Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
प्रवास
  • Home
  • प्रवास
  • दशौँ राष्ट्रिय ललितकला प्रदर्शनी बैशाखमा
दशौँ राष्ट्रिय ललितकला प्रदर्शनी बैशाखमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १२, २०७६
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान
काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को स्थापना दिवसका अवसरमा यसपटक पनि ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गरिने भएको छ । प्रतिष्ठानको निर्णयानुसार आगामी २ वैशाखदेखि १०औँ ललितकला प्रदर्शनी हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रदर्शनी तीन हप्तासम्म चल्ने नाफाका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले जानकारी दिए । उनले प्रदर्शनीमा ५ सयभन्दा बढी कलाकृति सहभागी गराउने लक्ष्यअनुरूप चित्र संकलन थालिएको बताए । प्रदर्शनीका लागि कुलपति कर्माचार्यको संयोजकत्वमा ६५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको र विधागत तयारीका लागि सात उपसमितिले काम थालेको प्रचारप्रसार उपसमितिका संयोजक सुष्माराज भण्डारीले बताइन् । प्रदर्शनीका क्रममा प्रदर्शनीमा सहभागी चित्रबाट विभिन्न विधाका उत्कृष्ट कलाकारलाई पुरस्कृत गरिने तथा कलालेखन र ललितकला पुरस्कार वितरण गरिने जनाइएको छ । प्रदर्शनीका लागि कलाकृति मगाइएको भएपनि नआइपुगेकाले यही २० फागुनसम्मका लागि म्याद थपिएको नाफाले जानकारी दिएको छ । राष्ट्रिय ललितकला प्रदर्शनीलाई व्यवस्थितरूपमा सञ्चालन गर्न नाफाले पहिलोपटक राष्ट्रिय ललितकला प्रदर्शनी कार्य्विधि, २०७७ निर्माण गर्दैछ । प्रदर्शनीका क्रममा विभिन्न विधामा पुरस्कार प्रदान गरिने नाफाले जनाएको छ । परम्परागत चित्रकला र मूर्तिकला, आधुनिक चित्रकला र मूर्तिकला, हस्तकला÷शिल्पकला, लोककला, वास्तुकला तथा सिर्जनात्मक कला विधामा राष्ट्रिय र विशेष पुरस्कार वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त विधाअन्तर्गत राष्ट्रिय पुरस्कारको राशि रु ६० हजार र विशेष पुरस्कारको राशि रु २५ हजार रहेको छ । राष्ट्रिय पुरस्कार आठ जनालाई र विशेष पुरस्कार १६ जनालाई प्रदान गरिनेछ । यस्तै रु २५÷२५ हजार राशिको राष्ट्रिय ललितकला लेखन पुरस्कार र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कारसमेत सोही क्रममा वितरण हुने कुलपति कर्माचार्यले जानकारी दिए । कलाका पाँच विधामध्ये सातै प्रदेशका सातै जना कलाकारलाई जनही रु २५ हजार राशिको पुरस्कार वितरण हुने जनाइएको छ । कला क्षेत्रमा विशिष्ट योगदान गरेबापत दुई जनालाई दिइने राष्ट्रिय अरनिको सम्मान घोषणा गर्न भने बाँकी रहेको जनाइएको छ । यसपटक ललितकला प्रदर्शनीमा रु ३५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको जनाइएको छ । प्रदर्शनीको तयारी तीव्ररूपमा भइरहेको नाफाले जनाएको छ । प्रदर्शनीका साथै कार्यक्रम अवधिमा आर्ट टक, आर्ट डेमोस्ट्रेसन, कला पुस्तक प्रदर्शनी, अन्तरक्रिया र कला कार्यशाला आयोजना गरिने भएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै मंगलबार, असार १७, २०८२
एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा
एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा सोमबार, असार १६, २०८२
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत सोमबार, असार ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP