Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • ककनीमा आनी र गुरुआमाहरुलाई प्रशिक्षण
ककनीमा आनी र गुरुआमाहरुलाई प्रशिक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २६, २०८०

काठमाडौं - देशभरका विभिन्न गुम्बा तथा बिहारहरूबाट आनीहरुलाई सामाजिक गतिविधिमा सरिक गराउने गोष्ठी २०८० सम्पन्न भएको छ । बुधवार र बिहीबार ककनीस्थित होटेल न्यु प्रिन्स होटेलको सभा हलमा भएको गोष्ठीमा करिब ७० जना आनी तथा गुरुआमाहरू सहभागी भएका थिए ।

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै गुम्बाका कार्यकारी निर्देशक होम दोङले बौद्ध दर्शन प्रवर्द्धन गराउने उद्देश्य महत्त्वपूर्ण रहेको बताएका छन् । उनले थेरबाद‚ महायान र बज्रयान संरक्षणार्थ भएको बताउँदै सबै ज्ञानलाई गाउँ गाउँसम्म पुर्‍याउनुपर्ने बताएका थिए ।

Aani_Gumba-Bikas_Kakani-2080-4-e16971663276111697194155.jpg

समितिले पुलको काम गर्छ‚ उनले भने‚‘गुम्बा र विहारमा मात्रै सीमित नगर्ने गरी पाली वा भोट भाषामा लिइएको ज्ञानलाई गाउँ गाउँसम्म पुर्‍याउन यो कार्यक्रम महत्त्वपूर्ण छ ।’यसै गरी समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेसे थुप्तेन जिगडोल) ले शाक्यमुनि बुद्धको अनुसार महिला र पुरुषको सहअस्तित्वलाई स्विकार्दै आनीहरु सक्रिय गराउने उद्देश्य भएको बताए । उनले ज्ञान हस्तान्तरण पनि समान ढङ्गले अगाडि बढाउने बताउँदै अहिलेको आधुनिक माध्यम मार्फत लैजानुपर्ने बताएका थिए।

अध्यक्ष खेन्पो थुप्तेनले भने‚ ‘बोधिसत्त्व अनुसार अरूको दुखलाई ग्रहण गर्दै सहयोग गर्नुपर्ने बताउँदै क्षमता विकास गर्नुपर्छ।’उनले अध्ययनका साथसाथै अभ्यास पनि गराउनुपर्ने बताए ।दुई दिनसम्म चलेको गोष्ठीमा आचार्यद्धय नुर्बु शेर्पा र सार्की शेर्पा‚त्रिवि उपप्राध्यापक कुमारी लामा र उत्प्रेरक विकासदेव योन्जनले प्रशिक्षण दिएका थिए ।आचार्य नुर्बुले ‘सामाजिक सशक्तीकरणमा आनीहरुको भूमिका’ विषयमा प्रशिक्षण दिएका थिए ।

Aani_Gumba-Bikas_Kakani-2081697194156.jpg

त्यस्तै आचार्य सार्कीले ‘बौद्ध शिक्षाको विस्तारमा आनीहरुको भूमिका’ विषयमा प्रशिक्षण गरेका थिए ।त्यस्तै दोस्रो दिनमा त्रिवि उपप्राध्यापक कुमारी लामाले ‘समाज सुधारमा आनीहरुको भूमिका’ र उत्प्रेरक विकासदेव योन्जनले ‘आनीहरु समाजमा सकारात्मक परिवर्तनका संवाहक’ विषयमा प्रशिक्षण दिएका थिए ।प्रशिक्षणका क्रममा सहभागीहरूले गुम्बा विहारहरूमा गुरु र शिष्यहरूबिचको भिन्नता व्यापक रहेको बताएका थिए । उनीहरूले लैङ्गिक विभेदहरू भएको बताउँदै विश्वविद्यालयसम्म पढ्न पाउने अवसरहरू गुमाउनुपर्ने अवस्था आइपरेको समेत जानकारी गराएका थिए ।

यस्तै प्रश्न उत्तरका क्रममा गुम्बाभित्र लामा र आनीहरुबिच विभेदहरू भएको बताउँदै निर्णायक भूमिकामा लामा (पुरुष) नै हुने हुँदा आनी (महिला) ले अवसर नपाएको गुनासो गरेका थिए ।गोष्ठीमा सहभागी गुरुआमाले यस्ता गोष्ठीहरू सबै आनी गुरुआमाहरू सहभागी हुन आवश्यक रहेको औँल्याइन् । उनले बुद्धले नारी र पुरुषबिच विभेद नरहेको बताउँदै हामीमा सङ्कुचित भावनाले गाँजिदा विभेदका पाटाहरू बढेको बताइन् । उनले बुद्धले भनेजस्तै बुझ्ने र बुझाउने नै बुद्धको शिक्षा रहेको उल्लेख गरिन् ।

Aani_Gumba-Bikas_Kakani-2080-101697194157.jpg

सहभागी अर्की आनी समधावङले प्रशिक्षणले डरलाई परस्त गरेको बताउँदै बाहिरी ज्ञानलाई थप ग्रहण गर्न पाउँदा खुसी लागेको बताइन् । यस किसिमको ज्ञान गुम्बाका लिडरहरूलाई समेत सहभागी गराउन सके थप प्रभावकारी हुने बताइन् ।गोष्ठीको संयोजक लक्ष्मी रुम्बाले गरेकी थिइन्।


प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:२६
#आनी #आनी र गुरुआमाहरुलाई प्रशिक्षण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP