Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिंकेन
हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिंकेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २६, २०८०
Photo source:AFP

एजेन्सी - अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गरेका छन्  । हमासको आतङ्कवादी हमलापछि इजराइलले गाजापट्टीमा सम्भावित ठूलो हमलाको तयारी गरिरहेको बेला हमासमाथि अरब राष्ट्रहरूको दबाब बढाउने खोजीमा उनले अरब मुलुकहरूको भ्रमण सुरु गरेका हुन् । 

उनले लामो समयदेखिको अमेरिकाको साझेदार जोर्डका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग अम्मानमा भेट गर्ने छन् । त्यसपछि उनले कतार, साउदी अरेबिया, इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने छन्  ।
    
गत शनिबार हमासको आश्चर्यजनक हमलापछि अमेरिकी सहयोगी इजराइलसँग अटुट एकताको प्रतिबद्धता व्यक्त गर्दै विदेशमन्त्री ब्लिङ्केनले बिहीबारको दिन तेल अविवमा बिताए । हमासको उक्त आक्रमणमा इजराइलमा एक हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढीलाई हमास लडाकु समूहले बन्धक बनाएको छ ।

हमासको आक्रमणपछि इजराइलले गाजापट्टीमा गरेको हमलामा एक हजार चार सयभन्दा बढीको मृत्यु भएको छ । साथै इजराइलले गाजापट्टीमा खाद्यान्न, पानी र विद्युत् आपूर्ति बन्द गरिदिएको छ । हमासको लामो समयदेखि सम्बन्ध रहेको कतारलाई बन्धकहरूलाई मुक्त गराउन मध्यस्थकर्ताको रूपमा हेरिएको छ । विदेशमन्त्री ब्लिङ्केन जोर्डनपछि तुरुन्तै कतार जानेछन् ।   

“द्वन्द्वलाई थप चर्काउनबाट रोक्न सहयोग गर्न र बन्धकहरूलाई बिनाशर्त तुरुन्त रिहा गर्न हमाससँग आफ्नो प्रभावको प्रयोग गर्न अरब मुलुकहरूमाथि दबाबलाई जारी राख्नेछौँ”, तेल अविवमा बिहीबार अबेर ब्लिङ्केनले भने, “अरब क्षेत्रलाई अधिक शान्तिपूर्ण, अधिक समृद्ध, अधिक सुरक्षित र अधिक एकीकृत बनाउनका लागि हाम्रो सकारात्मक दृष्टिकोणलाई कसरी साकार बनाउन सक्छौँ भन्नेबारेमा पनि हामी छलफल गर्नेछौँ, वास्तवमा यो एउटा विकल्प हो र केही हदसम्म यो विकल्प हमासको कामभन्दा पनि स्पष्ट भएको छ ।”

Hardik health

हमासको आक्रमणभन्दा केही साताअघि साउदी अरेबियाले इजराइलसँगको सम्बन्धलाई सामान्यीकरण गर्ने अमेरिकी नेतृत्वको कूटनीतिको प्रगतिबारे उल्लेख गरेको थियो । इस्लामहरूको दुई पवित्र स्थलको संरक्षकसमेत रहेको रूढिवादी साउदी अरेबियाका लागि उक्त कूटनीतिक प्रयास ऐतिहासिक कदम हो । 

इजराइलसँग शान्ति कायम गर्ने पहिलो अरब मुलुक इजिप्टसँग अमेरिकी अधिकारीहरूले गाजाबाट बन्धकहरूलाई बाहिर निकाल्न सुरक्षित कोरिडोरको योजनामा काम गरिरहेका छन् । इजिप्ट गाजाको सीमा पनि हो । 

गाजा छोड्न वा त्यहाँबाट बाहिर निस्कन चाहने नागरिकहरूका लागि सुरक्षित बाटोको सम्भावनाबारे इजराइलसँग आफूले कुरा गरेको ब्लिङ्केनले बताए ।   

हमासको लामो समयदेखिको शत्रु र झण्डै ८८ वर्ष पुग्नुभएका महमुद अब्बासको प्यालेस्टिनी अथोरिटीले पश्चिम किनारमा सानो स्तरको स्वायत्तता पाएको छ । पश्चिम किनारमा रहेको गाजापट्टीमाथि हमासको नियन्त्रणका कारण इजराइलले १७ वर्षदेखि गाजापट्टीमाथि प्रतिबन्ध लगाएको छ ।  

राष्ट्रपति जो बाइडेन र अन्य डेमोक्र्याट्सहरूको नेतृत्वमा रहेको अमेरिकाले प्यालेस्टिनी अथोरिटीलाई ठूलो मात्रामा समर्थन गर्दै आएको छ । प्यालेस्टिनी अथोरिटीलाई इजराइलसँगको दीर्घकालीन शान्तिका लागि उनीहरूले उत्तम विकल्पका रूपमा हेर्दै आएका छन् । 

तर हिंसा रोक्न अब्बास यथेष्टरूपमा प्रतिबद्ध नभएको भन्दै इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी अथोरिटी र अब्बासलाई पन्छाउन खोज्नुभएको छ । उनको उग्र दक्षिणपन्थी सरकारले दुई राज्य समाधानको सम्भावनालाई अस्वीकार गर्दै आएको छ । 

जोर्डनका राजा अब्दुल्लाहसँगको भेटपछि बिहीबार अब्बासले द्वन्द्वका बारेमा सार्वजनिक टिप्पणी गरे । उनले प्यालेस्टिनी ननतामाथिको व्यापक आक्रमणलाई तुरुन्त अन्त्य गर्न आह्वान गर्दै दुवै पक्षबाट भएको नागरिकहरूको हत्या वा उनीहरूमाथि हुने दुर्व्यवहार अस्वीकार्य छ भन्नुभयो ।  

यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले हमासले गरेको हमलाका बारेमा अब्बाससँग टेलिफोनमा कुराकानी गर्दै हिंसाको भर्त्सना गर्न र पश्चिम किनारमा स्थिरता कायम राख्न आग्रह गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको घट्दो जन्मदरको चुनौती
चीनको घट्दो जन्मदरको चुनौती मंगलबार, माघ ६, २०८२
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना मंगलबार, माघ ६, २०८२
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट मंगलबार, माघ ६, २०८२
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन मंगलबार, माघ ६, २०८२
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु मंगलबार, माघ ६, २०८२
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी मंगलबार, माघ ६, २०८२
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP