहरूमाथि समेत आक्रमण गर्न खोजेको आरोप लगाइएको छ ।  

दक्षिण अफ्रीकी अधिकारीहरूले आफ्नो राष्ट्रिय अनुसन्धानकर्मीको परिचालनमार्फत पूर्ण सहयोग हुने संकेत गरेको राष्ट्रसंघले जनाएको छ । अधिकारीहरूले पीडितलाई सहयोग गरिने तथा शान्ति स्थापना मिसन कार्यमा राष्ट्रसंघको मानकलाई कायम राखिने प्रतिबद्धता व्यक्त गरेका छन् । कङ्गोदेखि हैटीसम्मा परिचालन गरिएका राष्ट्रसंघका शान्ति सैनिकबाट हुने यौन दुर्व्यवहारका यस्ता आरोप विश्वका विभिन्न भागमा नयाँ होइन । थुप्रै घटनामा पीडितहरू बालबालिका हुने गरेका छन् । 

 दुर्व्यवहारको घटना विशेषगरी कङ्गोमा धेरै भएको छ । सन् २०१७ मा राष्ट्रसंघका विरुद्ध विश्वभर गरिएको दुई हजार यौन दुर्व्यवहारका घटनामा कङ्गोमा मात्र एक तिहाइ भएको थियो ।  राष्ट्रसंघमाथि यस्ता आरोपहरूको सम्बोधनका लागि पर्याप्त काम नगरेको आरोप समेत लाग्दै आएको छ । गत वर्ष महासचिव एन्टोनियो गुटेर्रेसले यस्ताखालका दुर्व्यवहारलाई उचित सम्बोधन गर्ने नसकिए पनि  निरन्तर प्रयास गरेको बताएका थिए । 


प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विश्व
रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून
रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून शुक्रबार, जेठ २, २०८२
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर बिहीबार, जेठ १, २०८२
अमेरिकाको ‘हस्तक्षेपवादी’ विगतलाई अस्वीकार गर्दै ट्रम्प पुगे कतार
अमेरिकाको ‘हस्तक्षेपवादी’ विगतलाई अस्वीकार गर्दै ट्रम्प पुगे कतार बिहीबार, जेठ १, २०८२
पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए
पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए बिहीबार, जेठ १, २०८२
भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश
भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश बुधबार, वैशाख ३१, २०८२
मलेसियन विमान खसाल्ने घटनामा रुस दोषी ठहरः   आइकाओ
मलेसियन विमान खसाल्ने घटनामा रुस दोषी ठहरः आइकाओ बुधबार, वैशाख ३१, २०८२
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता हुने ट्रम्पको भनाइ
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता हुने ट्रम्पको भनाइ बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP