Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरोना भाइरसबाट आक्रान्त कोरिया – कोरिया जान लागेका युवा अन्योलमा
कोरोना भाइरसबाट आक्रान्त कोरिया – कोरिया जान लागेका युवा अन्योलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १३, २०७६
कोरियामा कोरोना भाइरसको त्रास
Hardik health
काठमाडौं– दक्षिण कोरिया नेपाली युवाका लागि एक आर्कषक गन्तव्य मुलुक हो । तर, अहिले दक्षिण कोरिया आफै ‘कोरोना भाइरस’को संक्रमणबाट आक्रान्त बनेको छ । एक महिनाअघि चीनको वुहानबाट फैलिएको कोरोना विश्वस्तरमा फैलिँदो छ । यसै अवस्था कोरियामा यस संक्रमण तिव्ररुपमा फैलिरहेको छ । जसका कारण नेपाल र नेपालीलाई समेत चिन्तित बनाएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारहरुका अनुसार सोमबारसम्म कोरोना संक्रमितको संख्या ८ सय नाघिसकेको छ भने ८ जनाको मृत्यु भइसकेको छ । सुरुमा सीमित संख्यामा संक्रमण देखिएकामा केही दिनयता कोरोना भाइरसको संक्रमण तिव्ररुपमा फैलिँदै गएको अवस्था छ । बढ्दो संक्रमणसँगै विभिन्न पेशा तथा व्यवसायमा कोरियामा रहेका नेपालीमा अहिले सन्त्रास फैलिएको छ । हाल कोरियामा करिब ८० हजारको संख्यामा नेपाली रहेका छन् । नेपालीको बाहुल्यता रहेको कोरियाको थेगु सहर अहिले बन्दीजस्तै बनेको छ । भाइरस संक्रमण फैलिनेक्रम बढ्दै गएपछि कोरिया सरकारले घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । यससँगै नेपाली कामदार समस्यामा परेका छन् । यस्तै, रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने तयारीमा रहेका युवामा थप अन्योल सिर्जना गरेको छ । कामको सिलसिलामा कोरियामा रहेका नेपालीका अभिभावक चिन्तामा परेका छन् । इपिएस प्रणालीबाट कोरिया पठाउनेक्रममा केही सुस्तता आइरहेको बेला कोरोना भाइरसको सन्त्रास फैलिएको हो । कोरिया सरकारले मुलुकमा संक्रमण फैलिएपछि नेपाललगायत विभन्न स्रोत मुलुकबाट कामदार ल्याउने प्रक्रिया तत्कालका लागि रोक्ने तयारीमा छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले नेपाल ‘पर्ख र हेर’को रणनीतिमा रहेको जनाएको छ । ‘कोरियामा कोरोनाको संक्रमण फैलिएको कुरालाई हामीले गम्भीरताका साथ लिएका छौँ, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले भने, ‘तत्कालका लागि कोरिया जानेक्रम केही कम भएको छ, एक÷दुई दिनमा छलफल गरेर थप निष्कर्षमा पुग्ने छौँ ।’ इपिएस प्रणालीबाट कोरिया पुगेका नेपालीको संख्या ६५ हजार बढी रहेको छ । भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गएकामध्ये हाल करिब ४० हजार युवा विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका क्रममा कोरियामा रहेका नेपालीको संख्या उच्च रहेको छ । हालसम्म कोरियामा कुनैपनि नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छैन । यसैबीच लामो समयदेखि कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नआएको बताएका छन् । राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै उनले समाचारमा आएअनुसार आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले भनेका छन्, ‘कोरिया सरकारले नै थप संक्रमण नफैलियोस् भनेर सावधानी अपनाउन सन्देश प्रवाह गरिरहेको छ ।’ कोरिया सरकारको स्वास्थ्य मन्त्रालय मातहतका निकायमार्फत ‘इमरजेन्सी म्यासेज’ गरिरहेका छन् । नेपाली दूतावासले पनि संक्रमण हुन नदिन विभिन्न सूचना जारी गरेको छ । सियोलस्थित नेपाली दूतावासले कोरियामा कार्यरत नेपाली कामदारलाई उच्च सतर्कता अपनाउन यसअघि नै आग्रह गरिसकेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चालिएका सशक्त प्रयासका बाबजुुद रोगको संक्रमण फैलँदै गएको भन्दै दूतावासले अझबढी सजग र सचेत हुन जरुरी रहेको दूतावासले जनाएको छ । कोरिया सरकारले कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिकरुपमा बस्दै आएका विदेशीले समेत सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने कोरिया सरकारले जनाएको छ । कोरियाको अध्यागमन विभागले अवैधानिक रुपमा बसोबास गरिरहेकालाई स्वदेश नफर्काउने तथा बिरामीको कानूनी हैसियतका बारेमा नसोध्न अस्पताललाई निर्देशन दिएको छ । अध्यागमनले प्रवेशाज्ञा मिति समाप्त भएको अवस्थामा समेत थप ५० दिनको प्रवेशाज्ञा थप गर्ने निर्णय गरेको छ । नेपाली दूतावासले पनि सक्रियतापूर्वक विभिन्न सचेतनामूलक जानकारी सबै नेपालीमाझ सम्प्रेषण गरिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका सम्बन्धमा सिओल महानगरपालिकाको कार्यालयबाट प्राप्त जानकारी प्रचार गरिएको दूतावासले जनाएको छ । सबैभन्दा बढी संक्रमित देखापरेका कोरियाको थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा व्यवसाय र श्रम गरी बसेका नेपालीलाई विशेष सवधानी अपनाउन पनि दूतावासले अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  ०५:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP