Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र
छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २५, २०८०

मन्थली –  जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो । 

बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार २९ गते सम्झौता भएको थियो । रू एक करोड २९ लाख दुई हजार चार सय ४८ मा ठोक्का सम्झौता भएको कार्यालयले जनाएको छ ।

आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न गरी निर्माण व्यवसायीले रू ८३ लाख १७ हजार चार सय ३३ भक्तानीसमेत लिएपछि बाँकी काम अलपत्र भएको कार्यालयका इञ्जिनियर दिवाकर मण्डलले जानकारी दिए । 

सिँचाइ अभावका कारण वडा नं ३ सित्खामा हजारौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय गणेश माझीले बताए । खेत भन्दामुनी सुनकोसी नदी बगिरहे पनि आफ्नो खेतमा सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै रहेको किसानको भनाइ थियो । किसानले माग गरेपछि सोही आधारमा प्रदेश सरकारबाट आयोजना आएको भन्दै माझीले आयोजना सम्पन्न होला र सित्खा फाँटमा बाह्रैमहिना खेती गरौँला भन्ने सपना अधुरै रहेको बताए ।

स्थानीय रामगोपाल श्रेष्ठका अनुसार आयोजना निर्माणस्थल नजिक पानी सङ्कलनका लागि निर्माण गरिएको पोखरीसमेत सुकेर चिराचिरा परिसकेको छ । “जिआइ पाइप राख्नुपर्नेमा पोलिथिन पाइप राखिएको छ । त्यो पनि अलपत्र छोडिदा बिग्रिसकेको छ”, उनले भने । 

निर्माण व्यवसायीले आयोजनाको काम अलपत्र छोडेपछि काम अघि बढाउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई पटकपटक अनुरोध गर्दा पनि कार्यालयले चासो नदिएको स्थानीय कृष्णबहादुर केसीले गुनासो गरे । कामको जिम्मेवारी लिएका ठेकदारले कहिले काम गरेजस्तो गर्ने, कहिले आलटाल गर्ने गरेकाले आयोजना अलपत्र परेको उनको भनाइ थियो । 

“निर्माण गरिएका संरचना पनि सबै भत्किसकेका छन्”, केसीले भने, “नदी छेउबाट ट्याङ्कीसम्म ल्याउन विछ््याइएका पाइप सबै टुक्राटुक्रा भइसकेका छन् । आयोजना निर्माण पुनः सुरु गर्ने सम्बन्धमा सरोकारवाला निकायले चासो दिएका छैनन् ।” 

निर्माण व्यवसायीले काम बीचमै छाडेर हिँडेपछि पटकपटक पत्राचार गर्दासमेत व्यवसायी सम्र्पकमा नआएको डिभिजन कार्यालयका इञ्जिनियर मण्डलले बताए । सम्झौता बमोजिम काम गर्न भनी बारम्बार पत्राचार गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा नआएपछि ठेक्का सम्झौता रद्द गरी निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको उनले जानकारी दिए। 

“कार्यालयसँग सम्पर्कमा नआएका निर्माण व्यवसायीले कम्पनी कालोसूचीमा परेको थाहा पाएपछि डिभिजन कार्यालय विरुद्ध अदालतमा मुद्दा दर्ता गरेका छन्”, इञ्जिनियर मण्डलले भने, “उक्त मुद्दा विचाराधीन अवस्थामा रहेकाले सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना अझैसम्म पनि अन्योलमा छ ।”


प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP