Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रमा उपचार सेवा विस्तार गर्नुपर्ने
विश्‍व दृष्टि दिवस अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रमा उपचार सेवा विस्तार गर्नुपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २५, २०८०

चितवन -  नेपालमा अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रसम्म आँखा उपचारको पहुँच पुर्‍याउनुपर्ने भएको छ । आँखा उपचार क्षेत्रमा क्रियाशील विज्ञको भनाइमा सहरी क्षेत्रमा चिकित्सक र सुविधा सम्पन्न अस्पताल भए पनि अन्धोपन बढी सङ्ख्यामा ग्रामीण क्षेत्रमा रहेको छ ।
 
भरतपुर आँखा अस्पतालका कम्युनिटी अप्थाल्मोलोजिष्ट प्रा डा सोनु दुलाल सहरी क्षेत्रमा राम्रा अस्पताल र चिकित्सक भएका तर धेरैजसो आँखाको समस्या दूरदराजको ग्रामीण क्षेत्रमा रहेको बताउँछन्  । उनी  भन्छन्, “नेपालमा डाक्टर हुनुहुन्छ, उनीहरु सहरमै बस्नुहुन्छ, सहरमै अस्पताल बन्छ । आँखाको सेवा लिनुपर्ने जनसमुदाय सहरबाट टाढा दूरजराजमा बस्नुहुन्छ ।” नेपालको मात्रै नभएर संसारमै यही अवस्था रहेको उनको भनाइ छ ।
 
आँखाको विषय त्यति जटिल नलागे पनि अन्धोपनको समस्या विकराल रहेको भन्दै उनले धेरैजसो देशमा सरकारले आँखाको उपचार सेवा दिन नसक्ने अवस्था रहेको बताए ।  उनले भने, “जुन रोगबाट मानिसको तुरुन्त मृत्यु हुन्छ, त्यस्ता रोगको उपचारमा सरकारको प्राथमिकता हुँदोरहेछ । त्यसैले सरकारले आँखाको उपचारमा ध्यान दिन सक्दा रहेनछन् ।” गैरसरकारी संस्थाले नै आँखा उपचार सेवा समुदायसम्म पुर्‍याउने चलन धेरै देशमा रहेको उहाँको भनाइ छ । उनले भने, “नेपालमा पनि यही नै चलन छ ।”
 
विश्वस्वास्थ्य सङ्गठनले जारी गरेको तथ्याङ्क उद्धृत गर्दै उनले भने, “विश्वमा दुई अर्ब २० करोड मानिसलाई आँखाको समस्या छ, त्यसको आधा अर्थात् एक अर्ब १० करोड मानिस आँखा उपचार सेवाबाट बञ्चित छन् ।” उनले अगाडि थपे “उनीहरु उपचारको पहुँचबाट टाढा छन् । यिनीहरुमध्ये पनि ५० वर्षभन्दा बढी उमेरका व्यक्तिमा समस्या बढी छ । समस्या भएकामध्ये ५० वर्षभन्दा माथिका ६५ प्रतिशत छन् ।” 
    
नेपालमा नेपाल नेत्रज्योति सङ्घ स्थापनाकालदेखि नै आँखा उपचारको सेवा दिँदै आएको भन्दै उनले अहिले नेपाल नेत्रज्योति सङ्घअन्तर्गत देशभरमा २८ वटा अस्पताल र एक सय ६० भन्दाबढी आँखा उपचार केन्द्र रहेको जानकारी दिए । ती अस्पताल र आँखा उपचार केन्द्रमार्फत समुदायमा गएर आँखा उपचार सेवा दिँदै आएको उनले बताए ।
 
नेपालमा आँखा रोग विशेषज्ञको सङ्ख्या राम्रो उत्पादन भएको भन्दै प्रा डा दुलालले भारतमा भन्दा नेपालमा नेत्र रोग विशेषज्ञ सङ्ख्या राम्रो रहेको बताए । उनले भने “नेपालमा एक लाख जनसङ्ख्यामा एक जनाभन्दा बढी अर्थात् एक लाख जनसङ्ख्यामा १.२ डाक्टरको अनुपात (रेसियो) छ । भारतमा एक लाख जनसङ्ख्यालाई एक जना नेत्ररोग विशेषज्ञको मात्र व्यवस्था छ ।”
     
अन्धोपनको प्रमुख कारण मोतियाविन्दु भएको भन्दै प्रा डा दुलालले भन्नुभयो, “मोतियाविन्दु हामीले नेपालभरिमा शल्यक्रिया गर्‍र्यौं भने अब सिद्धियो भन्ने हुँदैन । अर्काे वर्ष नयाँ मोतियाविन्दुका बिरामी भेटिन्छन् ।” सहर र आसपासमा हुनेहरु अलिअलि मोतियाविन्दु हुँदा नै उपचार पहुँचमा हुने भन्दै उनले भने, “जो मानिस ग्रामीण इलाका छन् । उनीहरुको आँखा एकदमै कमजोर हुँदा पनि उपचारका लागि जान सक्दैन ।”

अन्धोपन निवारणका लागिराज्यले नै स्वामित्व लिनुपर्ने प्रा डा दुलालले सरकारले सहजीकरण गरिदिनुपर्ने बताए । उनले भने, “अस्पताल खोल्न चाहनेलाई प्रोत्साह गर्नुपर्छ । सरकारी नीतिनियम असहज छन्, तिनीहरुलाई सहज बनाइदिनुपर्छ ।” अस्पतालले पनि समुदायमा जाने काम गर्नुपर्नेमा उनले जोड दिए । नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ग्रामीण क्षेत्रमा शिविरमार्फत आँखा उपचार सेवा दिँदै आएको बताए  । आँखाका बिरामी गाउँमा धेरै रहेका स्वीकार गर्दै उनले सबै पालिकामा आँखा उपचार केन्द्र वा अस्पताल सञ्चालनका लागि सङ्घले काम गरिरहेको बताए । 
 

सङ्घले मात्रै वर्षमा ४० लाख बिरामीलाई सेवा दिएको उनी बताउछन्  । गत वर्ष ती बिरामीमध्ये दुई लाख ७५ हजारको शल्यक्रिया गरिएको थियो । हरेक वर्ष ग्रामीण क्षेत्रमा पुगेर तीन हजार बढी शिविर गर्ने गरिएको उनले बताए । उनले प्रत्येक वर्ष शल्यक्रियासहितको शिविरमा चार लाखलाई सेवा दिएको बताए । चालिस हजारभन्दा बढीको निःशुल्क शल्यक्रिया गरिएको उनले जानकारी दिए ।  यसैबीच भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । भरतपुरको चौबीसकोठीदेखि अस्पतालसम्म प्रभातफेरी गरिएको हो ।


प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP