Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #सामुदायिक विद्यालय
  • #सिन्दुर जात्रा
  • #‘छड्के तिलहरी’
  • #किवीखेती
  • #जग्गा हडप्ने
  • #‘कन्या–पूजा’
  • #रवि लामिछाने
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • ‘पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन’
‘पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन’
राधिका बुढाथोेकी / रासस
राधिका बुढाथोेकी / रासस मंगलबार, असोज २३, २०८०

कमलामाई -  “व्यापार गर्न ठूलो लगानी चाहिन्छ ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।” सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिदिएकी छन् 

। कमलामाई नगरपालिका–४ पोख्रेल गाउँकी उनले रु ३० लगानी गरेर व्यापार सुरु गरेकी हुन्  । उक्त पैसाले ३० वर्षअघि प्रतिमुठा रु पाँचमा छ मुठा फापरको साग किनेर बेचेको उनलाई हिजोजस्तै लाग्छ । व्यापार सुरु गर्दासम्म उनका आँखा चम्किला, दाँत भरिला थिए । कपालको रङ कालो, शरीरको छाला भरिलो थियो । अहिले आँखा धमिलो हुँदै गएका छन् । दाँत झरेर सकिनै लागिसके । कपालको कालो रङ उडेर सेतै भएको छ ।

शरीरको छाला चाउरिँदै गयो । तर उनले व्यापार छाड्नुभएको छैन । ७९ वर्षीया दर्जी सानो लगानीमा स–साना व्यापार गरेरै जीवन र जीविका धान्दै आएकी छन्  । रोगले थलिएका श्रीमान्को दरिलो आड र भरोसा उनलाई छ । घरायसी दैनिक खर्चदेखि चाडपर्व र औषधि, स्वास्थ्योपचार खर्चसम्म उनले जोहो गर्नुपर्छ । यसका लागि सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताले पनि सघाएको छ । सिन्धुलीमाढीमा शनिबार लाग्ने हाटबजारमा व्यापार गर्न आएकी दर्जी व्यापार गर्न छाड्दा खर्च धान्न मुस्किल पर्ने बताइन् ।

 “तीस वर्ष पहिले रु ३० सापटी गरेर व्यापार सुरु गरेको थिएँ । आजको दिनसम्म यही व्यापारबाट आएको नाफाले घरव्यवहारको खर्च टार्न सहज भएको छ”, उनले भनिन्। शनिबारे हाटबजारमा दसैँ नजिकिएकाले खसी व्यापारीको भीड थियो । कपडा, भाडाँकुँडा, तरकारी व्यापारीलगायत ठूलो लगानीमा ठूलै व्यापार गर्ने व्यापारी  थिए ।

सेवाग्राहीको उस्तै खचाखच । त्यही भीडमा निलो प्लाष्टिक बिच्छ्याएर अदुवा, लसुन, गुन्द्र्रुक, जिरे खुर्सानी भाग–भाग लगाएर उनी बेच्न बसेकी थिइन्  । विगत सम्झिँदै उनले सुनाइन् , “म पहिलादेखि यस्तै व्यापार गर्ने हो । तन्नेरी उमेरमा पनि श्रीमान् रक्सी पिएर झगडा गर्ने, कुट्ने–पिट्ने र घरव्यवहारको वास्तै नगर्ने भएपछि आफैँले खर्च टार्ने गर्नुपथ्र्यो । खर्च टार्ने उपाय केही नभएपछि काम खोज्न भौतारिए । काम नपाएपछि विरक्तिएर घर फर्किँदा खम्बे चौरमा आफूजस्तै दीदी–बहिनीले दैनिक भान्छामा प्रयोग हुने तरकारीजन्य वस्तु व्यापार गरेको देखे । नजिकै गएर उनसँग व्यापार गर्ने तरिका सिके ।

व्यापार सुरु गर्न श्रीमान्सँग पैसा मागेको ३० रुपैयाँ त्यो पनि फिर्ता गर्ने शर्तमा दिए । त्यही पैसाले गाउँका किसानकामा गएर प्रतिमुठा रु पाँचका दरले फापरको साग किने । त्यो छ मुठा साग बजार ल्याएर प्रतिमुठा रु १० का दरले बेच्दा रु ३० नाफा कमाएँ । अर्को दिन त्यही नाफा आएको पैसाले अघिल्लो दिन जसरी नै व्यापार गरे । नाफा आएको ३० रुपैयाँ श्रीमानलाई फिर्ता दिए । तीस रुपैयाँले आफ्नो व्यापार बढाउँदै आज यो स्थानमा आइपुगेको छु ।” 

टपाथमा गरेको व्यापारमा उन हाल दैनिक रु पाँच हजारसम्मको कारोबार गर्नुहुन्छ । आफ्नो एक्लो स(ङ्र्घषमा सानो लगानीबाट सुरु गरेको स–सानो व्यापार परिवारको बाच्ने गतिलो आधार बनेको छ । मौसम अनुसारको स्थानीय उत्पादन किसानको बारीबाट किनेर बजार ल्याई बेच्दा घाटा नहुने उनले बताइन् । श्रीमान्सँग सापटी लिएको ३० रुपैयाँबाट व्यापारिक यात्रा सुरु गर्नुभएकी दर्जीले दृढ इच्छाशक्ति, इमान्दार प्रयास र आँट भए व्यापार गर्न धेरै लगानी नचाहिने आशय व्यक्त गरिन्।

उनले भनिन, “थोरै लगानीमा सानै भए पनि जसले व्यापार सुरु गर्छ, उसले भोकै बस्नु पर्दैन । व्यापार नै जीविका धान्ने बलियो आधार बन्छ ।” ढाटीमाया दर्जीले जसरी व्यापार गरेर आर्थिकरूपमा सवल र आत्मनिर्भर बन्ने महिलाको यकिन तथ्याङ्क जिल्लाका कुनै निकायसँग छैन । सानो लगानीमा स–सानै व्यापार गरेर मालामाल कमाइरहेका र समाजमा उदाहरणीय कहलिँदै गएका महिला भने सिन्धुलीमाढी बजार क्षेत्रको फुटपाथमा बाक्लै भेटिन्छन् । कमलामाई–५ बोजेकी फूलमाया वाइबाले सिन्धुलीमाढीमा साप्ताहिकरूपमा लाग्ने शनिबारे हाटबजार, धुराफाँटमा लाग्ने बुधबारे हाटबजार, भिमानमा लाग्ने शुक्रबारे हाटबजार र अन्य दिन बजार क्षेत्रको फुटपाथमा मौसमी तरकारी, तरकारीजन्य वस्तु तथा कागती, अम्बा, बयरजस्ता फलफूलको व्यापार गर्छन् ।

श्रीमान् गणेश वाइबा बितेपछि तीन सन्तानको हुर्काइ, पढाइसहित घरव्यवहारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो । उनले २० वर्षअघि सानो लगानीमा व्यापार सुरु गरेकी थिइन् । यसबाट अहिले उनी उत्साहित मात्रै हाेइन आत्मनिर्भर पनि बनेकी छन् । व्यापारबाट महिनामा १५ हजार माथि नाफा कमाउने उनले बताइन् । “खेतीपाती गरेर खाउ भने आफ्नो जग्गा छैन, यही व्यापारको कमाइबाट खर्च टार्छु । भान्छामा प्रयोग हुने सामान बिक्दैन कि भन्ने चिन्ता हुँदैन । सबैलाई दैनिक खान चाहिन्छ”, उनले भनिन्।

भान्छामा दैनिक प्रयोग हुने उपभोग्य वस्तु गाउँका किसानबाट थोरै–थोरै ल्याएर रु पाँचदेखि १५ सम्म नाफा हुने गरी बेच्नुहुन्छ । किसानले थौरे मात्रामा उत्पादन गरेका अग्र्यानिक स्थानीय उत्पादन बजारसम्म ल्याउँदा उपभोक्ताले खुसी भएर किन्ने गरेको उनको अनुभव छ । कमलामाई–६ की देवकुमारी आले सिजनअनुसार हरियो मकै पोलेर बेच्नुहुन्छ । किसानसँग प्रतिगोटा रु १० का दरले हरियो मकै किनेर पोलेर रु २० देखि ३० सम्म बेच्ने गरेको उनले बताइन् । उनले वर्षौँदेखि हरियो मकै पोलेर बेच्दै आएकी छन्  । सिजनअनुसारका स्थानीय उत्पादन हरियो अखबरे खुर्सानी, अमला, बेसार र साग बेचेर नाफा कमाएको पैसाले घरव्यवहार चलाउँदै आएकी छन्  । स्वास्थोपचार र औषधिमा सबैभन्दा धेरै खर्च हुने उनले सुनाउनुभयो । “व्यापार राम्रो भएको महिना रु १७ हजारसम्म कमाएको छु । व्यापार गर्न लजाउन हुँदैन, आफ्ना हातगोडा चलुन्जेल आफ्नै पौरखमा बाँच्नुपर्छ”, उनले भनिन् ।

आफूले खाएर बचेको करेसाबारीको उत्पादन थोरै भए पनि बारीबाटै बिक्ने भएपछि जिल्लाका मुख्य सडकले छोएका र बजारको सहज पहुँच भएका गृहणी पनि मेहनती र उद्यमशील बन्दै गएका छन् । पहिला खेर जाने जङ्गली फलदेखि खेतबारी र करेसाबारीमा उत्पादन भएका तरकारीजन्य वस्तु तथा सिजनअनुसारका फलफूल पछिल्लो समय आफैँ बजार पुर्याएर बिक्री गरी आम्दानी लिन थालेका छन् । यसले यहाँका महिलालाई आर्थिकरूपमा सवल र आत्मनिर्भर बनाउँदै लगेको छ ।

महिला आर्थिकरूपमा सवल र आत्मनिर्भर भएमा महिलामाथि हुने विभिन्न हिंसाजन्य गतिविधिमा कमी आउने जिल्लाका सफल व्यापारी तथा व्यवसायी महिला बताउँछन् । यसका लागि सरकारले परनिर्भर जीवन बाँचिरहेका महिलालाई सानो लगानीमा पनि व्यापार, व्यवसाय गर्न सकिन्छ भनेर आवश्यक जानकारी दिने, व्यापार, व्यवसायमा लागेकालाई प्रोत्साहन गर्ने, महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्ने, स्वरोजगारमूलक सीप सिकाउने र व्यापार, व्यवसाय गर्न सहज वातावरण बनाइदिनुपर्ने उनहरूको धारणा छ ।


प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार
सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार सोमबार, भदौ २, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
घरखर्च चलाउने आम्दानीकाे बाटाे निहुरो
घरखर्च चलाउने आम्दानीकाे बाटाे निहुरो बुधबार, साउन १४, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा आइतबार, साउन ११, २०८२
कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा
कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा मंगलबार, साउन ६, २०८२
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर आइतबार, असार २९, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP